पर्सा प्रहरीले ठुलो परिमाणमा लागूऔषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ।वीरगन्जको जगरनाथपुर ढाट स्थित सडखणडबाट मकवानपुर देखि आईसिपी तर्फ आउदै गरेको ट्रकबाट २४० केजी लागूऔषध औषध चरेस सहित २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जिल्ला मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ बस्ने बर्ष २९ को सरोज मोक्तान र सोही वडाको नवराज लो लाई पक्राउ गरेको पर्सा प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन्।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रिपुरबाट खटिएको प्रहरी टोलीले सवारीसाधनको चेकजाँच क्रममा जगरनाथपुर ढाट स्थित सडकखण्डबाट मकवानपुरबाट आईसिपी तर्फ आउदै गरेको ना३ ख ५०९३नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्द ट्रकको क्याबिन माथि फल्स बनाई लुकाई छिपाई राखिएको २४० किलो लागुऔषध चरेस सहित २ जनालाई ट्रक सहित नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक सुदिप राज पाठकले बताए।
उक्त ट्रक सहित पक्राउ परेका दुबैजनालाई लागूऔषध कसूरमा मुद्दा चलाई थप अनुसन्धान भईरहेको एसपी पाठकले बताउनुभयो।
