Author: Scoop Khabar

धादिङ । आफ्नै आमा ५५ वर्षीया राम माया कडेलको हत्या गरेको अभियोगमा त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकटेरी बस्ने ३० वर्षीय यम बहादुर कडेललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । यम बहादुरले धारिलो हतियार खुँडा प्रहार गर्दा राम मायाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी सल्यानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस बिषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

थप

काठमाडाैं । नेपाल प्रहरीले विभिन्न स्थानबाट जुवा खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरेको छ। कास्की, पोखरा महानगरपालिका-६ लेकसाइडस्थित पोखरा वुटिक होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४६ वर्षीय देव श्रेष्ठ समेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ३९ हजार ७५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ बोराडाँडी एकताटोल बस्ने ४६ वर्षीय भोजराज भट्टको पसलमा जुवातास खेलिरहेको अवस्थामा भोजराज समेत ४ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४२ हजार ६ सय…

थप

सङ्खुवासभा । शुक्रबार, शनिबार र आइतबारको अविरल वर्षात्पछिको बाढी पहिरोले विभिन्न स्थानमा क्षति पुर्‍याएको छ । पहिराले खाँदबारीस्थित कारागारको भवन उच्च जोखिममा परेको छ । शनिबार दिउँसो आएको अविरल वर्षाले जिल्ला कारागार खाँदबारीको ३० मिटरको बाहिरी पर्खाल भत्किएको जेलर राजन घिमिरेले जानकारी दिए । पहिरोले कारागारको तल्लो भागको बाहिरी पर्खाल भत्किएर तलदेखि पहिरोले जोखिम बनाएको उनले बताए। पहिरो रोकथामका लागि आइतबारदेखि मर्मत थालिए पनि वर्षाका कारण समस्या भएको उनको भनाइ छ । पहिरोका कारण सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको इन्द्रदल गुल्मसमेत जोमिममा परेको जनाइएको छ । पहिरोका कारण चैनपुर नगरपालिका–६ मा रहेको १५ शय्याको नगर अस्पताल पर्खाल भत्किएर जोखिममा परेको…

थप

काठमाडौँ । नेपाल प्रहरीका २ जना एआईजीको सरुवा भएको छ । अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको हाे । कार्य विभागका प्रमुखको रूपमा कार्यरत अर्का एआईजी सिद्धीविक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

थप

काठमाडौँ । केही दिनदेखि निरन्तर परिरहेको अविरल वर्षा र प्रतिकूल मौसमका कारण असामान्य बनेको काठमाडौँ उपत्यकाको जनजीवन आइतबार वर्षा रोकिएसँगै पुनः सामान्य बन्दै गएको छ । अहिले यहाँका सडक, यातायात, व्यवसाय र सर्वसाधारणको दैनिकी क्रमशः सामान्य स्थितिमा फर्किन थालेको छ । उपत्यकामा लगातारको झरीका कारण जनजीवन प्रभावित भएको थियो । मुख्य सडकदेखि गल्लीसम्म पानी जम्ने, ट्राफिक जाम बढ्ने, पैदल हिँड्नसमेत गाह्रो हुने अवस्था थियो । आइतबार बिहानदेखि मौसममा सुधार आएपछि काठमाडौँका सडकमा गाडीको चाप बढेको छ भने सर्वसाधारणको चहलपहल पनि पुनः बढेको छ । शुक्रबारदेखि परेको लगातारको वर्षाले केही दिन काठमाडौँको सडक नेटवर्क प्रभावित भए पनि हाल काठमाडौँका सबै प्रमुख…

थप

गुल्मी । सुख्खा पहिरोले अवरुद्ध मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी‐तम्घास सडक खुलेको छ । उक्त सडकखण्ड अन्तर्गत रुरुक्षेत्र गाउँपालिका ‐३ स्थित पानीट्याङ्की नजिकै चट्टान सहितको सुख्खा पहिरो खसेपछि आज बिहानदेखि उक्त सडक अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको चट्टान सहितको पहिरो पन्छाएपछि यातायात सेवा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । मदन भण्डारी राजमार्ग अन्तर्गत गुल्मीको रिडी–तम्घास सडकखण्डमा २५ किलोमिटर सडक चौडा पार्ने र कालोपत्र गर्ने काम भइरहेको छ ।

थप

काठमाडाैं । प्रहरी संगठनमा सरुवा र बढुवाको विषय फेरि विवादको केन्द्र बनेको छ । संगठनभित्र स्पष्ट मापदण्ड हुँदाहुँदै पनि त्यसको कार्यान्वयन नहुने क्रमले ‘मापदण्ड हरायो कि हराइयो ?’ भन्ने प्रश्न उठेको छ । तत्कालीन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आफ्नो कार्यकालमा सरुवा–बढुवा मापदण्डलाई व्यवस्थित रूपमा लागू गरेका थिए । त्यो समयमा बनेको नीति संगठनकै हितमा केन्द्रित थियो- जसले सरुवामा हुने राजनीतिक र व्यक्तिगत हस्तक्षेपलाई न्यून बनायो । कुँवरले मापदण्डलाई कडाइका साथ पालना गरेपछि प्रहरीभित्र निष्पक्षता र व्यावसायिकताको वातावरण बनेको थियो । त्यसबेला संगठनभित्रै होइन, बाहिर पनि प्रहरी नेतृत्वको प्रशंसा भएको थियो । प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवा सम्बन्धी माापदण्ड…

थप

काठमाडौं। काठमाडौँको चन्द्रागिरी नगरपालिका–११ बागेश्वरी अस्पताल नजिक मुख्य सडक खण्डमा आइतबार राति अन्दाजी ३०–३५ वर्ष उमेरको एक अज्ञात पुरुष लडिरहेको अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार राति करिब ८:३० बजे फेला परेका उनलाई तत्कालै एपीएफ अस्पताल पुर्‍याइएको थियो। तर, उपचारकै क्रममा सोही दिन राति ८:४० बजे चिकित्सकले मृत घोषणा गरेका छन्। मृतकको नाम, थर र ठेगाना नखुलेको हुँदा जिल्ला प्रहरी परिसर काठमाडौँले उक्त व्यक्तिलाई चिन्न सक्ने वा आफन्तजन हुनेहरूले प्रहरी कन्ट्रोल नम्बर १००, परिसरको सम्पर्क नम्बर ९८५१२८३०१२ वा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गरी जानकारी गराउन आग्रह गरेको छ।

थप

काठमाडाैं । नेपालमा जेनजी आन्दोलनको अवशेष अझै देशको मनमा बाँकी छ । त्यो आन्दोलनले देशभर ठूलो घाउ छोडेको थियो- सडकमा आगो, हावामा धुवाँ, अनि मुटुमा डर । त्यतिबेला देशले ठूलो मानवीय क्षति व्यहोरेको थियो । आन्दोलनको नाममा ठूला-ठूला संरचनाहरू जलाइए, प्रहरी कार्यालयहरू खोजी खोजी नष्ट गरिए । प्रहरीमाथि गरिएको निर्मम कुटपिट र हत्या प्रयत्नले सिंगो संगठनको मनोबललाई धक्का पुगेको थियो । त्यो समय साँच्चै नै देश रोइरहेको थियो । प्रशासन, सुरक्षा निकाय र नागरिक सबैको अनुहारमा पीडाको छायाँ फैलिएको थियो । तर, त्यो पीडाको घडी कटिसक्दा पनि अहिले अर्को विपद् देशमाथि आइलागेको छ । बाढी र पहिरोले फेरि एकपटक देशलाई…

थप

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा भारी वर्षाको कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत मोदीले नेपालमा भएको भारी वर्षाको कारण भएको जनधनको क्षति पीडादायी रहेको उल्लेख गरेका छन् । उनले यस कठिन समयमा भारत सरकार र भारतीय जनता नेपाली जनता र नेपाल सरकारको साथमा रहेको पनि बताएका छन् । मित्रवत् छिमेकी र पहिलो रेस्पोन्डरको रुपमा भारत आवश्यक पर्ने कुनैपनि खाले सहयोग गर्न प्रतिबद्ध रहेको पनि मोदीले विश्वास दिलाएका छन् ।

थप