भक्तपुर । सूर्यबिनायक नगरपालिका-३ बालकोट अधिकारी टोलस्थित भोजपुर षडानन्द नगरपालिका-६ घर भएका ३८ वर्षीय प्रेम बहादुर श्रेष्ठले संचालन गरेको बालकोट चुल्हो कफि तथा खाजाघरमा जुवातास खेलिरहेको अवस्थामा प्रेम समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २२ हजार ५ सय ३५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box
