जनकपुरधाम । लागूऔषध नियन्त्रण ब्यूरोको काजमा जनकपुरधाम खटिएका प्रहरी हवल्दार भुपेन्द्र कार्की मधेस प्रदेशमा ‘असुलीको राजा’ उपनामले चिनिन थालेका छन्। लामो समयदेखि मधेसमै जरा गाडेर बसेका कार्कीलाई तत्कालीन प्रहरी महानिरीक्षक बसन्त कुँवरले एकपटक मधेसबाट हटाएका थिए। तर, कुँवरको अवकाशपछि शक्तिकेन्द्रको आडमा कार्की पुनः मधेसमै फर्किएका हुन्।
विश्वस्त स्रोतहरूका अनुसार कार्यालय जनकपुरधाम भए पनि कार्कीको स्थायी बास महोत्तरीको बर्दीबास क्षेत्रमा रहेको छ। उनकै सेटिङमा महोत्तरीको बर्दीबास र सिन्धुलीको सीमावर्ती क्षेत्रमा अहिले पनि खुलेआम जुवा सञ्चालन भइरहेको बताइन्छ। विश्वस्त स्रोतहरूका अनुसार कार्यालय जनकपुरधाम भए पनि कार्कीको स्थायी बास महोत्तरीको बर्दीबास क्षेत्रमा रहेको छ। उनकै सेटिङमा महोत्तरीको बर्दीबास र सिन्धुलीको सीमावर्ती क्षेत्रमा अहिले पनि खुलेआम जुवा सञ्चालन भइरहेको बताइन्छ।
त्यतिमात्र होइन, कार्कीको संरक्षणमै सर्लाहीका विभिन्न स्थानमा बिघा–बिघा जमिनमा गाँजा खेती भइरहेको स्रोतको दाबी छ। त्यस्तै कार्कीले महोत्तरीको खैरमारा क्षेत्रमा समेत गाँजा खेतीलाई संरक्षण गर्ने गरेको बताइन्छ । लागूऔषध नियन्त्रण गर्न खटिनुपर्ने प्रहरी कर्मचारीकै संरक्षणमा अवैध गतिविधि मौलाएको आरोपले मधेस प्रहरीभित्रै तरंग पैदा गरेको छ।
यो पनि पढ्नुहोस्…
कार्कीलाई यसरी निर्बाध काम गर्न दिनुमा मधेस प्रदेश प्रहरी कार्यालय प्रमुख नायब महानिरीक्षक (डिआईजी) गोविन्द थपलियाको संरक्षण रहेको आरोप पनि खुलेर आउन थालेको छ। थपलिया लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख (एसएसपी) हुँदा कार्की ब्यूरोबाटै मधेस प्रदेशमा खटिएका थिए। त्यही बेलादेखि बनेको निकट सम्बन्धका कारण अहिले कार्कीलाई मधेसमै काम गर्न झनै सहज भएको निकटस्थहरू बताउँछन्।
कार्की स्वयंले पनि हालका डिआईजीसँग राम्रो सम्बन्ध रहेको भन्दै असुलीमा झनै खुलेर लागेको चर्चा प्रहरी वृत्तमा छ।
यता, लागूऔषध नियन्त्रण ब्यूरोका वर्तमान प्रमुख एसएसपी कृष्ण कोइरालामाथि पनि प्रश्न उठ्न थालेको छ। कार्कीबाट राम्रो ‘फाइदा’ लिएको आरोप खेपिरहेका कोइरालालाई कमजोर कार्यक्षमता र आर्थिक विवादले पहिल्यै घेरेको थियो। पछिल्लो समय ब्यूरोलाई नै कमाइ खाने भाँडो बनाइएको चर्चा प्रहरीभित्र व्यापक छ।
यसैबीच, केही दिनअघि मधेस प्रदेश प्रहरी कार्यालयले ८ जिल्लाका ३१ जना घुमुवा हटाएको भन्दै मिडियामा चर्चा भयो। तर, यथार्थमा त्यो निर्णय कार्यान्वयन नभएको पाइएको छ। प्रदेश प्रहरी कार्यालय स्थापना भएदेखि नै त्यहाँ रहेका अंकित सिंह अझै पनि यथावत् रहेको स्रोत बताउँछ।
व्यापारीहरूका अनुसार डिआईजी थपलियाले सिंहलाई आफ्नै ‘घुमुवा’ का रूपमा प्रयोग गर्दै असुलीमा परिचालन गरिरहेका छन्। मधेसमा प्रहरी नेतृत्वकै संरक्षणमा अवैध धन्दा फस्टाउँदै जाँदा सर्वसाधारण र व्यवसायीहरू त्रसित बन्न बाध्य भएका छन्।
प्रहरी संगठनभित्रकै यस्ता गतिविधिले संस्थाको साखमा गम्भीर प्रश्न उठाएको छ।
यो पनि पढ्नुहोस्…
