Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । दुई अत्याधुनिक पेस्तोल, गोली र म्यागजिनसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नागार्जुन नगरपालिका–४, बाफल क्षेत्रबाट लुकाइछिपाई राखिएको अवस्थामा उक्त हतियार बरामद गर्दै तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५, डल्लु निवासी ३२ वर्षीय ‘झिल्के’ भनिने विकास शाही, मोरङ, लेटाङ नगरपालिका–४ स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएका २२ वर्षीय शाहिल तिवारी र बाफल निवासी ३३ वर्षीय जस्वन भनिने अश्विन राई रहेका छन्। प्रहरीले उनीहरूको साथबाट CF 98-900003308237 र CF 98-900011108236 नम्बरका दुईवटा अत्याधुनिक पेस्तोल, तीनवटा म्यागजिन, दुई राउन्ड गोली र दुईवटा गोलीको खोका बरामद गरेको जनाएको छ। पक्राउ परेका तीनै जनामाथि…
काठमाडौं । हामी नेपालका संयोजक तथा जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहलाई मिलाएरै छाडेको दाबी गरेका छन् । सोमबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै गुरुङले लामो समयदेखि चलिरहेको रस्साकस्सीपछि तीनै जना नेताहरूलाई एकै ठाउँमा ल्याउन आफूहरू सफल भएको बताएका हुन् । गुरुङले स्टाटससँगै आफूबीचमा बसेर रवि लामिछाने र कुलमान घिसिङसँग खिचिएको फोटोसमेत सार्वजनिक गरेका छन् । उनले आगामी निर्वाचनमा रवि लामिछाने, कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सँगै लड्ने सुनिश्चित भएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘गोरखा बाटा खाएको कसम पुरा । हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि…
काठमाडौं । सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ । आइतबार बसेको सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) स्तरीय निर्णय अनुसार ११ जना सशस्त्र प्रहरीका डीएसपीको सरुवा भएको हो । जसअनुसार हाल सशस्त्रको मुख्यालय हलचोकको मानस्रोत विभागमा कार्यरत नन्दबहादुर साउदको हुम्ला सरुवा भएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. ४४ गुल्म हे. क्वा. हुम्लाको गुल्मपतिको जिम्मेवारीसहित साउदको सरुवा भएको हो । यसअघिका कविन्द्र महर्जनको सरुवापछि साउदलाई सो जिम्मेवारी दिएको हो ।
काठमाडौं । दुई अत्याधुनिक पेस्तोल र गोलीसहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले नागार्जुन नगरपालिका–४ बाफलबाट लुकाइछिपाई राखेको अवस्थामा उकत हतियारसहित तिन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने ३२ वर्षीय ‘झिल्के’ भन्ने विकास शाही, मोरङको लेटाङ–४ घर भएका २२ वर्षीय शाहिल तिवारी र बाफल बस्ने ३३ वर्षीय जस्वन भन्ने अश्विन राई रहेका छन् । प्रहरीले उनीहरूको साथबाट CF 98-900003308237 र CF 98-900011108236 नम्बरका दुईवटा पेस्तोल, तीनवटा म्यागजिन, दुई राउन्ड गोली र दुईवटा गोलीको खोका बरामद गरेको छ । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ…
काठमाडौं । सरकारले गृह सचिवसहित सात सचिवको सरुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै जिम्मेवारीबाट हटाएर लोक सेवा आयोगमा सरुवा गर्ने निर्णय गरेको हो। जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले दंगाललाई रक्षा सचिवबाट सरुवा गरी गृह सचिवको जिम्मेवारी दिएको थियो। तर अल्प समयमै उनलाई गृह मन्त्रालयबाट हटाइएको छ। दंगालको स्थानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव राजकुमार श्रेष्ठलाई गृह सचिवको जिम्मेवारी दिइएको छ। श्रेष्ठ यसअघि प्रधानमन्त्री कार्यालयमा कार्यरत थिए भने त्यसअघि लोक सेवा आयोगका सचिवको जिम्मेवारी सम्हालिसकेका छन्। यसैगरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरी पुष्करलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। उक्त मन्त्रालयको…
काठमाडौं । आपराधिक विश्वासघात तथा आपराधिक लाभ र सङ्गठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी संयुक्त अरब इमिरेट्स (युएई)बाट पक्राउ परेका छन् । एनसिबी अबुधाबी युएईको समन्वयमा युएईबाट पक्राउ परेका बागलुङ नगरपालिका–२ श्रीनगर घर भएका जावेद अनवरद्दीनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने प्रयोजनार्थ आज नेपाल फिर्ता ल्याइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । उक्त मुद्दामा संलग्न रही फरार रहेका उनलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०७७ भदौ ८ गते रेड नोटिस जारी भएको थियो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि केन्द्रीय अनुसन्धान ब्यूरो बुझाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल…
काठमाडौं । नेपाल प्रहरीका सहायक हवल्दार बलबहादुर थापा बुद्धनगरस्थित डेराको कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयमा कार्यरत ३० वर्षीय थापा आफ्नै कोठामा घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा भेटिएका हुन् । थापालाई झुण्डिएको देखेपछि उनकी श्रीमतीले तत्काल उद्धार गरी नजिकैको एभरेष्ट अस्पताल पुर्याएकी थिइन् । तर, अस्पताल पुगेलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेको काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले जानकारी दिए । प्रहरीका अनुसार थापाको मृत्युबारे घटनास्थल मुचुल्का, प्रारम्भिक जाँच तथा आवश्यक प्रमाण संकलन गरी अनुसन्धान अघि बढाइएको छ । घटनाको कारण, समय, परिस्थिति र सम्भावित मनोसामाजिक पक्षबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनसरी । सुनसरीको इटहरीमा उपचारका लागि झरेकी एक वृद्ध महिलाको हत्या भएको छ । भोजपुरको दिङ्लाबाट श्रीमानसहित उपचार गराउन इटहरी आएकी पबीमाया बयलकोटीको हत्या उनकै ज्वाइँ गणेश साह गुप्ताले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय इटहरीकाअनुसार आइतबार राति पबीमायाको टाउकामा पानी तान्ने ट्युबेलको हेण्डलले प्रहार भएको अवस्थामा शव फेला परेको हो । उपचारपछि सोमबार घर फर्किने तयारीमा रहेकी पबीमायाको एक दिनअघि नै हत्या भएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पबीमायाकी छोरी र ज्वाइँबीच केही समययता घरायसी विषयमा बारम्बार विवाद हुँदै आएको थियो । झगडा मिलाउन र सम्झाउन खोज्ने क्रममा घटना घटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको…
काठमाडौं । सशस्त्र प्रहरीका ११ जना सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा भएको छ । आइतबार बसेको सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) स्तरीय निर्णय अनुसार ११ जना सशस्त्र प्रहरीका डीएसपीको सरुवा भएको हो । जसअनुसार हाल सशस्त्रको मुख्यालय हलचोकको मानस्रोत विभागमा कार्यरत नन्दबहादुर साउदको हुम्ला सरुवा भएको छ । सूची हेर्नुहोस
प्रहरी चेकजाँचमा भाग्न खोजेपछि एम्बुलेन्समाथि गोली फायर, गाँजासहित दुईजना नियन्त्रणमा
काठमाडौं । मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरी चेकजाँचका क्रममा भाग्न खोज्ने एम्बुलेन्समाथि १ राउण्ड गोली फायर गरी लागुऔषध गाँजा ओसारपसारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिइएको छ । १३ पुस राति करिब २३ः०० बजे ‘एम्बुलेन्समा गाँजा लुकाएर ल्याइँदैछ’ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारी (ईप्रका) र इलाका प्रहरी कार्यालय केराबारीको संयुक्त टोलीले प्र.१–०६–००१ झ ०००४ नम्बरको एम्बुलेन्स रोकेर जाँच गरेको थियो । प्रहरीलाई देख्नेबित्तिकै चालकसहित सवार व्यक्तिहरू गाडी छाडेर भाग्न खोजेपछि नियन्त्रण लिन प्रहरी सहायक निरीक्षक (असईं फजिन्द्र तोलाङगीले चाइनिज पेस्तोलबाट १ राउण्ड हवाई फायर गरेका थिए। त्यसपछि एम्बुलेन्स र त्यसमा लुकाइएका १६ पोका गाँजा बरामद गरी दुई…