काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहअन्तर्गत स्वास्थ्य उपसमूह, नर्सिङ र विधि विज्ञानतर्फ विभिन्न पदमा बढुवा सिफारिस भएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार बढुवा समितिको आइतबार बसेको बैठकले प्राविधिक प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी), प्रहरी उपरीक्षक (एसपी) र नायब उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।
समितिको निर्णयअनुसार एसपी भिमकुमारी पाण्डेलाई एसएसपीमा बढुवा सिफारिस गरिएको छ।
त्यस्तै, डीएसपी मोहन सिंह धामी र ईशामाया केसीलाई एसपीमा बढुवा सिफारिस गरिएको छ भने इन्सपेक्टर मिनु अवाले र अशोक केसीलाई डीएसपीमा बढुवा सिफारिस गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले बढुवाका लागि सिफारिस सूची प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार सार्वजनिक गरिएको जनाएको छ ।
