Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–२ बिशंखुनारायणस्थित एक रिसोर्टमा गोप्य रूपमा सञ्चालन भइरहेको ‘अन्डरग्राउण्ड म्युजिकल पार्टी’ मा प्रहरीले छापा मारेर लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ६ जना विदेशी नागरिक र ३ जना नेपालीलाई नियन्त्रणमा लिएको हो। ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक जनक बहादुर शाहीका अनुसार दक्षिण भारतका केही व्यक्तिहरूले नेपाली नागरिकको सहकार्यमा ‘महामाया मन्त्र इभेन्ट’ नाम दिइ ७२ घण्टासम्म निरन्तर पार्टी आयोजना गरिरहेका थिए। पार्टीमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा पुस १६ गते ब्युरो र स्थानीय प्रहरीको संयुक्त टोलीले रिसोर्टमा छापा मारेको हो। छापाका क्रममा सहभागीहरूको साथबाट एलएसडी ६ पिस, गाँजा २२.२४०…
काठमाडौं । काठमाडौं महानगरपालिका–७ चाबहिल नजिक रहेको एक गेस्टहाउसको कोठाबाट लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले २ जनालाई खैरो हेरोइन जस्तो देखिने पदार्थसहित पक्राउ गरेको छ। प्रहरीका अनुसार २०८२ साल पुस १७ गते अपराह्न करिब ४:३० बजे प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले गेस्टहाउसमा छापा मारी ३५ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने पदार्थ बरामद गर्दै दुई जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–७ घर भई हाल काठमाडौं महानगरपालिका–७ चाबहिल बस्दै आएका ३२ वर्षीय विशाल राई तथा सुनसरी जिल्लाकै कोशी गाउँपालिका–२ घर भई हाल चाबहिल क्षेत्रमा बसोबास गर्दै आएका २४ वर्षीय दयानन्द यादव रहेका छन्। छापाका क्रममा उनीहरूको…
विराटनगर । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तोकिएको समयसम्म विद्युत महसुल नबुझाउने उपभोक्तामाथि कडाइ सुरु गरेको छ। चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिसम्म विद्युत महसुल नतिर्ने २४९ जना उपभोक्ताको लाइन काटिएको प्राधिकरणले जनाएको छ। विराटनगर वितरण केन्द्रका प्रमुख राम उदगार शाहका अनुसार उक्त अवधिसम्म उपभोक्ताबाट उठ्न बाँकी विद्युत महसुल रकम ३ करोड ४६ लाख ७६ हजार ५५१ रुपैयाँ रहेको छ। बक्यौता रकम असुलीलाई प्राथमिकतामा राख्दै प्राधिकरणले नियमित अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाएको उनले जानकारी दिए। प्राधिकरणका अनुसार बक्यौता रकममध्ये मंसिर मसान्तसम्म उपभोक्ताबाट १ करोड ५८ लाख ४१ हजार ३०० रुपैयाँ किस्ताबन्दी प्रणालीमार्फत असुल गरिएको छ। बाँकी रकम उठाउनका…
प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलरको स्ट्याम्प नक्कल गरी प्रमाणीकरण गर्ने २ जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा जानको लागि भिसा आवेदनमा पेस गरेको प्रहरी चारित्रिक प्रमाणपत्रमा कन्सुलर सेवा विभागको स्ट्याम्प नक्कल गरी प्रमाणीकरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं कीर्तिपुर नगरपालिका-६ डेरा गरी बस्ने बुढीगंगा नगरपालिका-५ घर भएका ३३ वर्षीय पृथ्वी बहादुर थापा र काठमाडौं कीर्तिपुर नगरपालिका-९ स्थित फोटो स्टुडियो संचालन गरी बस्ने पाल्पा रिब्दीकोट गाउँपालिका-८ घर भएका २७ वर्षीय सन्तोष पौडेलल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरू उपर लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक…
काठमाडौं । क्यासिनोभित्र नेपाली नागरिकहरूलाई प्रवेश गराई जुवा खेल्ने/खलाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३ बाँसबारी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-९ घर भएका ६५ वर्षीय पशुपति खड्का, काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बस्ने महोत्तरी बर्दिबास नगरपालिका-८ घर भएका ४६ वर्षीय दयाराम राना, काठमाडौं महानगरपालिका-६ रामनगर बौद्ध बस्ने ५३ वर्षीय भरतराज पौडेल, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बस्ने दोलखा मेलुङ गाउँपालिका-२ घर भएका ४० वर्षीय सन्तोष भण्डारी र काठमाडौं महानगरपालिका-४ बसुन्धारा बस्ने खोटाङ खोटेहाङ गाउँपालिका-७ घर भएका २४ वर्षीय गणेश बहादुर मगर रहेका छन् । बुढानिलकण्ठ नगरपालिका-१ तौलुङस्थित गरूड क्यासिनो भित्र नेपाली नागरिकहरूलाई प्रवेश गराई गैरकानुनी रूपमा…
काठमाडौं । देशका विभिन्न स्थानमा गरिएको नेपाल प्रहरी कारबाहीका क्रममा अवैध लागूऔषधसहित ११ जना पक्राउ परेका छन्। लागुऔषध ओसारपसार तथा बिक्री वितरण भइरहेको सूचनाका आधारमा प्रहरीले छुट्टाछुट्टै स्थानमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो। काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित सगरमाथा गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४६ ग्राम र डिजिटल तराजु १ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ चाबहिल बस्ने सुनसरी बराहक्षेत्र नगरपालिका-७ घर भएका ३२ वर्षीय विशाल राई र सुनसरी कोशी गाउँपालिका-२ घर भएका २४ वर्षीय दयानन्द यादव रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उक्त होटलको १०८ नम्बर कोठा…
मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १३ वर्षीया अंशु गौतमको मुख्य हत्या आरोपी पदमबहादुर अधिकारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको छ । जबरजस्ती करणी उद्योग गरी ज्यान मारेको कसूरमा बिहीबार थुनछेक बहसपछि जिल्ला न्यायाधीश टंकबहादुर महतको इजलासले पूर्पक्षका लागि जेल चलानको आदेश दिएको हो । मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्मका लागि थुनामा राख्ने आदेशपछि अधिकारी जिल्ला कारागार मोरङ चलान भएको जिल्ला अदालत मोरङले जनाएको छ । असोज २१ गते हराएकी अंशुको शव कात्तिक ७ गते टाउको र शरीर अलग भएको अवस्थामा जंगलमा फेला परेको थियो । प्रहरीले मंसिर १८ गते अंशुको हत्या आरोपमा पदमबहादुरलाई पक्राउ गरेको थियो ।
एसपी पाठक हुन्डी कारोबारी विरुद्ध आक्रमक बन्दै;पौने सात लाख रुपैया सहित तिनजना पक्राउ
पर्साको वीरगञ्ज महानगरपालिका वडा नं १० मकालु होटल स्थित सडकखण्डमा स्रोत नखुलेको रकम लिएका तिनजना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा पर्सा प्रहरीले पुस १४ गते बिभिन्न स्थानहरूबाट हुण्डी कारोबारीमा संलग्न व्यक्तिहरूलाई रकमसहित नियन्त्रणमा लिएको हो । पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम ( हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट दिन– ३ (तीन) म्याद थप अनुमति लिइ अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रमुख (एसपी) सुदीप पाठकले बताए । पक्राउ परेकाहरूसँग श्रोत नखुलेको ६ लाख ७१ हजार ९ सय ५० हण्डीको रकम बरामद भएको एसपी पाठकले बताए । पक्राउ…
काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित लुभुमा भएको दुई जनाको हत्या अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई उपत्यका प्रहरी कार्यालयले पुरस्कार प्रदान गरेको छ । पुरस्कृत हुनेमा उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत डीएसपी पञ्चलाल गोले र वेद पौडेल छन् । पौडेल उपत्यका अपराध अनुसन्धान कार्यालयको ललितपुर शाखामा कार्यरत छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्स्पेक्टर शिव थापालाई पनि उपत्यका प्रहरी कार्यालय पुरस्कृत गरेको छ । अनुसन्धानमा संलग्न अन्य ४ जनालाई चाहिँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पुरस्कृत गरेको छ । सिनियर अधिकृत ३ जना र जुनियर सहित ७ जनालाई पुरस्कृत गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उपत्यका प्रहरी कार्यालयबाट ३…
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति बन्ने गरी सहमति भएको छ । घिसिङको सचिवालयका अनुसार उनी रास्वपाको उपसभापतिसहित दोस्रो वरीयताको नेता बन्ने भएका छन् । १६ प्रतिशत भन्दा बढी समानुपातिकको हिस्सा लिने गरी सोमबार उनीहरूबिच सहमति भएको जनाइएको छ । रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरका मेयर बालेन शाह र घिसिङबिच सँगै निर्वाचनमा जाने सहमति भइसकेको छ ।