शेखर छत्कुली
वीरगन्ज १२ माघ
फागुन २१ गते हुन गईरहेको प्रतिनिधि सभाको निर्वाचनमा पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रदिप यादव लगायत १८ जना विभिन्न पार्टीका तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका छन् १२ जना स्वतन्त्र बाट १२ जना गरी जम्मा ३० जनाले उम्मेदवारी दिएका छन्। पर्सा जिल्लामा एमाले बाट प्रदिप यादव कांग्रेसबाट अनिल रुगँटा रास्वपाबाट हरी पन्त राप्रपाबाट नन्दु श्रीवास्तव जसपा नेपाल पार्टीको तर्फबाट राम नरेश यादव जनमत पार्टीका ओम प्रकाश सराफले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले संकटका बेला जनताको साथमा उभिने नेतृत्वलाई नै अबको चुनावमा मतदाताले छान्नुपर्ने समय आएको बताएका छन् ।
चुनावी प्रचार–प्रसार, घरदैलो अभियान तथा कार्यकर्ता भेटघाट एवं छलफल कार्यक्रममा बोल्दै यादवले वीरगंजमा चरम पानीको सुख्खा परेका बेला नगरवासीहरूलाई खानेपानीको अभावमा चापाकल सुखेको समयमा आफूले ठूलो जोखिम मोलेर केन्द्र सरकारसँग बजेटको व्यवस्था गरी धारा,बोरिङ, ट्युबवेल तथा रिजर्भ ट्याङ्कीमार्फत सहज पानी वितरण गरेर जनतालाई पानीको बोरिङ गाडेर टोल टोलमा पानीको समस्या समाधान गरेका थिए । “संकटको घडीमा कसले काम गर्छ र कसले भाषण मात्रै गर्छ भन्ने कुरा जनताले प्रत्यक्ष देखिसक्नुभएको छ,” ।
पूर्व मन्त्रीसमेत रहनुभएका यादवले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दा मन्त्रालयको भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा काम गरेर प्रमाणित गरेको थिए । यादबले म जनाताको साथमा छु भन्दै कुन नेताले म भन्दा बढि काम गरेको छ भन्दै दाबी गर्दै अब विकास निर्माणका बाँकी कार्यहरू पूरा गर्नका लागि फेरि एकपटक अवसर दिन मतदातासँग आग्रह गरे । “जनताको समस्या समाधान गर्ने क्षमता र इच्छाशक्ति दुवै एमालेसँग छ,” उनले जोड दिएका छन् ।
यादवले सुख्खाग्रस्त क्षेत्रका कारण सिर्जना भएका समस्याहरू समाधान गर्न कुनै कसर बाँकी नराखी अघि बढेको, कोरोना महामारीका बेला वीरगंज र आसपासका क्षेत्रका नागरिकको स्वास्थ्य सुरक्षाका लागि खेलेको भूमिका समेत स्मरण गराए ।
त्यस्तै शिक्षा, स्वास्थ्य, खानेपानी र सामाजिक क्षेत्रका सुधारका कामहरूले नै आफ्नो राजनीतिक प्रतिबद्धता पुष्टि गर्ने उनको भनाइ थियो।कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले पनि संकटका बेला साथ दिने, काम गरेर देखाउने र राष्ट्रिय हितलाई केन्द्रमा राख्ने नेतृत्व आवश्यक रहेको बताउँदै एमालेजस्तो राष्ट्रवादी शक्तिलाई मतदान गर्न आफूहरू आतुर रहेको प्रतिक्रिया दिएका छन् । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा विकास, स्थायित्व र जनउत्तरदायी नेतृत्वको पक्षमा माहोल बन्दै गएको स्थानीयको भनाइ छ।
