Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतको जिम्मेवारी सम्हाल्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) जयराज सापकोटाले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। नेपाल सरकार, गृह मन्त्रालय (माननीय मन्त्रीस्तर) को निर्णयअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्साल, काठमाडौँको च.नं. ४८६० मिति २०८२/१०/०४ गतेको पत्रादेशबाट कर्णाली प्रदेश प्रहरी कार्यालयमा सरुवा भई आएका डिआइजी सापकोटाको सोमबार एक कार्यक्रमका बीच स्वागत तथा पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख वरिष्ठ उपरीक्षक राम प्रकाश शाह, प्रहरी उपरीक्षकहरू, प्रहरी नायव उपरीक्षकहरू, प्रहरी निरीक्षकहरू, जुनियर प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो। कार्यालयमा उपस्थित सम्पूर्ण…
रूपन्देही । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले सीमाक्षेत्रमा हुने चोरी, तस्करी तथा अन्य आपराधिक गतिविधि कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिएका छन्। जिल्ला प्रहरी कार्यालय रूपन्देहीको निरीक्षण तथा निर्देशन कार्यक्रमका क्रममा डीआईजी खत्रीले खुल्ला सीमाको संवेदनशीलतालाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउन प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन्। उनले सीमाक्षेत्रलाई अपराधमुक्त बनाउने विषयमा कुनै सम्झौता नहुने स्पष्ट पारे। डीआईजी खत्रीले देशको बदलिँदो सुरक्षा चुनौती र वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै इमान्दार, अनुशासित र जिम्मेवार ढंगले प्रहरी सेवामा समर्पित हुन निर्देशन दिए। साथै उनले सीमा नाकाहरूमा गस्ती, निगरानी र सूचनाको आदान–प्रदानलाई प्रभावकारी बनाउँदै अपराध नियन्त्रणमा सक्रिय भूमिका…
(केपी यादव)पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुले वीरगञ्ज–२४ बहुवरीमा स्थानीय युवाहरूसँग भेटघाट तथा छलफल गरेका छन् । छलफलका क्रममा युवाहरूले रास्वपासँग स्वतःस्फूर्त रूपमा जोडिँदै चुनावी अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने बताएका छन् । उनीहरूले आगामी निर्वाचनमा घण्टी छापलाई जिताउन जनमत निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । कार्यक्रममा बोल्दै उम्मेदवार कानुले युवाहरूको बढ्दो समर्थनले परिवर्तनको आशा देखिएको बताए । “निराश राजनीतिबाट बाहिर निस्कन युवाहरू रास्वपासँग जोडिएका छन्,” उनले भने, “हामी मिलेर नयाँ राजनीतिक संस्कार स्थापना गर्नेछौँ ।” स्थानीय युवा विकाश कुशवाहले रास्वपाले मात्रै वास्तविक परिवर्तन ल्याउने विश्वास व्यक्त…
जेनजीको माग र भावनालाई कदर गर्देेेे बिकास, रोजगारी र स्थायित्वका तथा लागि एमालेलाई मतदान : प्रदीप यादव
कृष्ण यादव (वीरगन्ज) — नेकपा एमालेका नेता प्रदीप यादवले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न सूर्य चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरेका छन्। आफनो क्षेत्रको मतदाता संगको घरदैलो तथा भेटघाट कार्यक्रममा बोल्दै पुर्व मन्त्री समेत रहेका नेता यादवले जेनजीको माग र भावनालाई कदर गर्दै विकास, रोजगारी र स्थायित्वका लागि नेकपा एमालेलाई समर्थन गर्न आग्रह गरे। उनले जनताको मतले देशलाई सही दिशामा लैजाने विश्वास व्यक्त गरे। प्रतिनिधिसभा उम्मेदवार यादवले पर्सा–१ मा एमालेको संगठनात्मक शक्ति, जनसमर्थन र कार्यकर्ता एकताका कारण निर्णायक जित सुनिश्चित रहेको बताए। उनले पर्सा–१ मा एमालेप्रति जनआकर्षण बढ्दो क्रममा रहेको उल्लेख गर्दै पार्टीभित्रको एकता नै आफ्नो जितको…
काठमाडौं । प्रेस काउन्सिल नेपालले स्कुपखबर डटकममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण जनाउँदै खण्डन तथा स्पष्टीकरण छाप्न निर्देशन दिएपछि सम्बन्धित समाचारको खण्डन प्रकाशित गरिएको छ। प्रेस काउन्सिल नेपालले २०८२ माघ ४ गते स्कुपखबर डटकममा प्रकाशित ‘नाम नलिइएको स्टाट्समा पनि आक्रोश : पत्रकार विकलाई प्रहरी खेलाडीको धम्की’ शीर्षकको समाचारप्रति उजुरी परेको जनाउँदै उक्त सामग्री पत्रकार आचारसंहिता विपरीत भएको ठहर गरेको थियो। काउन्सिलले समाचारमा उल्लेखित आरोप पुष्टि हुने पर्याप्त आधार, प्रमाण र सम्बन्धित पक्षको प्रतिक्रिया समावेश नगरी एकपक्षीय रूपमा समाचार सम्प्रेषण गरिएको भन्दै खण्डन तथा स्पष्टीकरण प्रकाशित गर्न निर्देशन दिएको हो। काउन्सिलको पत्रअनुसार समाचारमा प्रहरी संगठन तथा व्यक्तिविशेषप्रति धम्की दिएको, सामाजिक सञ्जालमार्फत डर त्रास…
काठमाडौं । संघीय संरचनाअनुसार नेपालका सातै प्रदेशमा आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रदेश प्रहरी कार्यालयहरूले छुट्टाछुट्टै सुरक्षा रणनीति र कार्ययोजना तयार गरेका छन् । सातै प्रदेशको सुरक्षा कमाण्ड प्रहरी नायब महानिरीक्षक (डीआईजी)को नेतृत्वमा सञ्चालन हुँदैछ । सरकारले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरेसँगै प्रदेशस्तरमा निर्वाचन केन्द्रित सुरक्षा तयारी तीव्र पारिएको हो । हाल कोशी प्रदेशमा विनोद घिमिरे, मधेसमा गोविन्द थपलिया, बागमतीमा दिपक रेग्मी, गण्डकीमा दिपेन्द्र घर्ती क्षेत्री, लुम्बिनीमा भुपेन्द्र खत्री, कर्णालीमा जयराज सापकोटा र सुदूरपश्चिममा ओम राना प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा छन् । जसमध्ये घिमिरे, थपलिया र रानाले केही महिनादेखि प्रदेशको कमाण्ड सम्हालिरहेका छन् भने रेग्मी, घर्ती र खत्रीले…
काठमाडौं । जेनजी आन्दोलनका घाइते युवकले आफ्नो जुत्तालाई चुनाव चिह्न नबनाउन माग गरेका छन्। जेनजी आन्दोलनका घाइते प्रकाश बोहोराले आफ्नो जुत्तालाई चुनाव चिह्नबाट खारेज गर्न निर्वाचन आयोगसँग आग्रह गरेका हुन्। गएको भदौ २३ गते भएको जेनजी आन्दोलनको क्रममा बोहोरा नयाँबानेश्वरमा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका थिए। उनी गोलीले घाइते हुँदा उनले लगाएको जुत्ता सडकमा अलपत्र परेको थियो। पछि खोजीको क्रममा सो जुत्ता दैलेख नारायण नगरपालिका–८ तर्ताङका २९ वर्षीय बोहोराको भएको खुलेको थियो। आफ्नो त्यही जुत्तालाई आउँदो निर्वाचनमा स्वतन्त्र उम्मेदवारको चिह्न बनाएकोमा उनले आपत्ति जनाउँदै त्यो चिह्न खारेज गर्न निर्वाचन आयोगमा निवेदन दिएका हुन्। बोहोराले जुत्ता चुनाव चिह्न राख्दा संवेदनशील…
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले सिन्धुलीमा बागी उम्मेदवारलाई साथ दिएको प्रकरणमा कारबाही गरिएका नेता हरिबोल गजुरेलका पक्षमा धारणा सार्वजनिक गर्दै पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पार्टी संस्थागत बनाउन अपिल गरेका छन् । उनले अन्यथा पार्टी एकीकरणको काम नसक्दै बिश्रृखलतातिर जाने चेतावनी दिएका छन् । सामाजिक सञ्जाल मेटामा सन्देश लेख्दै खनालले भनेको छन्, ‘एकाध व्यक्तिहरूको इच्छाबमोजिम ठूला निर्णय गर्न थालिनु, कमरेड हरिबोल गजुरेलजस्ता वरिष्ठ नेताहरू माथि स्पष्टीकरण दिने मौका पनि नदिइकन पार्टीबाट निष्कासनसम्मको कठोर कारबाही हुनु, विभिन्न घटकबाट आएका नेताहरूलाई संस्थागत रुपमा जानकारीसम्म नहुनु र एकैचोटी सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाउनु आश्चर्यजनक घटना हुन् ।’…
‘सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय पालना नगर्ने छुट कसैलाई हुँदैन’
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टी केन्द्रीय कार्यसमिति बैठकको निर्णय पालना नगर्ने छुट कसैलाई नभएको बताएका छन्। आफ्नो फेसबुकमा स्टाटस लेख्दै विश्वकर्माले केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको र सो निर्णय सबैले पालना गर्नुपर्ने बताएका हुन्। ‘पार्टीको तर्फबाट सभापति गगन थापालाई भावी प्रधानमन्त्री घोषणा गरेको छ। पार्टी केन्द्रीय समितिको निर्णय सबैले पालना गर्नुपर्छ। अन्यथा गर्ने कसैलाई छुट हुँदैन,’ उनले लेखेका छन्। उनले पार्टीभित्र अहिले कुनै पनि मतभेद नरहेको र निर्वाचनबाट रूख चिह्नमा बहुमत ल्याउने गरी कांग्रेस एक भएर लागेको पनि बताएका छन्। ‘अदालतमा मुद्दा हुँदाहुँदै पनि निर्वाचनमा असर नपरोस भनि उम्मेदवार…
डडेलधुरा । जिल्ला प्रहरी कार्यालय डडेलधुरामा कार्यरत एक जना प्रहरी हबल्दार आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका छन् । डडेलधुरामा मृत फेला परेकी सरीता गिरीको सुसाइड नोटमा उल्लेख भएका विवरणका आधारमा प्रहरी हबल्दार यज्ञ साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहका अनुसार सवारी चालक पदमा कार्यरत साउदलाई हिरासतमा राखी घटनाबारे विस्तृत अनुसन्धान थालिएको छ । भागेश्वर गाउँपालिका–३ स्थायी घर भई हाल अमरगढी नगरपालिका–४ खलंगास्थित जिल्ला प्रहरी कार्यालयको पछाडि बस्दै आएकी सरीता गिरी मृत अवस्थामा फेला परेकी थिइन् । प्रहरीले बरामद गरेको सुसाइड नोटमा गिरीले प्रहरी चालक साउदकै कारण आफू आत्महत्या गर्न बाध्य…