काठमाडौं। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको ‘इपिसेन्टर’ झापामा सुरक्षा बढाइएको छ।
झापा क्षेत्र नम्बर ५ मा केपी शर्मा ओली (नेकपा एमाले) र बालेन शाह (राष्ट्रिय स्वतन्त्र पार्टी) जस्ता प्रभावशाली उम्मेदवार आमनेसामने प्रतिस्पर्धामा छन्। यो क्षेत्रमा २३ उम्मेदवार छन्।
यसरी इपिसेन्टर बनेको झापामा सरकारले पनि सुरक्षा संवेदशील क्षेत्रका रुपमा राखेको छ। प्रहरी प्रधान कार्यालयले सुरक्षा समन्वयका लागि एसएसपी गोविन्द अधिकारीलाई खटाएको छ।
उनी कोशी प्रदेश तालिम केन्द्र, विराटनगरमा कार्यरत छन्। त्यसबाहेक प्रहरी प्रधान कार्यालयले डिएसपी र इन्स्पेक्टरसहित ठूलो संख्यामा सुरक्षाकर्मी खटाएको छ।
झापा प्रहरी प्रमुख भने एसपी बसुन्धरा खड्का हुन्।
Facebook Comments Box
