वीरगन्ज,१३ फागुन । नेपाल कम्युनिष्ट पार्टी एमाले पर्सा निर्वाचन क्षेत्र नं. २ की प्रतिनिधि सभा सदस्य उम्मेदवार रिमा यादवले वीरगञ्ज महानगरपालिका–१७ अन्तर्गत अलौको कोन्हिया टोलमा घरदैलो अभियान तथा पार्टी प्रबेश सम्पन्न गरेकी छन्।
घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार यादवले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै विकास, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले पर्सा–२ लाई समृद्ध र व्यवस्थित क्षेत्रका रूपमा अघि बढाउने स्पष्ट योजना प्रस्तुत गर्दै आगामी निर्वाचनमा सहयोग र समर्थनको अपिल गरिन्। नवप्रेबीसीहरुलाई उम्मेदवार रिमा यादव, पुर्व मन्त्री प्रमोद जयसवाल र वडा अध्यक्ष संजु छतकुलीले टिका माला लगाई पार्टी प्रवेश गराएका थिए।
नवप्रबेसी बिरा यादव,पुन्देव यादव, मदन यादव,नन्दु यादव, प्रबिन यादव, सुखाडी यादव, छोटेलाल यादव, असई यादव, मैना,राजकुमार लगाएत दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताले यस क्षेत्रको बिकास, समृद्धि तथा रोजगारीको लागि नेकपा एमालेका उम्मेदवार रिमा यादवलाई बिजय गराउन बताँउदै पार्टी प्रबेश गरेका छन्।
कार्यक्रममा केन्द्रीय सदस्य बिजय सरवागी,प्रमोद जयसवाल,बिचारी यादव, वडा अध्यक्ष संजु छतकुली,प्रेम पटेल, लियाकत अली, अजय साह लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। टोलीले घरघर पुगेर पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराएको थियो।
स्थानीय बासिन्दाले उत्साहजनक सहभागिता जनाउँदै विकासमुखी नेतृत्वको आवश्यकता औंल्याएका थिए।
