Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
मधेस अन्दोलनमा योगदान नरहेको टेमानी जसपाबाट चुनावी मैदानमा, पर्सा-२का मतदाता असुन्तुष्ट
वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा जनता समाजवादी पार्टीका उम्मेदवार अशोक टेमानीप्रति मतदाताको असुन्तुष्टि बढ्दै गएको देखिएको छ। जनता समाजवादी पार्टीले मधेस अन्दोलन गरेका नेता तथा कार्यकर्तालाई उम्मेदवार नबनाई व्यापारी पुष्टभूमीबाट आएका टेमानीलाई उम्मेदवार बनाएपछि पर्सा क्षेत्र नम्बर २ का मतदाताले मत नदिने आवाज उठाउन थालेका छन्। जनता समाजवादी पार्टीले पार्टीको लागि योगदान दिने लाई टिकट नदिएको र पैसाको बलमा व्यापारीलाई टिकट दिई उम्मेदवार बनाएकोले स्थानीयमा ठुलो आलोचना भईरहेको देखिएको छ। पर्सा–२ का एक मतदाताले भने, “चुनावमा भोट माग्न आउँदा मात्रै देखिने नेताबाट हामी दिक्क भइसकेका छौं।”पर्सा -२ का मतदाताले भनुसुन र पैसाको आधारमा टेमानीलाई टिकट दिएकोले मत नदिने…
टोकियो । जापानको राजधानी टोकियोमा ४२ करोड जापानी येन लुटिएको छ। घटना २०२६ जनवरी २९ तारिख राति करिब ९ः३० बजे टोकियोको ताइतो वार्डमा भएको हो। जापानी प्रहरीकाअनुसार जापानी र चिनियाँ नागरिक सम्मिलित एक समूहले ठूलो परिमाणको नगद तीनवटा सुटकेसमा राखेर गाडीमा लोड गरिरहेको बेला तीन जनाको समूहले एकाएक आक्रमण गरेको थियो। लुटेराहरूले पीडितमाथि स्प्रे छर्केर नगद भएको सुटकेस लिएर फरार भएका हुन्। घटनापछि गरिएको अनुसन्धानका क्रममा टोकियोको हानेदा विमानस्थलको पार्किङ क्षेत्रमा पनि यस्तै प्रकृतिको अर्को लुटपाट प्रयास भएको खुलेको छ। त्यहाँ १ अर्ब ९० करोड जापानी येन राखिएको सुटकेस लुट्ने प्रयास गरिए पनि लुटेरा सफल हुन नसकेको प्रहरीले जनाएको छ।…
काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) बिच चार्टर्ड एकाउण्टेण्टहरुलाई लक्षित गर्दै विशेष सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने विषयमा महत्त्वपूर्ण सम्झौता भएको छ। यस सम्झौतासँगै अब संघमा आबद्ध सदस्यहरुले बैंकबाट विभिन्न बैंकिङ सुविधाहरूमा विशेष छुट र प्राथमिकता पाउने निश्चित भएको हो। सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघका तर्फबाट अध्यक्ष अनुप नेपालले हस्ताक्षर गरेका छन्। यो सहकार्यपछि चार्टर्ड एकाउण्टेण्टहरुले न्यूनतम कागजी प्रक्रियामै ७५ हजारदेखि ५ लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पाउनेछन्। यसका साथै आवश्यक प्रक्रिया पूरा गरी बिना धितो १५ लाख रुपैयाँसम्मको व्यक्तिगत प्रोफेसनल कर्जा समेत उपभोग गर्न…
काठमाडौं । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मा नियुक्त पवन कुमार आचार्यले सोमबारदेखि आफ्नो कार्यभार सम्हालेका छन्। बैंकको सञ्चालक समितिले गत कात्तिक २४ गते गरेको निर्णयअनुसार उनलाई आगामी कार्यकालका लागि बैंकको नेतृत्व सुम्पिएको हो। नवनियुक्त सिइओ आचार्य विगत २१ वर्षदेखि सानिमा बैंकमै विभिन्न जिम्मेवारीमा रहेर विशिष्ट योगदान पुर्याउँदै आएका व्यक्ति हुन्। यसअघि उनी बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। बैंकको लामो सेवा अवधिमा उनले १० भन्दा बढी विभाग र शाखाहरूको नेतृत्व गरिसकेका छन्। उनको मुख्य विशेषज्ञता कर्जा मूल्याङ्कन, डिजिटलाइजेसन र परियोजना वित्तमा रहेको छ। बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि उनीसँग इन्जिनियरका रूपमा ४ वर्ष काम गरेको…
मुम्बई । भारतीय गायिका नेहा कक्कडको एउटा रहस्यमयी सामाजिक सञ्जाल पोस्टले निम्त्याएको डिभोर्सको चर्चा अन्ततः साम्य भएको छ। केही दिनअघि ‘सबै सम्बन्धहरूबाट ब्रेक लिँदैछु’ भनी पोस्ट गरेपछि उनी र पति रोहनप्रित सिंहबीच सम्बन्धविच्छेद हुन लागेको भन्दै सञ्चारमाध्यम र फ्यानमाझ सनसनी फैलिएको थियो। तर, नेहाले स्पष्टीकरण दिँदै आफू डिभोर्सको प्रक्रियामा नरहेको र परिवारलाई यस विवादमा नतान्न आग्रह गरेकी छिन्। नेहाले अर्को पोस्ट शेयर गर्दै लेखेकी छिन्, ‘कृपया मेरा निर्दोष पति र प्यारो परिवारलाई यो सबमा नघिसार्नुहोस्। उहाँहरू सफा मनका हुनुहुन्छ र म आज जे छु, उहाँहरूकै साथका कारण छु।’ उनले आफू परिवारसँग नभई अन्य केही व्यक्ति र कार्यप्रणाली (सिस्टम) सँग दुखी…
मुम्बई । मुम्बईमा सम्पन्न ‘लोलापालूजा इन्डिया २०२६’ म्युजिक फेस्टिभलमा बलिउड अभिनेत्री दिशा पाटनी र पञ्जाबी गायक तलविन्दरको सामीप्यले सबैको ध्यान खिचेको छ। यस कार्यक्रममा दुवैजना सँगै देखिएपछि उनीहरूको प्रेम सम्बन्धको चर्चाले फेरि बजार तताएको छ। सामाजिक सञ्जालमा भाइरल भिडियोमा दिशा र तलविन्दर एक-अर्काको हात समातेर हिँडिरहेको देख्न सकिन्छ। यो जोडी सार्वजनिक रूपमा सँगै देखिएको यो पहिलो पटक भने होइन। यसअघि उदयपुरमा भएको नूपुर र स्टेबिन बेनको विवाह समारोहमा पनि उनीहरू सँगै देखिएका थिए, जसले उनीहरू प्रेममा रहेको आशंकालाई थप बल पुर्याएको छ। पञ्जाबी इन्डिपेन्डेन्ट गायकका रूपमा चर्चित तलविन्दरको पूरा नाम तलविन्दर सिंह सिद्धू हो। उनी आफ्नो परिचय र अनुहार लुकाउनका…
मुम्बई । टेलिभिजनका चर्चित कलाकारहरू करण वाही र जेनिफर विङ्गेट यतिबेला आफ्नो व्यक्तिगत जीवनका कारण चर्चाको केन्द्रमा छन्। केही समययता सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यमहरूमा उनीहरूले विवाह गर्न लागेको दाबीसहितका समाचारहरू निरन्तर फैलिरहेका छन्। यद्यपि, यी हल्लाहरूमा कुनै सत्यता नभएको पुष्टि भएको छ। हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार करण वाहीले यी सबै खबरहरूलाई सिधै अस्वीकार गर्दै भ्रामक समाचार भएको स्पष्ट पारेका छन्। करणको यो बयानसँगै उनीहरूको विवाहलाई लिएर भइरहेका अड्कलबाजीहरूमा तत्कालका लागि पूर्णविराम लागेको छ। करण र जेनिफर लामो समयदेखि उद्योगका निकै नजिकका साथीहरू हुन्। उनीहरूले आफ्नो करियरको सुरुवाती चरणमा चर्चित टीभी शो ‘दिल मिल गए’ मा सँगै काम गरेका थिए।…
काठमाडौं । नेपालले पूजा महतोको कप्तानीमा एसिसी एसिया कप राइजिङ स्टार्स खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले पूजाको कप्तानीमा एसिया कप खेल्ने टोली घोषणा गरेको हो । कप्तान इन्दु बर्मा घाइते भएका कारण उपकप्तान पूजालाई कप्तानको जिम्मेवारी दिइएको हो । थाइल्यान्डमा हुने प्रतियोगितामा नेपालले फेब्रुअरी १३ मा पाकिस्तान ‘ए’, फेब्रुअरी १५ मा युएई र फेब्रुअरी १७ मा भारत ‘ए’सँग खेल्नेछ ।
काठमाडौं । नेपाल प्रहरीका कर्मचारीहरूको जीवनस्तर, मनोबल र कार्यक्षमतामा सकारात्मक परिवर्तन ल्याउने निर्णय कार्यान्वयनमा आएको छ। नेपाल सरकारको निर्णयअनुसार २०८२ साल फाल्गुन १ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका सम्पूर्ण सकल दर्जाका कर्मचारीहरूको राशन स्केल तथा राशन बापतको दैनिक रकम वृद्धि गरिएको छ। सरकारको यस निर्णयलाई प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले न्याय, समानता र प्रहरी मनोबल सुदृढीकरणका दृष्टिले महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै आईजीपी कार्कीले राशन रकम वृद्धिको निर्णयले प्रहरी कर्मचारीहरूको सेवाप्रति सम्मान र संस्थागत न्यायको स्पष्ट सन्देश दिएको उल्लेख गरेका छन्। उनका अनुसार नेपाल प्रहरीभित्र लामो समयदेखि उठ्दै आएको जायज तथा अपेक्षित मागलाई सम्बोधन गर्दै…
काठमाडौं । मधेस प्रदेशमा बेपत्ता हुने व्यक्तिको सङ्ख्या भयावह बनेको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले अन्तिम ६ महिनामा मधेस प्रदेशमा २ हजार ५७२ जना सम्पर्कविहीन रहेको बताए। जसमध्ये पुस महिनामा मात्र १ हजार ४४८ जना सम्पर्कविहीन भएका थिए। ती सम्पर्कविहीनमध्ये ६ महिनाको अवधिमा १ हजार ५०१ जना फेला परेका छन् भने अन्य सम्पर्कविहीन छन्। त्यसैगरी, जेन्जी आन्दोलनमा भएका क्षतिहरूको विवरणसमेत सार्वजनिक गरिएको छ। प्रवक्ता थापाका अनुसार मधेस प्रदेशमा जेन्जी आन्दोलनको क्रममा जम्मा चारजनाको मृत्यु भएको थियो। सो आन्दोलनका क्रममा मधेस प्रदेशका कुल २३४ वटा सरकारी कार्यालयहरूमा क्षति पुगेको थियो। सरकारी कार्यालयहरूको कुल…