जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरिक्षक मनोज कुमार यादवलाई यस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयमा दरबन्दी रहेको प्रहरी निरिक्षक मनोज कुमार यादव अहिले जिल्ला प्रहरी कार्यालय धनुषा अपराध अनुसन्धानमा कार्यरत छन् ।
उनलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकोले २०८१ बैशाख महिनाको (Police Of The Month) उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । प्रहरी निरिक्षक मनोज यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले कदर पत्र समेत प्रदान गरेका छन् ।
प्रहरी निरीक्षक यादवलाई फागुन महिनाको उत्कृष्ट प्रहरीको रुपमा कदर पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
इन्सपेक्टर यादव अपराध अनुसन्धान र नियन्त्रणको क्षेत्रमा फागुन महिनाभरीमा उत्कृष्ट भूमिका खेलेको छ ।
