काठमाडौँ : इलाका प्रहरी कार्यालय दमक, झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको भन्दै सम्मानित गरेको हो ।
उनी फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ जस्तो संवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र कुनै घटना नघट्न सघाउन सफल भएका थिए ।
साथै, जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार र फरार भएका थुनुवाहरूलाई समात्ने कार्यमा पनि उनी सक्रिय रहेका थिए । यस बाहेक, उनले फागुन महिनामा ३५ वटा मुद्दा दर्ता भएका मध्ये १० वटा जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दाहरूको समाधान गरेका थिए ।
स्थानीय निकाय र अन्य संघसंस्थाहरूसँग समन्वय गरी कार्यालयको मर्मत र आवश्यक आपूर्तिहरू उपलब्ध गराउने काममा पनि उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन्।
