Author: Scoop Khabar

काठमाडौं । श्रीमती हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा संखुवासभाको मादीका प्रेम दोर्ची शेर्पा छन् । शेर्पाले नै आफ्नो श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । ९ मंसिरको राति साढे १० बजेतिर श्रीमती मिना शेर्पा र आफू ओखरबोट बजारबाट फर्कँर्दै गर्दा आफूखुसी बीच बाटोबाट हिँडेर बेपत्ता भएको भन्दै श्रीमान प्रेम दोर्चीले प्रहरीमा जाहेरी दिएका थिए । तर प्रहरी अनुसन्धानको क्रममा मिनाको हत्या भएको खुल्यो । मिनाको हत्या प्रहरीमा जाहेरी दिने उनै श्रीमान प्रेम दोर्चीले गरेको खुलेको प्रहरीले बताएको छ । त्यसरात बजारबाट घर फर्कने क्रममा विवाद भएपछि कुटपिट गरेर हत्या गरेपछि त्रिपालले बेरेर खाल्डो खनेर…

थप

वीरगंज । सशस्त्र प्रहरी बल नेपालले घुमुवा प्रणाली अन्त्य गर्ने स्पष्ट नीति लिइसकेको दाबी गरिरहँदा पर्सामा भने सोही नीति खुलेआम उल्लंघन भएको तथ्य बाहिर आएको छ। पर्सास्थित नम्बर १३ गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्ट ले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल को निर्देशन विपरीत सादा पोसाकमा घुमुवा परिचालन गरेको खुलासा भएपछि संगठनभित्र गम्भीर प्रश्न उठेको छ। नीति विपरीत घुमुवा खटाइएका प्रहरी जवान रामराज यादव लाई काठमाडौंस्थित हेडक्वार्टर तानिएको छ। तर, घुमुवा खटाउने मुख्य जिम्मेवार अधिकारी गणपति एसपी भट्टमाथि भने कुनै पनि प्रकारको ठोस विभागीय कारबाही नहुनु ले सशस्त्र प्रहरी संगठनभित्र ‘ठूला जोगाउने, साना दण्डित गर्ने’ दोहोरो मापदण्ड…

थप

काठमाडौं । नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २९ ग्राम ५ सय ७० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्रतापपुर गाउँपालिका-२ भिठ्ठा बस्ने बर्दिया गुलरिया नगरपालिका-९ डब्बा घर भएका २७ वर्षीय राजेश अहिर र उनकै श्रीमती ३५ वर्षीया सारदा हरिजन रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय रुपन्देही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-७ देवरिया गौडी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय १० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ बेहडाबाबा बस्ने ३५ वर्षीय लोकेन्द्र कठायतलाई शनिबार साँझ प्रहरीले…

थप

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ डल्लु डेरा गरी बस्ने रौतहट वृन्दाबन नगरपालिका-६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका-४ घर भएका २१ वर्षीय ईमरोज खान समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ५७ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

थप

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-८ स्थितबाट ५ सय ७७ किलोग्राम र इनरुवा नगरपालिका-३ स्थतिबाट १० किलोग्राम गाँजा प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ । मंसिर २७ गते जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी गस्ती टोलीले कोशी गाउँपालिका-८ स्थितमा ११ वटा बोरामा रहेको ५ सय ७७ किलो ग्राम गाँजा, इनरुवा नगरपालिका-३ स्थितबाट १० किलोग्राम गाँजा र २ ग्राम १८० मिलिग्राम लागुऔषध ब्राउनसुगर बेवारिसे अवस्थामा बरामद गरेको हाे । लागुऔषध गाँजा र ब्राउन सुगर बरामद भए संगै ओसार पोसारमा संलग्न व्यत्तिहरुको खोजी कार्य भईरहेको छ ।

थप

काठमाडौं । मोरङको लेटाङमा भएको १३ वर्षीया बालिका अंशु गौतमको बलात्कार तथा हत्या प्रकरणमा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले २ महिनापछि पक्राउ गर्न सफल भएको छ। पीडित परिवारलाई सताइरहेको घटनाको दोषी खुलेआम फरार भइरहेका बेला प्रहरीले सञ्चालन गरेको व्यापक खोज तथा अनुगमनले अन्ततः अभियुक्त पक्राउ परेपछि घटनामा महत्वपूर्ण प्रगति भएको हाे। लेटाङमा बसोबास गर्ने अंशु गौतम असोज महिनाको दोस्रो सातादेखि बेपत्ता भएकी थिइन्। प्रारम्भिक खोजतलासका क्रममा स्थानीयहरूले जंगल क्षेत्रमा अंशुको शव भेटाएपछि घटना अत्यन्तै संवेदनशील र गम्भीर बनेको थियो। फोरेंसिक परीक्षण तथा प्रारम्भिक अनुसन्धानमा अंशुमाथि बलात्कार गरी हत्या गरिएको पुष्टिका साथ प्रहरीले घटनालाई ‘गम्भीर अपराध’ को श्रेणीमा राखेर अनुसन्धान अघि बढाएको…

थप

काठमाडौं । विशेष अदालतले सहसचिव तिर्थराज भट्टराईलाई धरौटीमा छोट्न आदेश दिएको छ । तत्कालिन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख भट्टराईलाई सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटीमा छाड्न आदेश दिएको हो । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। आयोगले भट्टराईसहित तीन जनासँग जनही १ करोड ३ लाख ७९ हजार ६०० विगो र सजायको माग गरेको थियो। त्यस्तै आयोगले भट्टराईसहित ७ जनाविरुद्ध भिजिट भिसा तस्करी प्रकरणमा पनि मुद्दा दायर गरेको छ ।

थप

काठमाडौं । उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति महारथी अशोकराज सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को यही मङ्सिर २२ गतेको निर्णयअनुसार नेपाली सेनाको सहायक रथीबाट उपरथी दर्जामा विशेष बढुवा भएका क्षेत्रीलाई प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । नेपाली सेनाको जङ्गीअड्डामा शुक्रबार आयोजित कार्यक्रममा प्रधानसेनापति सिग्देलले सहायक रथी र महासेनानी दर्जामा पदोन्नति भएका एक–एक जना महासेनानी तथा प्रमुख सेनानीलाई दर्ज्यानी चिह्न प्रदान गरेको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अधिकृतलगायत पदोन्नति भएका रथीवृन्त तथा अधिकृतहरूका परिवारजनको पनि उपस्थिति थियो ।

थप

पोखरिया । समाचार संकलनको क्रममा जीराभवानी गाउँपालिका पुगेका पत्रकार शैलेश गुप्तामाथि त्यहाँका केही कर्मचारीले दुव्यर्वहार गरेका छन् । पर्सा जिल्लाबाट प्रकाशित हुंदै आएको फेमस नेपाल सन्देश साप्ताहिकका प्रकाशक एवं प्रेस चौतारी नेपाल पर्साका सदस्य शैलेश साह गुप्तामाथि बुधवार जीराभवानी गाउँपालिकाको केही उच्छृखंल कर्मचारीहरुले दुव्यर्वहार गरेका हुन् । त्यहाँका कर्मचारी इन्द्रजीत हजरा, जितेन्द्र मिश्रालगायतले पत्रकार शैलेशलाई अपशब्द प्रयोग गरी मोबाइल फोन खोस्ने र हातपात समेतको प्रयास गरेको थिए । पर्सा जिल्लाको जीराभवानी गाउँपालिकामा भइरहेको अनियमितता, भ्रष्टाचार र कर्मचारीका अनुपस्थितिको समबन्धमा स्थानीयद्वारा जानकारी प्राप्त भएपछि पत्रकार शैलेश गुप्ता समाचार संकलनका लागि बुधवार करिब १२ –३० बजे जीराभवानी गाउँपालिकाको कार्यालयमा पुगेका थिए ।…

थप

वीरगन्ज ।पर्सा प्रहरीले प्रतिबन्धित लागू औषध ट्रामाडोल क्याप्सुल ७६१७०पीस सहित चारजना मानिसलाई पक्राउ गरेको छ।वीरगन्ज महानगरपालिका वडा १५स्थित प्रतिमा चौक स्थित टिकट काटने काउन्टर नजिजबाट ईभी गाडीमा बाट ७६१७०पीस लागूऔषध ट्रामाडोल क्यापसुल बरामद गरेको हो। पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका वडा नम्बर २४ रामगढवा बस्ने बर्ष २० को युवराज पटेल,बर्ष२१को अफजल देवान, जिल्ला धाडिङ्ग बेनिघाट रोराङ्ग गाऊपालिका वडा नम्बर ६ बस्ने बर्ष१९ को रामहरि मगर र सिदलेख गाऊपालिका वडा वडा नम्बर ७ बस्ने बर्ष १९ को राजकुमार मगराती रहेको प्रहरीले जनाएको छ। विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय श्रिपुरबाट खटिगएको प्रहरी टोलीले प्रतिमा चौक टिकट काटने काउन्टर नजिक सार्वजनिक…

थप