काठमाडौं । सुधन गुरुङ अचानक आफैँ गाडी चलाएर ललितपुर प्रहरी कार्यालय पुगेका छन्। केहीबेरअघि मात्र उनले केपी शर्मा ओली र रमेश लेखक पक्राउ परेको जानकारी सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका थिए।
त्यसको केही समयमै उनी व्यक्तिगत रूपमा नै सवारी साधन चलाउँदै प्रहरी कार्यालय पुगेपछि घटनाक्रमले नयाँ मोड लिएको देखिएको छ। स्रोतका अनुसार उनको आगमन अचानक भएको हो र यसअघि कुनै औपचारिक कार्यक्रम तय गरिएको थिएन।
यद्यपि, उनी किन त्यहाँ पुगे भन्नेबारेमा नेपाल प्रहरीले हालसम्म कुनै आधिकारिक जानकारी दिएको छैन। सुरक्षा निकायभित्र आन्तरिक समन्वय, सुरक्षा समीक्षा वा पछिल्लो अप्रेसनसम्बन्धी छलफलका लागि उनी पुगेको हुनसक्ने अनुमान गरिएको छ।
Facebook Comments Box
