काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखकलाई महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिने तयारी भएको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी परिसरका एक अधिकारीले दिएको जानकारीअनुसार उनलाई महाराजगन्जमा रहेको २ नम्बर गणमा लैजाने तयारी गरिएको छ ।
लेखक शनिबार बिहान पक्राउ परेका हुन् । पक्राउ परेका लेखकलाई अहिले प्रहरी परिसर भद्रकालीमा राखिएको छ । केही बेरपछि २ नम्बर गणमा लैजाने तयारी भएको छ ।
Facebook Comments Box
