Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा शान्ति–सुरक्षामा विशेष योगदान पुर्याएको भन्दै नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई विशेष सम्मानस्वरूप पुरस्कार प्रदान गरेको छ । सोमबार आयोजित विशेष कार्यक्रममा अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले आईजीपी कार्कीलाई सम्मान प्रदान गरेका हुन् । कार्यक्रममा सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र निष्ठालाई संस्थागत गर्न प्रहरी संगठनले खेलेको भूमिकाको प्रशंसा गरिएको थियो । सम्मान ग्रहणपछि आईजीपी कार्कीले उक्त पुरस्कारलाई सम्पूर्ण नेपाल प्रहरीको सामूहिक प्रयासको सम्मानका रूपमा लिएको बताए । उनले यसले नेपाल प्रहरीप्रति जनताको विश्वास अझ सुदृढ बनाउँदै निष्ठा, जवाफदेहिता र भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति कार्यान्वयनमा थप प्रतिबद्ध भएर अघि…
गुल्मी । आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि गुल्मी २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी घरदैलो कार्यक्रम लिएर धुर्कोट ७ पुग्दा मतदाता भावविह्वल भएका छन् । आगामी निर्वाचनमा आफूलाई मतदान गर्न अनुरोध गर्दै पन्थी धुर्कोट ७ वाग्ला पुग्दा स्थानीयवासीको आँखामा आँशु देखियो । यसअघिका निर्वाचित जनप्रतिनिधिहरूले आफ्नो समस्याको समाधान नगरेको र गोविन्द पन्थी त्यहाँ पुग्दा अब भने समाधान हुने विश्वासले आफ्नो आँखाबाट आँसु झरेको एक मतदाताले बताए । ‘यहाँ शिक्षा र स्वास्थ्यको क्षेत्रमा धेरै नै समस्या छ । अनि बाटोका साथै जंगली जनावरको आतंक पनि अर्को मुख्य समस्या हो, हामीले यसअघिका प्रतिनिधिलाई यो सबै भनेका हौं तर अहिलेसम्म समाधान भएन,’…
काठमाडौं । प्रहरी प्रधान कार्यालयले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था अनुगमन गर्न सातै प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) खटाएको छ। प्रहरी मुख्यालयका अनुसार सातै प्रदेशमा विद्यमान निर्वाचन सुरक्षा चुनौती, तयारी अवस्था र संवेदनशील क्षेत्रको मूल्याङ्कन गर्न एआईजीहरूलाई फिल्डमा पठाइएको हो। प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत एआईजी हिमालय कुमार श्रेष्ठ सुदूरपश्चिम प्रदेशको सुरक्षा अवस्था बुझ्न खटिएका छन्। मधेस प्रदेशका सबै जिल्लामा स्थलगत अनुगमन गरी एआईजी डम्बर बिक काठमाडौं फर्किसकेका छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशलाई सबैभन्दा संवेदनशील क्षेत्रका रूपमा हेरिएको छ। निर्वाचनअघि दुई दिन होली पर्व पर्ने भएकाले त्यसले चुनावी सुरक्षामा असर पार्न सक्ने…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आईसीसी टी–२० विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाली टोलीको प्रदर्शन तारिफयोग्य भएको बताएकी छन् । जित र हार खेलको नियम भएको बताउँदै उनले आशा अझै बाँकी रहेको टिप्पणी सामाजिक सञ्जालमार्फत गरेकी छन् । इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा रहेपनि जित निस्कन भने सकेन । तर, खेल कसरी खेलिएको भन्ने कुरा महत्त्वपूर्ण रहेको प्रधानमन्त्री कार्कीको भनाइ छ । उनले भनेकी छन्– ‘जित–हार खेलको नियम हो । हामीले कसरी खेल्यौं, त्यो महत्त्वपूर्ण हो । आज…
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले परम्परागत अपराधसँगै संगठित अपराध, साइबर अपराध र अन्तर्राष्ट्रियस्तरका अपराध बढ्दै जाँदा मुलुक तथा समाज झनै जटिल बन्दै गएको बताएका छन् । नेपाल प्रहरी रणनीतिक सम्मेलन–२०८२ को उद्घाटन कार्यक्रममा बोल्दै आईजीपी कार्कीले प्रविधिको तीव्र विकाससँगै नयाँ प्रकृतिका अपराधहरू तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै तिनको नियन्त्रण तथा रोकथामका लागि रणनीतिक सम्मेलन प्रभावकारी हुने विश्वास व्यक्त गरेका हुन् । ‘परम्परागत अपराधसँगै संगठित अपराध, साइबर अपराध र अन्तर्राष्ट्रियस्तरमा हुने अपराधले मुलुक र समाज जटिल बन्दै गएको छ । यसको रोकथामका लागि सम्मेलनमा गहन छलफल हुनेछ,’ उनले भने । आईजीपी कार्कीले समाजमा हुने अपराध नियन्त्रणका लागि विषयविज्ञको…
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले इंग्ल्यान्डसँगको साँघुरो हारबाट आफू निराश रहे पनि टिमको प्रदर्शनप्रति गौरवान्वित रहेको प्रतिक्रिया दिएका छन् । नेपालले आईसीसी टी–२० विश्वकपको आफ्नो पहिलो खेलमा आइतबार इंग्ल्यान्डसँग चार रनको साँघुरो हार बेहोरेको थियो । खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाउँदै इंग्ल्यान्डमाथि कडा चुनौती दिएको थियो । चार रनको झिनो हारपछि नेपाली टिमका कप्तान रोहितले इंग्ल्यान्डविरुद्धको प्रयास धेरै प्रशंसनीय रहेको बताए । ‘निराशा छु । तर, मलाई टोलीप्रति धेरै गर्व छ । इंग्ल्यान्डविरुद्धको प्रयास धेरै प्रशंसनीय छ, टिमका सबैले आफ्नो शतप्रतिशत दिए,’ रोहितले…
टोकियो । आइतबार सम्पन्न जापानको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) निर्वाचनमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी))ले ऐतिहासिक विजय हासिल गरेको छ। यसअघि १९८ सिटमा सीमित एलडिपीले यो निर्वाचनमा एक्लैले ३१६ सिट जित्दै दुई तिहाई बहुमत पार गरेको हो। ४६५ सदस्यीय तल्लो सदनमा दुई तिहाई बहुमतका लागि ३१० सिट आवश्यक पर्छ। एलडिपीसँग गठबन्धनमा रहेको जापान इनोभेसन पार्टीले ३६ सिट जितेको छ। यससँगै प्रधानमन्त्री ताकाइची नेतृत्वको सत्तारुढ गठबन्धनको कुल सिट संख्या ३५२ पुगेको छ। यो परिणाम १९५५ मा एलडिपी स्थापना भएयताकै सबैभन्दा ठूलो जित हो। यसअघि सन् १९८६ मा स्वर्गीय प्रधानमन्त्री यासुहिरो नाकासोनेको नेतृत्वमा एलडिपीले जितेको ३०० सिटको रेकर्डलाई…
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ को डेरामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा काठमाडौं–१६ बालाजुका ४२ वर्षीय विष्णुबहादुर राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर–६ का ४६ वर्षीय खिमबहादुर खड्का र डोटी दिपायल सिलगडी नगरपालिका–६ का ४५ वर्षीय सञ्जय श्रेष्ठ छन्। उनीहरूले बालाजुस्थित सितादेवी गुरुङको घरमा रहेको बालेन साहको डेरा कोठामा चोरी गरेका थिए। मुख्य अभियुक्त राजवाहकलाई २३ माघमा बाँसबारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी यसअघि पनि चोरीलगायत विभिन्न कसुरमा मुद्दा खेपिसकेका व्यक्ति हुन्। नख्खु कारागारबाट फरार भएका राजवाहक पछिल्ला दिनमा पाँचवटा चोरीमा…
कृष्ण यादव।पर्सा क्षेत्र नम्बर २ का नेकपा एमालेका जेन्जी पुस्ताका उम्मेदवार रिमा यादवको घरदैलो कार्यक्रममा जनलहर बढदै गएको देखिएको छ।पर्सागढि नगरपालिका वडा नम्बर ४ पशुरामपुरमा नेकपा एमालेका उम्मेदवार यादवले जनता दर्शन तथा घरदैलो कार्यक्रम सम्पन्न गरेकी हुन्।एमालेका उम्मेदवार यादवको घरदैलो कार्यक्रममा पशुरामपुरका मतदाताले उत्साहको साथ बिजय गराउन आशीर्वाद दिएका छन्। पर्सा क्षेत्र नम्बर २ मा चुनावी माहोल तात्दै गएको छ। युवा, इमानदार र शिक्षित एवम जेन्जी पुस्ताको नेकपा एमालेका उम्मेदवार रिमा यादवले जनतामाझ फरक किसिमको सन्देश दिइरहेकी छिन्।त्यसैगरि घरदैलो कार्यक्रममा पशुरामपुरका मतदाताले “युवा पनि हो, राम्रो पनि हो, हाम्रो पनि हो, शिक्षित पनि हो, जेनजी पुस्ताको उम्मेदवार पनि हो —…
वीरगंज । पर्साको राजनीतिमा यतिबेला सबैभन्दा ठूलो बहस एउटै विषयमा केन्द्रित छ- जनताको आवश्यकता बुझ्ने र सुन्ने नेतृत्व चाहिएको हो कि आफ्नै योजना र स्वार्थ थोपर्ने नेता? यही बहसको केन्द्रमा नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिल रुंगटाको नाम जोडिँदै गएको छ। स्थानीय स्तरमा बढ्दो असन्तोषले रुंगटाको राजनीतिक यात्रामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ। स्थानीय बासिन्दाकाअनुसार शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधार विकास जस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका मुद्दा क्षेत्रका प्राथमिक समस्या हुन्। तर रुंगटाको राजनीतिक सक्रियता ती विषयभन्दा बाहिर, चुनावी अंकगणित, शक्ति सन्तुलन र सीमित घेराभित्र मात्र सीमित रहेको आरोप बढ्दो छ। विशेषगरी विगत करिब सात…