काठमाडौं । भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोगका प्रमुख गौरीबहादुर कार्कीलाई सुरक्षा सुनिश्चित गर्न सेनाको ब्यारेकमा राखिने तयारी थालिएको छ।
हाल भक्तपुरको गुण्डुस्थित कार्की निवास वरिपरि सुरक्षा व्यवस्था कडा पारिएको छ र सो क्षेत्रमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।
कार्कीको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न सेनाको ब्यारेकमा राखिने तयारी गरिएको हो । यसअघि सुधन गुरुङले सुरक्षा निकायका प्रमुखहरूलाई सिंहदरबार बोलाएर घटनाबारे छलफल गरेका थिए।
कार्की आयोगका सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । त्यसयता नेकपा एमालेका नेताकार्यकर्ता आक्रोशित छन् ।
अध्यक्ष ओली पक्राउ परेपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले देशव्यापी विरोध कार्यक्रम घोषणा गरेको छ।
