काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले पछिल्लो समय ट्राफिक व्यवस्थापनको कार्य भन्दा पनि अवैध रकम असुलीतिर बढी ध्यान दिने गरेको पाइएको छ ।
प्रहरी निरिक्षक (इन्स्पेक्टर) युवराज कटुवालको कमाण्डमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न बहानामा सर्वसाधारणबाट रकम असुली गर्ने गरेको गुनासो बढ्न थालेको हो ।
जिल्लासंगै मातहतमा रहेका ट्राफिक पोष्टहरूबाट समेत विभिन्न बहानामा सर्वसाधारणबाट अवैध रकम असुली गर्ने गरेका छन् ।
विशेष श्रोतका अनुसार जिल्ला ट्राफिक कार्यालय तथा हाकिमलाई वीरगन्ज भन्सार कार्यालय पोस्ट,गण्डक पोस्ट, तिलावे, बहुआर्वा भठ्ठा र पोखरीया पोष्टबाट मासिक अवैध रकम असुलेर बुझाउनुपर्ने बुझिएको छ।
ट्राफिक प्रहरीले प्रत्येक ओभर लोड एक सय टन बोक्ने ट्रकबाट मासिक ५ हजार रूपैयाँ असुल्ने गरेको छ भने, जिल्ला भरका टिपरबाट पनि मासिक ५ हजार असुल्ने गरेको बुझिएको छ ।
त्यसैगरि वीरगन्ज महानगरपालिका लगाएत ग्रामीण भेगको सडकको सडकमा चेकिङ्गको बहानामा सवारीसाधनलाई रोकी डर त्रास देखाई रकम असुल्ने गरेको खुलेको छ।
त्यस्तै साना तथा ठुलठुला सवारी साधान, भारतीय नम्बर प्लेटका सवारीसाधनहरूबाट समेत विभिन्न बहानामा ट्राफिक प्रहरीले रकम असुल्ने गरेको तथ्य प्राप्त भएको छ ।
यस बिषयमा बुझनको लागि ट्राफिक कार्यालय पर्साका प्रमुख एवम प्रहरी निरीक्षक कटुवाललाई फोन सम्पर्क गर्दा सम्पर्क हुन्न सकेन्न ।
