काठमाडौं । सैनिक मुख्यालयले ११ जना सहायक रथी (ब्रिगेडियर जनरल)हरूको सरुवा गरेको छ । प्रधानसेनापति, सैनिक सचिव विभागको निर्णयअनुसार २०८२ चैत ११ गतेदेखि लागू हुनेगरी उनीहरुको विभिन्न युनिटमा काज सरुवा गर्ने निर्णय भएको हो ।
सैनिक स्रोतका अनुसार सरुवाले नेतृत्व तहमा जिम्मेवारी पुनर्संरचना गर्दै विभिन्न महत्त्वपूर्ण निर्देशनालय, तालिम प्रतिष्ठान तथा बाहिनीहरूमा अनुभवी अधिकृतहरूलाई खटाइएको छ।
कसको सरुवा कहाँ भयो ?
सहायक रथी भुवनपूर्ण सत्याल – पूर्वी पृतना हे.क्वा.मा
सहायक रथी रामकाजी थापा – सैनिक इन्टेलिजेन्स निर्देशनालय
सहायक रथी राजेन्द्र श्रेष्ठ – शोध तथा विकास निर्देशनालय
सहायक रथी अर्जुन खड्का – अभिलेखालयपति, सैनिक अभिलेखालय
सहायक रथी सुवास जंग थापा –सैनिक तालिम महानिर्देशनालय
सहायक रथी अमृत काजी गुरुङ – सैनिक विशेष इन्टेलिजेन्स निर्देशनालय
सहायक रथी युवराज कार्की –वन तथा पर्यावरण सुरक्षा निर्देशनालय
सहायक रथी निर्जल बहादुर अधिकारी –असवाव निर्देशनालय
सहायक रथी सन्तोष कार्की –नि. बाहिनीपति नं. ३ बाहिनी अड्डा
सहायक रथी उज्ज्वल राणा – नि. बाहिनीपति नं. ६ बाहिनी अड्डा
सहायक रथी विजेन्द्र राज रेग्मी – नि. बाहिनीपति नं. २५ बाहिनी अड्डा
यो सरुवालाई नेपाली सेनाले आफ्नो संगठनभित्र नेतृत्व सन्तुलन मिलाउने, कार्यसम्पादन प्रभावकारी बनाउने तथा रणनीतिक निकायहरूलाई थप सुदृढ गर्ने प्रयासका रूपमा लिएको बुझिएको छ।
विशेषगरी इन्टेलिजेन्स, शोध तथा विकास, तालिम र अभिलेख व्यवस्थापन जस्ता संवेदनशील क्षेत्रहरूमा अनुभवी अधिकृतहरूलाई खटाइएको छ, जसले सेनाको संस्थागत क्षमतामा थप मजबुती ल्याउने अपेक्षा गरिएको छ।
![नेपाली सेनामा ११ सहायक रथीको काज सरुवा [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/nepal-army.jpg)