Author: Scoop Khabar

काठमाडौं । फेसबुकमा नक्कली खाता खोली च्याटमा कुराकानी गरी ९० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका(६ घर भई हाल कास्की पोखरा महानगरपालिका–१६ बस्ने ५० वर्षीया वनकुमारी गुरुङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘फेसबुकमा नक्कली खाता खोली पीडितहरूसँग च्याटमा कुराकानी गरी आकर्षक तलब, सुविधामा जापान पठाइदिने भनी चारजना पीडितहरूलाई व्यक्तिगत कागजातसमेत पठाउन लगाई, विभिन्न बैंक खातामा पटकपटक गरी ९० लाख जम्मा गर्न लगाई ठगी गरेको पाइयो ।’ गुरुङलाई कास्की प्रहरीको समन्वयमा बुधबार पक्राउ गरी बिहीबार ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका…

थप

ठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी हुँदा आङदोर्जी लामा ४१३ मा रोकिए । वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मत ल्याएर विजयी बनेका छन् । महासचिवमा भने पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी बलिभद्र राना ३८० मतमा रोकिए ।

थप

काठमाडौं । ट्राफिक नियम बारम्बार उल्लंघन गर्ने तथा जरिवाना तिर्नसमेत बेवास्ता गर्ने चालकहरूविरुद्ध कडा कदम चाल्दै लाइसेन्स खारेज गर्ने प्रक्रिया सुरु गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले यातायात व्यवसायी तथा मजदूर संगठनका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा यस्तो जानकारी दिएका हुन्। उनले लापरवाहीपूर्वक सवारी चलाउने र नियम उल्लंघनलाई सामान्य रूपमा लिने प्रवृत्तिमा अब कडाइ गरिने स्पष्ट पारे। उनले ट्राफिक व्यवस्थापनको मुख्य उद्देश्य नै सडकमा अनुशासन कायम गर्नु र चालकहरूको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु रहेको बताए। प्रहरी पनि समाजकै हिस्सा भएकाले आफ्ना कमी–कमजोरी सुधार्दै अघि बढ्ने उनले उल्लेख गरे। एसएसपी अधिकारीले…

थप

दाङ । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन केवल भौतिक संरचना मात्र नभई प्रहरी र नागरिकबीचको विश्वासको प्रतीक भएको बताएका छन्। बिहीबार इलाका प्रहरी कार्यालय गढवाको परिसरमा आयोजित कार्यक्रममा उक्त सेवा केन्द्रको कार्यालय भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले नयाँ भवनले नागरिकमैत्री सेवा प्रवाहलाई अझ मजबुद बनाउने र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको अधिकार र मर्यादा संरक्षणमा महत्वपूर्ण टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। कार्यक्रमका अवसरमा आईजीपी कार्कीले भवनको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गरेका थिए। साथै, भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गरिएको थियो। उनले…

थप

काठमाडौं । पश्चिम एसियामा बढ्दो तनाव र असुरक्षित अवस्थाका कारण नियमित हवाई उडानहरू फेब्रुअरी २८, २०२६ देखि स्थगित भएपछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै नेपाली नागरिकहरूको उद्धार तथा आवागमन सहज बनाउन विशेष उडान सञ्चालन गरिने भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले बुधबार फेसबुकमा स्ट्याटस राख्दै उक्त जानकारी दिएका हुन्। उनले बताए अनुसार, परिस्थितिलाई ध्यानमा राख्दै नेपाल वायुसेवा निगमले आगामी अप्रिल ३ देखि ५ तारिखसम्म विभिन्न गन्तव्यहरूमा विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको हो। यसैबीच, उनले अप्रिल १ मा कुवेत एयरवेजको एक उडानमार्फत २९१ जना नेपाली नागरिक स्वदेश फर्किएको जानकारी दिएका छन्। सोही उडानबाट विभिन्न कारणले निधन भएका ९ जना नेपाली नागरिकहरूको…

थप

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ। सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार भट्टलाई काठमाडौंको गैह्रीधाराबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो। सोही आधारमा अध्यागमन विभागले उनको राहदानीसमेत रोक्का गरिसकेको छ। प्रहरीले भट्टमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

थप

काठमाडौं । कोशी प्रदेशअन्तर्गत तराईको तीन जिल्लामध्ये सबैभन्दा ठूलो सीमा नाका रहेको झापामा तस्करी धन्दा मौलाएको छ । १ सय ६३ किलोमिटर सीमा क्षेत्र रहेको झापामा प्रहरीले तस्करीको लाइन दिएको कारणले खुलेआम तस्करी हुने गरेको पाइएको हो । विशेष गरी राती र बिहानको समयमा झापाको काकरभिट्टा, मेचीनगरपालिका–६ को तुर्केनी फुटबल ग्राउन्ड, दुर्गा मन्दिर छेउ, इलाका प्रहरी कार्यालय काकरभिट्टाको उत्तरपट्टी रहेको नाका, नगकलबन्दा जाने हडीकसम नाकाबाट खुलेआम तस्करी हुने गरेको बताइएको छ । अहिले उक्त नाका औपचारिक रूपमा तस्करीमा प्रयोग भएको पाइएको छ । तस्करी धन्दामा लागेका गिरोहले यी नाकाहरूबाट भारतबाट कपडा र खाद्यजन्य सामाग्रीहरू ल्याउने गरेका छन् । त्यस्तै नेपालबाट…

थप

नवलपरासी । प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले प्रहरी संगठनका सदस्यहरूलाई कार्यक्षेत्रमा कुनै पनि प्रकारका प्रलोभन, भय वा दबाबमा नपरी कानुनको मार्गमा अडिग रहन निर्देशन दिएका छन्। नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा सञ्चालित ११औँ समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले जनअपेक्षाअनुसार कानुनसम्मत र विश्वासयोग्य सेवा प्रवाह गर्न सके मात्रै नागरिकले वास्तविक शान्ति सुरक्षाको अनुभूति गर्न सक्ने बताए। उनले तालिमका क्रममा आर्जन गरिएको ज्ञान, सीप, कौशल, आत्मविश्वास र साहस देशको आन्तरिक सुरक्षा, विपद् तथा प्रकोप व्यवस्थापन, आतंकवाद नियन्त्रण तथा विशिष्ट व्यक्तिको सुरक्षामा महत्वपूर्ण सावित हुने विश्वास व्यक्त गरे। साथै, तालिमबाट प्राप्त दक्षता व्यावसायिक…

थप

काठमाडौँ । नेकपा (एमाले) समर्थक जेनजी अमिशा पराजुली सामाजिक सञ्जालमा चरित्र हत्या गर्नेहरुविरुद्ध भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा अभिव्यक्ति दिएपछि पराजुलीमाथि अमानवीय तवरले गालीगलौज तथा बलात्कारको धम्की समेत आएपछि साइबर ब्यूरोमा उजुरी दिएकी हुन् । उनले आफ्नो भिडियोको दुरुपयोग गर्ने, गालीगलौज गर्ने तथा बलात्कारको धम्की दिनै सबैमाथि एकमुष्ट उजुरी दिएको बताइन् । सामाजिक सञ्जालबाट गालीगलौज तथा बलात्कारको धम्की आएको उनको भनाइ छ । आफूले केही गलत नगरेको र केही पनि गलत कुरा नबोलेको भएपनि आफूमाथि नकारात्मक प्रतिक्रिया दिइएको उनको आरोप छ । उनले भनिन्, ‘मेलै बोलेको भिडियोको दुरुपयोग गर्ने…

थप

काठमाडौं । आज अप्रिल १ — डिजिटल युगमा बढ्दो साइबर ठगीप्रति नागरिकलाई सचेत गराउने उद्देश्यले नेपाल प्रहरीले यसपटक ‘अप्रिल फुल’ लाई सिर्जनात्मक ढंगले उपयोग गरेको छ। नेपाल प्रहरीकाे आधिकारिक फेसबुक पेज सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको एउटा साधारण देखिने QR कोड पोस्टले हजारौं प्रयोगकर्तालाई केहीबेरका लागि अन्योलमा पार्यो। पोस्टमा लेखिएको थियो, “तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन? सुनिश्चित गर्न QR कोड स्क्यान गर्नुहोस्।” जिज्ञासाबाट सुरु, ‘अप्रिल फुल’ मा अन्त्य उजुरी परेको हुन सक्ने डर र जिज्ञासाका कारण धेरै प्रयोगकर्ताले तत्काल QR कोड स्क्यान गरे। तर, स्क्यान गरेलगत्तै उनीहरूको स्क्रिनमा देखियो— “अप्रिल फुल!” यो सन्देशसँगै प्रयोगकर्ताले आफू ठट्टाको सिकार…

थप