काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ।
सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार भट्टलाई काठमाडौंको गैह्रीधाराबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टलाई कालोसूचीमा राख्न अध्यागमन विभागलाई पत्राचार गरेको थियो। सोही आधारमा अध्यागमन विभागले उनको राहदानीसमेत रोक्का गरिसकेको छ।
प्रहरीले भट्टमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
Facebook Comments Box
