Author: Scoop Khabar

काठमाडौं । धादिङबाट तरकारीका खाली क्रेट बोकेर हेटौँडातर्फ जाँदै गरेको गाडीबाट प्रहरीले १५३ केजी गाँजा बरामद गरेको छ। बागमती गाउँपालिका–३ छपेलीस्थित प्रहरी चौकी भट्टेडाँडाको टोलीले बिहीबार बिहान नियमित चेकजाँचका क्रममा ना ३ च ४०५ नम्बरको हात्ती गाडीबाट उक्त परिमाणको लागुऔषध फेला पारेको हो। कान्ती लोकपथ हुँदै जाँदै गरेको गाडीमा शंकास्पद रूपमा फल्स बटम (नक्कली तह) बनाइएको देखेपछि प्रहरीले सोधपुछ सुरु गरेको थियो। प्रहरीले खानतलासी गर्न थालेपछि चालक २८ वर्षीय नगेन्द्र श्रेष्ठ अचानक गाडी छाडेर जंगलतर्फ भागेका थिए। प्रहरी टोलीले तत्काल घेराबन्दी गरी उनलाई घटनास्थलबाट करिब १२ किलोमिटर टाढा बागमती गाउँपालिका–२ बगुवाको जंगल क्षेत्रबाट नियन्त्रणमा लिन सफल भएको जनाएको छ। पक्राउ…

थप

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास भट्ट बागमती प्रदेशको माघ महिनाका लागि सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएका छन्। हाल इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीका कार्यालय प्रमुखको जिम्मेवारी सम्हालिरहेका भट्टलाई बागमती प्रदेश प्रहरी कार्यालयले कार्यसम्पादन, अपराध अनुसन्धानमा सक्रियता तथा प्रभावकारी प्रहरी कारबाहीका आधारमा उत्कृष्ट घोषित गरेको हो। उनीलाई बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक दिपक रेग्मीले प्रशंसापत्र प्रदान गर्दै उत्कृष्ट कार्यशैलीको कदर गरेका हुन्। प्रदेश प्रहरी कार्यालयका अनुसार भट्टले पछिल्लो समय विभिन्न आपराधिक घटनाको अनुसन्धानमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै शान्ति–सुरक्षा सुदृढ बनाउन उल्लेखनीय योगदान दिएका छन्। गोरखा निवासी भट्टले २०७० सालदेखि प्रहरी निरीक्षक पदबाट सेवा सुरु…

थप

काठमाडौं । बालेन्द्र शाह उर्फ बालेन झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा चुनावको मैदानमा छन्। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावी अभियानमा होमिएका शाह यतिबेला देशदौडाहमा व्यस्त छन्। चुनावी मैदानमा उत्रिएसँगै शाहमाथि सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यममा अनेक टिकाटिप्पणी भइरहेका छन्। पछिल्लो समय उनको नाम जोडेर ‘नागरिकता किर्ते’ सम्बन्धी आरोप सार्वजनिक भएको छ। ५ फागुनमा एक अनलाइन माध्यमले ‘कानूनविपरीत थर फेरेर नागरिकताको प्रतिलिपि लिएको’ आशयको समाचार प्रकाशित गरेपछि उक्त विषयले चर्चा पाएको छ। त्यसपछि अन्य केही मिडियाले पनि सोही सामग्रीलाई आधार मानेर शाहविरुद्ध सरकारी कागजात किर्ते गरेको आरोपमा जिल्ला प्रहरी परिसर, भद्रकालीमा जाहेरी दर्ता भएको दाबी गर्दै…

थप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा दिएकी छन्। उनले साधारण सदस्यसमेत नरहने गरी पद तथा जिम्मेवारी परित्याग गरेको घोषणा गरेकी हुन्। हाल पार्टीको केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस्यसमेत रहेकी शर्माले विज्ञप्ति जारी गर्दै पार्टीभित्र इमानदार र समर्पित व्यक्तिको मूल्यांकन नभएको तथा आर्थिक अनियमितता भएको आरोप लगाएकी छन्। उनले आफ्नो विज्ञप्तिमा पार्टीका निर्णयहरू आर्थिक प्रभावबाट निर्देशित हुन थालेको दाबी गर्दै यसले आफ्नो आत्मसम्मान र राजनीतिक मूल्यमा आँच पुर्‍याएको उल्लेख गरेकी छन्। ‘यी सबै गतिविधिको साक्षी भएर अब मौन बस्न सक्दिनँ,’ भन्दै उनले तत्काल प्रभावबाट पार्टी परित्याग गरेको जनाएकी छन्। यसअघि पनि…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय पर्सामा केही दिनका लागि एसपी नरेशराज सुवेदीलाई खटाएको छ। पर्सामा कार्यरत एसपी सुदीपराज पाठकको बुबा बितेर बिदामा बस्नुपर्ने भएपछि जिल्लाको नेतृत्वमा सुवेदीलाई खटाइएको हो। एसपी सुवेदी उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन्। निर्वाचनको संवेदनशील समयमा जिल्ला निमित्तको भरमा चल्दा समस्या हुनसक्ने भएकाले नयाँ एसपीलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तराईका जिल्ला अनुगमनसहितको जिम्मेवारीसहित अर्को सातादेखि एसएसपीलाई पनि खटाउन लागिएको छ।

थप

काठमाडौं । रसुवाको उत्तरगंगा गाउँपालिका= ५ स्थायी घर भई मुस्ताङको घरपझोङ- २ मार्फास्थित डेरामा शंकास्पद अवस्थामा मृत भेटिएकी शान्ति गुरुङको हत्या उनकै श्रीमानले गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा शान्तिका श्रीमान २३ वर्षीय अश्विन थापामगरलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान गरेको थियो । सो अनुसन्धानका क्रममा सोमबार दिउँसो करिब २ बजेको समयमा घरायसी झगडाका कारण मादक पदार्थ सेवन गरी दाउराले श्रीमतीको टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले आज विज्ञप्ति जारी गरी जनाएको छ । हत्या अभियोगमा पक्राउ परेका थापामगरलाई आजै जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरीका सूचना अधिकारी नवराज न्यौपानेले जानकारी दिए…

थप

काठमाडौं । जापानी प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको मन्त्रिपरिषद्ले बुधबार बिहान सामूहिक राजीनामा दिएको छ। नयाँ संसद् अधिवेशन सुरु हुनुअघि संवैधानिक अभ्यासअनुसार उनले यस्तो कदम चालेकी हुन्। गत अक्टोबरमा जापानकी पहिलो महिला प्रधानमन्त्री बनेकी ताकाइचीले फेब्रुअरी ८ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि पुनः सत्तामा फर्किने बाटो सुरक्षित गरेकी छन्। निर्वाचनमा सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले ४६५ मध्ये दुई तिहाइभन्दा बढी सिट जित्दै स्पष्ट बहुमत हासिल गरेको थियो। यसपटक एलडीपीले पुरानो सहकार्यकर्ता कोमेइतोसँगको गठबन्धन अन्त्य गर्दै जापान इनोभेसन पार्टीसँग नयाँ सहकार्य सुरु गरेको छ। नयाँ राजनीतिक समीकरणसँगै सरकारको नीति–दिशामा केही रणनीतिक समायोजन हुने आंकलन गरिएको छ। आजै बस्ने संसद्को विशेष अधिवेशनले…

थप

काठमाडौं । काठमाडौं उपत्यकामा विभिन्न विरोध प्रदर्शन, बन्द–हड्ताल, मेला, पर्व तथा खेलकुद गतिविधिको प्रभावकारी व्यवस्थापनमा उल्लेखनीय भूमिका खेलेको भन्दै तीन जना प्रहरी अधिकृत पुरस्कृत भएका छन्। उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराई र प्रहरी नायव उपरीक्षक (डिएसपी) कौशल कुमार बुढाथोकीलाई उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै रेकर्डमा जनिने गरी सम्मान गरेको हो। उनीहरूले संवेदनशील तथा भीडभाडयुक्त कार्यक्रमहरूको शान्तिपूर्ण व्यवस्थापन, सुरक्षा संयोजन र सम्भावित जोखिम नियन्त्रणमा सक्रिय नेतृत्व देखाएको कार्यालयले जनाएको छ। त्यसैगरी, प्रहरी वृत्त सिंहदरबारका प्रमुख डिएसपी जनार्दन घिमिरेलाई वृत्तका लागि ३१७५.१९ वर्ग मिटर जग्गा स्थायी रूपमा उपयोग गर्ने प्रक्रिया अघि बढाई…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख नायब उपरीक्षक (डीएसपी) मदन केसी कोशी प्रदेशबाट माघ महिनाको ‘बेष्ट पुलिस अफ द मन्थ’ घोषित भएका छन्। उनको नेतृत्वमा प्रहरीले १५ वर्षअघिको हत्या काण्डका फरार प्रतिवादीलाई पक्राउ गर्दै कानुनी कठघरामा उभ्याएको थियो। साथै, चिशंखुगढी गाउँपालिका–६ भदौरेमा वृद्ध दम्पतीको हत्या तथा लुटपाटमा संलग्न दुई जनालाई काठमाडौंबाट लुटिएको सामानसहित नियन्त्रणमा लिइको थियो। यसैगरी, खिजिदेम्वा गाउँपालिका–९ मा एक महिलामाथि जबरजस्ती करणी गरी फरार रहेका २७ वर्षीय अभियुक्तलाई समेत प्रहरीले पक्राउ गर्न सफल भएको थियो। कोशी प्रदेश प्रहरी कार्यालयले डीएसपी केसीले चुनौतीपूर्ण घटनाको सफल अनुसन्धान र फरार अपराधी पक्राउमा देखाएको सक्रियता, नेतृत्व क्षमता र जनसुरक्षामा पुर्‍याएको योगदानको…

थप

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिकाका नगरप्रमुख दिनेश अधिकारीलाई किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मंगलबार उनलाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार १८ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा नगरप्रमुख अधिकारीमाथि अनुसन्धान सुरु गरिएको हो। जाहेरीमा उल्लेख भएअनुसार किशोरी १७ वर्षको उमेरमा दुधौली नगरपालिकाभित्रै रहेको एक होटलमा कार्यरत रहँदा मेयर अधिकारीले जबरजस्ती करणी गरेको आरोप लगाइएको छ। प्रहरीका अनुसार उक्त घटनापछि किशोरी गर्भवती भएकी थिइन् र उनले २०८१ सालको फागुन महिनामा शिशु जन्माएकी छन्। शिशु जन्मिएपछि मात्रै घटना बाहिर आएको बताइएको छ। पीडित पक्षले गत वैशाखमै…

थप