काठमाडौं । सरकारले निजामती कर्मचारीलाई मासिकको सट्टा अब १५/१५ दिनमा तलब भुक्तानी गर्ने निर्णय गरेको छ। अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्राचार गर्दै अर्धमासिक तलब प्रणाली लागू गर्ने तयारी थालेको हो।
पूर्वसचिव गोविन्द कुसुमका अनुसार यस्तो व्यवस्था अपनाउने नेपाल दक्षिण एसियाकै पहिलो देश हुन सक्छ। उनका अनुसार अमेरिका, क्यानडा र अस्ट्रेलियामा यस्तो अभ्यास भए पनि एसिया र दक्षिण एसियामा यो नयाँ कदम हो।
सरकारले यो प्रणालीले आर्थिक गतिविधि बढ्ने र कर्मचारीलाई राहत मिल्ने विश्वास लिएको छ। संघीय निजामती सेवा ऐन संशोधन गरेर यो व्यवस्था लागू गर्ने तयारी भइरहेको छ।
Facebook Comments Box
