गुल्मी । एकिकृत विकास याेजन छनाेट आयाेजना गुल्मी जिल्लामा पहिलाे पटक सम्पन्न भएकाे छ । गुल्मीको भविष्यमा माननीय सागर ढकाल र माननीय गोविन्द पन्थी बीच स्थानीय सरकारका जनप्रतिनिधि र सराेकारवाला बिच गुल्मी जिल्लाकाे नीति, विकास, सेवा प्रवाहकाे अवस्था र सम्भावनाकाे बिषयमा जिल्ला समन्वय सभाहलमा सम्पन्न भएकाे हाे ।
साे कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय सागर ढकाल, प्रतिनिधि सभा सदस्य माननीय सदस्य गोविन्द पन्थी, जिल्ला समन्वय समिति प्रमुख दाेर्ण खत्री , उप-प्रमुख तेजिन्द्र सलामी, प्रमुख जिल्ला अधिकारी बद्धिनाथ गैरे, गुल्मीका १२ स्थानीय तहका प्रमुख/उप-प्रमुखहरू, अध्यक्ष/उपाध्यक्षहरू वडा अध्यक्षहरु, विभिन्न राजनितिक दलका पदाधिकारी जिल्ला समन्वय समितिका सदस्य, नेपाल प्रहरी, शशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान निकायका प्रमुख, कार्यालय प्रमुख एवम प्रमुख प्रशासकीय अधिकृतक सञ्चारकर्मि एवम् बौद्धिक बर्गहरू सहभागिता रहेको थियो ।
साे कार्यक्रमा प्रमुख प्रशासकीय अधिकृतहरूले विभिन्न आ-आफ्नो स्थानीय सरकारकाे याेजना, लक्षय, समस्या र दिर्गकालिन याेजना साथै समस्याकाे समाधानको पक्षमा प्रतिवेदन प्रस्तुत गर्नु भएकाे थियाे । १२ स्थानीय तहका जनप्रतिहरूले गुल्मीका स्थानीय तहमा भएका समस्या गुनासा, भावी याेजना, स्थानीय तहमा भएका कानुनी जटिलतामा सुधार र आ-आफ्नो समस्या र गुना साथै भावी याेजनाका बिषयमा सुझाव दिनु भयाे ।
गुल्मी जिल्ला यतिबेला केवल भौतिक विकासको सवालमा मात्र होइन । नेतृत्वको शैली र दृष्टिकोणको बहसमा पनि केन्द्रित भएको छ। यही सन्दर्भमा माननीय सागर ढकाल र माननीय गोविन्द पन्थी बीचको वैचारिक तथा कार्यशैलीगत भिन्नता गुल्मीको भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको देखिन्छ।
मा. सागर ढकालले प्रतिनिधित्व गर्ने राजनीति परम्परागत ढाँचाबाट बाहिर निस्कन खोज्ने, प्रणालीमै सुधार ल्याउनुपर्ने र जनतालाई निर्णय प्रक्रियामा प्रत्यक्ष सहभागी गराउनुपर्नेमा जाेड दिजु पर्याे । मा. ढकालले विकासलाई केवल पूर्वाधार निर्माणमा सीमित नराखी सुशासन, पारदर्शिता र दीर्घकालीन सोचसँग जोड्ने प्रयासमा देखिन्छन्। यस्तो दृष्टिकोणले दीर्घकालीन परिवर्तनको सम्भावना बोकेको भए पनि यसको कार्यान्वयनका लागि आवश्यक संरचना, अनुभव र संयन्त्रको अभाव चुनौतीका रूपमा उभिन्छ।
अर्कोतर्फ, पन्थीले अभ्यास गर्दै आएको राजनीति अनुभव, संगठन र स्थापित प्रणालीको प्रभावकारी प्रयोगमा आधारित छ। उनले जिल्लामा पूर्वाधार विस्तार, सेवा प्रवाहको सहजता र स्रोत व्यवस्थापनमा भूमिका खेलिने जानकारी दिए । स्थानीय तहसँगको समन्वय र प्रशासनिक पहुँच उहाँकाे बलियो पक्ष हो। तर, यही परम्परागत ढाँचाभित्र सीमित हुँदा नवीनता र प्रणालीगत सुधारको गति भने अपेक्षाकृत सुस्त देखिन्छ।
गुल्मीको वास्तविकता यी दुई दृष्टिकोणको संगममा अडिएको छ। जनताले अहिले केवल आश्वासन होइन, परिणाम खोजिरहेका छन् । सडक, स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा देखिने ठोस सुधार। यस्तो अवस्थामा न त केवल परिवर्तनको नाराले मात्र पुग्छ, न त केवल अनुभवको भरमा दीर्घकालीन समाधान सम्भव हुन्छ।
गुल्मीलाई अहिले आवश्यक छ। नयाँ सोच र अनुभवबीचको सन्तुलन। मा. सागर ढकालजस्तो नेतृत्वले प्रणालीलाई झक्झक्याउन सक्छ भने मा. गोविन्द पन्थीजस्तो अनुभवी नेताले त्यसलाई कार्यान्वयनमा परिणत गर्न सक्छन्। प्रतिस्पर्धा स्वस्थ भए मात्र विकासको गति बढ्छ, तर सहकार्य सम्भव भए त्यो अझ प्रभावकारी हुन सक्छ।
गुल्मीको भविष्य कुनै एक व्यक्तिको जितमा होइन । जनताको जीवनस्तरमा आउने सकारात्मक परिवर्तनमा निर्भर हुन्छ। अबको आवश्यकता व्यक्तिमुखी राजनीतिभन्दा माथि उठेर परिणाममुखी, उत्तरदायी र समन्वयात्मक नेतृत्वतर्फ अघि बढ्नु हो।
