Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरिक्षक मनोज कुमार यादवलाई यस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ । मधेश प्रदेश प्रहरी कार्यालयमा दरबन्दी रहेको प्रहरी निरिक्षक मनोज कुमार यादव अहिले जिल्ला प्रहरी कार्यालय धनुषा अपराध अनुसन्धानमा कार्यरत छन् । उनलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकोले २०८१ बैशाख महिनाको (Police Of The Month) उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । प्रहरी निरिक्षक मनोज यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले कदर पत्र समेत प्रदान गरेका छन् । प्रहरी निरीक्षक यादवलाई फागुन महिनाको उत्कृष्ट प्रहरीको रुपमा कदर पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । इन्सपेक्टर…
काठमाडौँ : इलाका प्रहरी कार्यालय दमक, झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको भन्दै सम्मानित गरेको हो । उनी फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ जस्तो संवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र कुनै घटना नघट्न सघाउन सफल भएका थिए । साथै, जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार र फरार भएका थुनुवाहरूलाई समात्ने कार्यमा पनि उनी सक्रिय रहेका थिए । यस बाहेक,…
आफ्नै कम्पनीको एमडी ‘फेक रेस्क्यु’मा पक्राउ, तर, पूर्वएआईजी शर्मामाथि सामान्य सोधपुछसमेत गरिएन्
काठमाडौं । पर्यटक उद्धारका नाममा वर्षौंदेखि चलिरहेको ‘फेक रेस्क्यु’ अर्थात् नक्कली हवाइ उद्धार प्रकरण अहिले नेपालमा ठूलो घोटालाका रूपमा बाहिर आइरहेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विभिन्न ट्राभल, रेस्क्यु र हेलिकप्टर कम्पनीमाथि अनुसन्धान अघि बढाएपछि एकपछि अर्को पक्राउ परिरहेका छन्। यही प्रकरणमा माउन्टेन हेलिकप्टर प्रा.लि. का म्यानेजिङ डाइरेक्टर राजेन्द्र बहादुर सिंह पनि पक्राउ परेका छन्। उनी विमान सेवा सञ्चालक संघका पूर्व उपाध्यक्षसमेत हुन्। सोही दिन रोयल होलिडेज एडभेन्चर एण्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यतिमात्र नभएर सिआइबीले बिजनेस अप्रेसन म्यानेजर सन्दीप भण्डारीलाई समेत पक्राउ गरेको छ। तर, यस घटनाले अहिले एउटा गम्भीर…
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याललाई सरकारले नेपालको राष्ट्रिय सभा सदस्यका रूपमा मनोनयन गर्ने निर्णय गरेको छ। सरकार सञ्चालनका क्रममा देखाएको सक्रियता र प्रशासनिक भूमिकाका कारण उनलाई राष्ट्रिय सभा सदस्यका रूपमा मनोनयन गरिएको हो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने राष्ट्रिय सभाका तीन सदस्यमध्ये एक पद रिक्त रहेको अवस्थामा सरकारले अर्याललाई सो पदमा मनोनयन गर्ने निर्णय गरेको हो। गृहमन्त्रीका रूपमा कार्यभार सम्हालेपछि उनले प्रशासनिक सक्रियता र सुरक्षा व्यवस्थापनमा देखाएको भूमिकाका कारण सरकारभित्र र सुरक्षा निकायमा उनको कार्यशैलीबारे चर्चा हुने गरेको छ। गृह मन्त्रालय जस्तो संवेदनशील जिम्मेवारी सम्हाल्दा उनले आलोचना पनि खेप्नुपरेको थियो। तर आलोचनाका बीच पनि काम गरेर देखाउने शैलीका कारण अर्याललाई…
काठमाडौं । जेएनजी प्रदर्शनका क्रममा उत्कृष्ट कमान्ड र भीड नियन्त्रणमा प्रभावकारी भूमिका खेलेका तीन प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई पुरस्कृत गर्न सिफारिस गरिएको छ। भदौ २३ र २४ गते भएको जेएनजी प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगले उक्त दिन काठमाडौं उपत्यकामा खटिएका तीन डीएसपीलाई पुरस्कृत गर्न सरकारसमक्ष सिफारिस गरेको हो। आयोगले उनीहरूले भीड नियन्त्रणमा उत्कृष्टता प्रदर्शन गरेको तथा आफ्ना कार्यालयमाथि उच्छृंखल समूहले आक्रमण गर्दा समेत प्रभावकारी रूपमा जवाफी कारबाही गर्दै स्थिति नियन्त्रणमा लिएको विश्लेषण गरेको जनाएको छ। पुरस्कारका लागि सिफारिस गरिएका डीएसपीहरूमा प्रहरी वृत्त थिमिमा कार्यरत नवराज ढुंगाना, प्रहरी वृत्त मालीगाउँमा कार्यरत सुनिलजंग शाह तथा प्रहरी वृत्त कालीमाटीका इन्चार्ज मधुकुमार थापा रहेका…
त्रि.वि. नेपाल ल क्याम्पस र नेपाल प्रहरीबीच अपराध अनुसन्धानसम्बन्धी अध्ययन गर्न सम्झौता
काठमाडौं । नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग र नेपाल ल क्याम्पस बीच अपराध अनुसन्धानसम्बन्धी विषयमा अध्ययन तथा अनुसन्धान गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताअनुसार स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूबाट नेपाल प्रहरीले गर्ने अपराध अनुसन्धानमा देखिएका चुनौती, कमीकमजोरी तथा सुधार गर्नुपर्ने पक्षका विषयमा अनुसन्धान गरिनेछ। सो अन्तर्गत “Money Laundering Investigation and Challenges in Nepal: Study of Law and Practices” तथा “Money Laundering Adjudication in Nepal: Comparative Study with Judicial Practice in USA and Singapore” शीर्षकमा अध्ययन गरिने जनाइएको छ। सम्झौता पत्रमा क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख डा. श्याम बहादुर कार्की र नेपाल प्रहरीको तर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौर ले हस्ताक्षर गरेका…
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् । उनलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाटै जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले पक्राउ गरेको हो । भट्टविरुद्ध मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले विद्युतीय अपराधसम्बन्धी जाहेरी दिएको र सोही जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । भट्टले मुख्यमन्त्री शाहमाथि घुस मागेको आरोप लगाएपछि उद्योग मन्त्रालयले उनलाई स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरण बुझाउन मन्त्रालय पुगेका बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । हाल भट्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा…
बारा । बाराका विभिन्न सीमा नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी भइरहेको आरोप सार्वजनिक भएको छ। जिल्ला प्रहरी कार्यालय बाराबाट सादा पोशाकमा परिचालन गरिएका प्रहरी नायब निरीक्षक (सई) दिपक बस्नेतको संरक्षणमा तस्करी धन्दा फस्टाएको हो। प्राप्त जानकारीअनुसार बलिरामपुर, मुशहार्वा, छतवा, मटिआर्वा, बसन्तपुर, आमवा, कोचोर्वा, क्वहिगुठी, पथलावाघाट, सिम्रौनगढ र हरनैया लगायतका नाकाबाट लत्ताकपडा, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, मोबाइल पार्टस, पानपराग, रजनीगन्धा, राजनिवास, गाई–गोरु, भैंसी तथा नेपालबाट ठूलो परिमाणमा कबाड सामग्रीको अवैध ओसारपसार भइरहेको बताइएको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरका विश्वासपात्र मानिएका सई बस्नेतको संरक्षणमा तस्करी लाइन खुला गरिएको आरोप स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार…
पर्सा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित ट्रामाडोल ट्याब्लेट सहित दुई जनालाई पक्राउ गरेको छ।प्रहरीले ५२ हजार ३ सय प्रतिबन्धित TRAMADOL IP 50MG ट्याब्लेट सहित २ जनालाई नियन्त्रणमामा लिएको हो।पक्राउ पर्नेमा जिल्ला बारा परवानिपुर गाऊपालिका वडा नम्बर १ रहरिया डिह बस्ने बर्ष ४२ को राम अशिष राउत अहिर र पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडि बस्ने बर्ष ३० को सुवास सराफ लाई प्रतिबन्धित ट्रामाडोल ट्याब्लेट सहित नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक सुदिप राज पाठकले बताए।जिल्ला प्रहरी कार्यालय पर्साको मातहत रहेको प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले सवारीसाधन चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना१ ज २७६५…
काठमाडौं । गत भदौ २३ र २४ गतेका घटनाको जाँचबुझ गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगले करिब पाँच महिना लामो अनुसन्धानपछि फागुन २४ गते प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाएको छ । तर उक्त प्रतिवेदनमा पूर्व एआईजी विज्ञानराज शर्माले व्यक्तिगत पूर्वाग्रह राख्दै केही प्रहरी अधिकृतहरूलाई लक्षित गरी कारबाही र फौजदारी मुद्दा चलाउन सिफारिस गरेको पाइएको छ । आयोगको संरचना र कार्यप्रणाली अनुसार सबै सदस्यहरूको सामूहिक सहभागिता अपेक्षित भए पनि पूर्व एआईजी शर्मा अस्वाभाविक रूपमा हावी हुँदै आफूलाई मन नपरेका तथा उनको चाकडी गर्न नरुचाउने प्रहरी अधिकृतहरूलाई निशाना बनाइएको अवस्था देखिनुले आयोगको निष्पक्षता र तटस्थतामाथि गम्भीर प्रश्न उठाएको छ । पूर्व एआईजी…