Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी वृत्त कीर्तिपुरका डीएसपी राजुबाबु महर्जनलाई तानेको छ। उनी कार्यरत वृत्तबाट फिर्ता बोलाइएपछि डीएसपी शिवकुमार बुढाथोकीलाई नयाँ प्रमुखका रूपमा कीर्तिपुर पठाइएको प्रहरी स्रोतले जनाएको छ। प्रधान कार्यालयको निर्णयअनुसार महर्जनलाई केन्द्र उजुरी छानबिन शाखामा तानिएको हो । यससँगै अब कीर्तिपुर वृत्तको नेतृत्व डीएसपी बुढाथोकीले सम्हाले छन्। नेपाल प्रहरीमा पछिल्ला दिनमा विभिन्न वृत्त र युनिटमा अधिकृतहरूको काज सरुवा र फेर्नी प्रक्रिया तीव्र गतिमा जारी रहेको छ।
काठमाडौं । ललितपुरस्थित सातदोबाटो वृत्तमा कार्यरत डीएसपी रामकुमार यादवलाई एक्कासी हटाएर डीएसपी पूर्णिमा चन्दलाई पठाइएको छ। चन्द यसअघि काठमाडौं प्रहरी परिसरमा कार्यरत थिइन्। अघिल्लो सरकारको समयमा डीएसपी चन्द दरबारमार्ग वृत्तमा जानका लागि शक्तिकेन्द्र धाइरहेकी थिइन्। तर, सरकार परिवर्तनसँगै उनको त्यो योजना असफल भएको थियो। त्यसपछि उनले नेतृत्वसँग नजिकिँदै जसरी पनि अर्को वृत्तको इन्चार्ज बन्ने प्रयास थालेकी थिइन्। तर, नेतृत्वलाई रिझाउदै उनी सातदोबाटो जान सफल भएकी हुन्। सातदोबाटो वृत्तका डीएसपी यादवको जेनजी आन्दोलनका बेला कमाण्ड कमजोर भएको आरोप लगाउँदै उनले केही वरिष्ठ प्रहरी अधिकारीहरूलाई उचालेकी थिइन्। फलस्वरूप, नेतृत्वले यादवलाई बिना स्पष्ट कारण सरुवा गर्दै चन्दलाई सातदोबाटो वृत्त सरुवा गरेको हो। प्रहरी…
हजुरबुबादेखि नातिनीसम्म- एउटै परिवारका चार पाइलट र एक अन्तर्राष्ट्रिय अधिकारीको अद्वितिय कथा
काठमाडौं । एउटा परिवार, जसको रगतमै उडान मिसिएको छ । जसको बुबादेखि नातिनीसम्पूर्ण पुस्ताले आकाशलाई आफ्नो घर बनाएका छन् । यही हो- रिजाल परिवारको गौरवशाली कथा जहाँ बुबा, तीन छोराहरू र अब नातिनी सबै उडानसँगै बाँधिएका छन् । ८२ वर्षका गंगाप्रसाद रिजाल, शाही नेपाल वायुसेवा निगम (RNAC) का Senior Captain (रिटायर्ड), त्यो पुस्ताका पाइलट हुन्, जसले ट्वीनअटर र एभ्रो विमान उडाएर देशका दुर्गम पहाड र खोँच जोड्ने सपना साकार पारे । अहिले पनि, जब विमान आकाशमा गुड्छ, उनी सधैं मुस्कुराउँछन्- त्यो मुस्कान देश र यात्रुसँगको अपनत्वको हो । बुबाको बाटो पछ्याउँदै जेठा छोरा सुवास रिजाल (५८ वर्ष) अहिले पनि नेपाल…
काठमाडौं । साइबर क्राइमको आरोप लागेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत नेपाल प्रहरीको साइबर ब्युरोमा बयानका लागि हाजिर भएका छन् । आज बिहान उनी साइबर ब्युरो पुगेका थिए । उनीसँग बयान लिइएको ब्युरो स्रोतले जानकारी दियो । बस्नेतविरुद्ध शोभा पाठकले उजुरी दिएकी थिइन् । बस्नेतकाे बयान लिने काम भइरहेको स्रोतले जनायो ।
काठमाडौं । ललितपुरस्थित प्रहरी वृत्त सातदोबाटोमा कार्यरत डीएसपी रामकुमार यादव तानिएका छन् । ६ महिनाअघि सातदोबाटो सरुवा भएका यादवलाई उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले सातदोबाटोमा डीएसपी पूर्णिमा चन्दलाई पठाउने निर्णय गरेको छ । स्वयम्भू वृत्तको कमाण्ड गरेकी चन्द जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत थिइन् । आर्थिक गतिविधि शङ्कास्पद देखिएपछि यादवलाई जिम्मेवारीबाट हटाइएको बताइएको छ ।
काठमाडौं । भदौ २४ गतेको ‘जेनजी आन्दोलन’ले देशका विभिन्न भागमा कानुनी शासन र सुरक्षात्मक संयन्त्रमा गम्भीर प्रश्न उठाएको छ। सोही दिन झुम्का कारागारबाट फरार भएका एक जन्मकैदी मंगलबार आफ्नै गाउँमा मृत भेटिएका छन्। त्रियुगा नगरपालिका–८ शाहीखोला राजाबास निवासी ३५ वर्षीय गम्भीरबहादुर दनुवार मंगलबार दिउँसो घर नजिकैको सिसौको रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका डीएसपी केदारमान दोङका अनुसार शवलाई कानुनी प्रक्रिया पूरा गरी आफन्तलाई बुझाइएको छ। दनुवारलाई सुनसरी जिल्ला अदालतले २०७७ चैत १३ गते कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाएको थियो। उनी सोही मुद्दामा झुम्का कारागारमा कैद सजाय काटिरहेका थिए। तर भदौ २४ गते ‘जेनजी आन्दोलन’का क्रममा…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको राजीनामा माग गर्दै जेन–जी आन्दोलनका अगुवाहरू अख्तियारको कार्यालय पुगेका छन् । उनीहरूले कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाएर राईको राजीनामा माग गरेका हुन् । उनीहरूले हिजो इमेलमार्फत राजीनामा माग गरेका थिए । प्रमुख आयुक्त राई वाइड बडी, नक्कली भुटानी शरणार्थी प्रकरणलगायत काण्डमा जोडिएकोले पदमा रहनु उपयुक्त नहुने उनीहरूको भनाइ छ ।
काठमाडौं । जेनजी अगुवा सुदन गुरुङले फेक समाचारबाट सचेत रहन अनुरोध गरेका छन् । ‘सडकबाटै देखाइदिन्छौँ’ भन्दै सुदन गुरुङको टिमले धम्की दिएको समाचार बाहिरिएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो अनुरोध गरेका हुन् । उनले लेखेका छन्, ‘फेक समाचार अलर्ट ! यो सत्य होइन र हाम्रो आधिकारिक च्यानलबाट प्रमाणित समाचारहरूमा मात्र विश्वास गर्नुहोस् । ‘सडकबाटै देखाइदिन्छौँ’ भन्दै सुदन गुरुङको टिमले धम्की दिएपछि काठमाडौं उपत्यका प्रहरी परिसरले सुरक्षाको कारण देखाउँदै सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई फिर्ता बोलाएको छ।’ पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जाहेरी नलिएपछि जेनजी अगुवा सुदन गुरुङले अब सडकबाटै प्रहरीलाई देखाइदिने धम्की दिएको समाचार विभिन्न…
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्क बाहिर रहेका १८ प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन आउन आग्रह गरेको छ । कानुन शाखाले आज एक सूचना प्रकाशित गर्दै ७ दिनभित्र हाजिर हुन आग्रह गरेको हो । ‘आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ को देहाय ९२० बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७) दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा…
काठमाडौं । यो वर्षको मनसुनले देशभर बाढीपहिरोको जोखिम ल्यायो, तर दुई जिल्लामा भने यो संकट नियन्त्रणमा रह्यो । कारण थियो, प्रहरीको समयमै गरिएको समन्वय र नेतृत्व । जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गोविन्द पुरी र धादिङका एसपी भेषराज रिजालले जब निरन्तर वर्षा सुरु भयो, उनीहरूले तत्कालै सम्भावित जोखिम क्षेत्र पहिचान गरेर तयारी थाले । वर्षा बढ्दै जाँदा उनीहरू आफैं फिल्डमा उत्रिए । सडकमा अलपत्र यात्रु देखे भने सल्लाह दिए, जोखिम बढे भने सवारीसाधन ठप्प पार्न आदेश दिए । दुवै एसपीले आफ्नो क्षेत्रबाट समन्वयकारी भूमिका निर्वाह गर्दै पहिलो प्राथमिकतामा मानव जीवनको सुरक्षा राखे । ‘पहिलो प्राथमिकता जहिले पनि जीवन हो ।…