काठमाडौं । नेपाल प्रहरीका ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरिएको छ। गृहसचिव स्तरीयबाट एसएसपी सरुवाको निर्णय भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
निर्णयअनुसार अब जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुखको जिम्मेवारी एसएसपी दिलिप घिमिरेले पाएका छन्। उनी प्रहरी प्रधान कार्यालयमा कार्यरत थिए। यसअघिका काठमाडौं प्रहरी प्रमुख रमेश थापालाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ।
यस्तै, ललितपुर प्रहरी परिसरको प्रमुख पनि हेरफेर गरिएको छ। होविन्द्र बोगटीलाई त्यहाँबाट सरुवा गर्दै तुल बहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ।
त्यस्तै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुखमा एसएसपी शान्तीराज कोइरालाको सरुवा भएको छ।
त्यसैगरी लागूऔषध नियन्त्रण ब्यूरोमा सुबास चन्द्र बोहोराको सरुवा भएको छ भने मानव बेचबिखन नियन्त्रण ब्यूरोमा नकुल पोखरेलको सरुवा भएको छ ।
हेर्नुहोस् कसको कहाँ सरुवा भयो ?






