काठमाडौं । प्रतिनिधिसभा बैठक सुचारु गर्ने विषयमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकबीच मंगलबार छलफल भएको छ।
सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा भएको छलफलमा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने र उक्त भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने अडान दोहोर्याएका छन्।
नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले गल्ती स्वीकार गरी अभिव्यक्ति सच्याए समस्या समाधान हुने, अन्यथा संसद बैठक चल्न नदिने बताए।
छलफलपछि रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सभामुख डीपी अर्याललाई भेट्न पुगेका छन्। संसदको गतिरोध अन्त्यका लागि थप राजनीतिक संवाद जारी रहेको छ।
Facebook Comments Box
