काठमाडौं । तत्कालीन गृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङमाथि गठित छानबिन समितिले अनुसन्धान पूरा गर्न नसकेपछि थप पाँच दिनको म्याद पाएको छ। समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीका अनुसार मंगलबारदेखि लागू हुने गरी समय थपिएको हो र यस अवधिभित्र प्रतिवेदन बुझाइनेछ।
समितिले गुरुङसँग बयान लिइसकेको छ भने सम्पत्ति विवरण र उनीमाथि लागेका आरोपबारे अध्ययनसमेत गरिसकेको जनाएको छ। व्यवसायी दीपक भट्टसँग साझेदारी गरेको तथा सम्पत्ति विवरणमा सेयर लुकाएको आरोप सार्वजनिक भएपछि गुरुङले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए।
उनीमाथि निष्पक्ष छानबिनका लागि सरकारले पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो। समितिले गुरुङलाई निर्दोष ठहराए प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई पुनः गृहमन्त्री बनाउने सम्भावना रहेको बताइएको छ।
