काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विपक्षी दलहरूले अवरोध गरिरहेका छन् । उनीहरूले १७ जेठको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहनले सीमा सम्बन्धि अभिव्यक्तिमा माफी माग्नुपर्ने अडान राखेका छन् ।
मंगलबारको बैठकमा सभामुख डीपी अर्यालले प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङदेम्बेलाई समय दिए । विपक्षीले विरोध गरेको बेलामा आङदेम्बेले दिएको समय लिएनन् ।
विपक्षी दलका नेतालाई समय दिएर विपक्षीमाथि रणनीति चालबाजी गर्ने मुडमा सभामुख थिए । त्यसलाई आङदेम्बेले अस्वीकार गरिदिए ।
Facebook Comments Box
