Author: Scoop Khabar

काठमाडौं । प्रहरी संगठनमा सामान्यतया ‘ड्युटी’ शब्द जिम्मेवारी, अनुशासन र दबाबको प्रतीक मानिन्छ। तर यही दबाब घटाई तल्ला तहका प्रहरीलाई उत्साहित बनाउन ट्राफिक प्रहरी प्रभाग जनसेवाका प्रमुख प्रहरी निरीक्षक अनुप अधिकारीले फरक र सृजनात्मक पहल गरेका छन्। बिहीबार उनले राजधानीको रन्जना हलमा एउटै उमेर समूहका २० जना प्रहरीलाई फिल्म हेर्न लगाउँदै ‘रिफ्रेसमेन्टडे’ मनाएका हुन्। प्रहरी निरीक्षक अधिकारीका अनुसार, निरन्तर फिल्डमा खटिने प्रहरीहरूलाई मानसिक सन्तुलन र मनोबल उच्चराख्न बेलाबेला मनोरञ्जनात्मक क्रियाकलाप आवश्यक पर्छ। “हरेक दिन दबाबमा काम गर्नुपर्छ, त्यसैले यस्ता हल्का मनोरञ्जनका माध्यमहरूले उनीहरूलाई रिफ्रेस गराउँछन्,” उनले भने। यसअघि पनि उनले तनाव व्यवस्थापन तालिम, हाइकिङ, पिकनिक, मनोपरामर्श लगायतका कार्यक्रम सञ्चालन गरिसकेका…

थप

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) का नवनियुक्त प्रमुख टेकेन्द्र कार्की भारतको भ्रमणमा जान लागेका छन् । भारतको अन्तर्राष्ट्रिय मामिला हेर्ने गुप्तचर संस्था ‘रअ’का प्रमुख पराग जैनको औपचारिक निमन्त्रणामा कार्कीको नेतृत्वमा नेपाली टोली नयाँ दिल्ली प्रस्थान गर्न लागेको हो । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा तय गरिएको यो भ्रमणका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृति समेत प्रदान गरेको छ । टोली असोज २७ गते (अक्टोबर १३) नयाँ दिल्ली पुग्नेछ र तीन दिनसम्म त्यहाँ रहने कार्यक्रम रहेको सरकारी स्रोतले जनाएको छ । कार्कीसँगै विभागका कन्ट्रोल हेर्ने डिआईजी कृष्ण खनाल र एसपी टेकराज तिमिल्सिना समेत टोलीमा सहभागी हुनेछन् । स्रोतका अनुसार ‘रअ’ प्रमुख जैनले नयाँ…

थप

रामपुकार यादव नेपाल सामाजिक, सांस्कृतिक र राजनीतिक संक्रमणको बाटोमा छ । पछिल्ला वर्षहरूमा जेन जेड (Gen Z) पुस्ताले गरेको आन्दोलन, विद्रोह र नवीन सोचले नेपाली समाजलाई नयाँ दिशा देखाइरहेको छ । उनीहरूले परम्परागत संरचनाभन्दा टाढा गई स्वतन्त्र सोच, अभिव्यक्ति स्वतन्त्रता, समानता, अधिकार र अवसरको लागि आवाज उठाइरहेका छन् । सामाजिक सञ्जाल, डिजिटल प्रविधि र सूचना प्रवाहको सजिलो पहुँचले गर्दा जेन जेड पुस्ता नेपालमा मात्र नभई विश्वमै सबैभन्दा सचेत र परिवर्तनमुखी पुस्ताको रुपमा स्थापित भइसकेका छन् । यही परिवेशमा, आगामी पुस्ता—जेन अल्फा (२०१० पछि जन्मिएका) र जेन बिटा (२०३० पछि जन्मिने भनिएका)—को भविष्य कस्तो हुने भन्ने प्रश्न उठ्न थालेको छ ।…

थप

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-१ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज २३ गते साँझ ६ बजे विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-१ का ३१ बर्षीय सनम श्रेष्ठ र कन्चनपुर भिमदत नगरपालिका-६ की २० बर्षीया निरा चुनारालाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट १४ ग्राम २४ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । ब्राउन सुगरसहित पक्राउ परेका दुबै जनाको आवश्यक थप अनुसन्धान भईरहेको छ ।

थप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ गृहमन्त्रीमाथि व्यङ्ग्य गर्दै धेरै नचम्किन चेतावनी दिएका छन्। ‘गृहमन्त्री बाबुले धेरै नचम्किनु, राजनीति खेल होइन’ भन्दै उनले मन्त्री ओमप्रकाश अर्याललाई व्यंग्य गरेका हुन्। भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार र यसको गठन प्रक्रियामाथि तीव्र आलोचना गरे। उनले भने, ‘गृहमन्त्रीबारे त मैले भएपछि मात्र थाहा पाएँ। उहाँहरू धेरै नउत्ताउलिन, नचम्किन म सल्लाह दिन चाहन्छु। राजनीति र देश चलाउने कुरा ख्याल–ठट्टा होइन, बुझेर चल्नुपर्छ।’ ओलीले जेनजी आन्दोलनमा भएको सरकारी दमनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन अस्वीकार्य हुने घोषणा गर्दै सरकारले ‘पूर्वाग्रही र नक्कली नाटक’ मञ्चन गरेको आरोप पनि लगाए।…

थप

काठमाडौं । हमासले मुक्त गराउने सार्वजनिक गरेको २० जना युद्धबन्दीको नामावली नेपालका विपिन जोशीको नाम छैन । इजरायलसँग युद्धविराम गर्न सहमत भएसँगै हमास मुक्त गर्न २० जना युद्धबन्दीको नामावली सार्वजनिक गरेको हो । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार मुक्त हुने भनिएकाको सूचीमा विपिनको नाम छैन । सोमबारभित्र छाड्ने भनिएका २० जना जीवित व्यक्तिहरु सबै इजरायली नागरिक रहेको उनले बताए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा इजरायल र हमासबीच दुई वर्षदेखिको युद्ध रोक्न बिहीबार सहमत भएका थिए । त्यसको पहिलोचरणमा हमासको कब्जामा रहेका जीवित र मृतक गरी ५० जनालाई छाड्ने सहमति भएको थियो । इजरायलको किवुत्ज शहरबाट हमासको कब्जामा…

थप

नेपालगन्ज । बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीको सक्रियतामा नेपालगन्जस्थित एक ठुलो जुवाखालबाट नेपाल प्रहरीका एक वरिष्ठ सईसहित एक दर्जनबढी हाइप्रोफाइल जुवाडेहरुलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेबाट एसपी जिसीको निर्देशनमा इन्स्पेक्टर यम बहादुर बुढामगरको कमाण्डमा गएको टोलीले गएराति ११ बजे नेपालगन्ज-बाइपासस्थित रहेको मौरी रेस्टुरेन्टको जुवाखालबाट बाँकेका हाइप्रोफाइल जुवाडेहरुलाई साढे १३ लाख रुपैयाँ बढीसहित पक्राउ गरेको हो। मौरी रेस्टुरेन्टको दोस्रो तलाको एक कोठामा ठुलो धनराशीसहित जुवा भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले छापा मारेको थियो। प्रहरीले जुवाखालबाट १३ लाख ६३ हजार ८ सय रुपैयाँ र तासका गडडी समेत बरामद गरेको बाँके प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका…

थप

काठमाडौं । सरकारले दुई पूर्वप्रधानमन्त्रीको सुरक्षामा खटिएका सुरक्षाकर्मीको संख्यामा ठूलो कटौती गरेको छ। गृह मन्त्रालयले मापदण्डभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको ठहर गर्दै सुरक्षामा खटिएका ६१ जना फिर्ता बोलाउने निर्णय गरेको हो। मन्त्रालय स्रोतका अनुसार गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णयमार्फत पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सुरक्षाबाट २७ जना र पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षाबाट ३४ जना सुरक्षाकर्मी फिर्ता गर्ने आदेश दिएका हुन्। गृह मन्त्रालयले हालै सबै पूर्वप्रधानमन्त्री, पूर्वउपप्रधानमन्त्री र संवैधानिक निकायका प्रमुखहरूको सुरक्षामा समान मापदण्ड लागू गर्ने तयारी गरेको छ। सोही तयारीको पहिलो चरणमा ओली र दाहालको सुरक्षा घटाइएको बताइएको छ।…

थप

काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा देशभरका प्रहरी कार्यालय र सवारीसाधनमा व्यापक आगजनी हुँदा नेपाल प्रहरीमा ठूलो भौतिक क्षति पुगेको छ। प्रहरीका डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले तयार पारेको आन्तरिक प्रतिवेदन अनुसार ७४ वटा प्रहरी भवन पूर्ण रूपमा नष्ट भएका छन् भने २२२ वटा भवनमा आंशिक क्षति पुगेको उल्लेख छ। रेग्मीका अनुसार, प्रहरीको दैनिक कार्य सञ्चालनका लागि प्रयोग हुँदै आएका ५५१ वटा सवारीसाधनमा प्रदर्शनकारीले आगजनी गरेका थिए। तीमध्ये ४९४ वटा सवारीसाधन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने ५७ वटामा आंशिक क्षति पुगेको छ। प्रतिवेदन उपत्यकामा मात्रै १८४ जटा चारपांग्रे सवारीसाधनमाथि क्षति पुगेको उल्लेख छ ।…

थप

काठमाडौं । अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंकाे दक्षिणकाली नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १५ हजार ट्याब्लेट सहित रौतहट परोहा नगरपालिका-९ पटेल टोल बस्ने १९ वर्षीय अविनाश पटेल समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०६१२ नम्बरको गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-२ बस्ने १९ वर्षीय…

थप