Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
धनुषाको ढल्केवरस्थित भूमि प्रशासन (साविक मालपोत) कार्यालयलाई बजार क्षेत्रबाट बाहिर सार्ने तयारी भएको भन्दै स्थानीयवासी, व्यवसायी तथा सरोकारवाला आक्रोशित बनेका छन् । उनीहरूले सरकारको निर्णयविपरीत कार्यालय स्थानान्तरण गर्न खोजिएको आरोप लगाएका छन् ।नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ असोज १४ गतेको निर्णयअनुसार धनुषाको ढल्केवरमा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय भएको थियो । स्थानीय युवाहरूको लामो संघर्षपछि २०८० मंसिरमा कार्यालय स्थापना भएको थियो भने २०८१ जेठ १८ गतेदेखि विधिवत रूपमा सेवा सञ्चालनमा आएको थियो । कार्यालय रहेको भवनको दुईवर्षे भाडा सम्झौता अवधि २०८२ मंसिरमा सकिएपछि नयाँ भवन छनोटका लागि सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनाअनुसार साविककै घरधनीसहित अन्य व्यक्तिहरूले पनि…
काठमाडौं । काठमाडौंको त्रिभुवन विश्वविद्यालय (TU) गेट नजिक गरिएको विशेष ट्राफिक चेकिङका क्रममा यान्त्रिक अवस्था मापदण्डअनुसार नभएका १९ वटा सवारी साधनका चालक कारबाहीमा परेका छन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज सञ्चालन गरेको विशेष चेकिङ अभियानमा ६० वटा सवारी साधन जाँच गरिएको थियो। जाँचका क्रममा हेण्डब्रेक दुरुस्त नभएका, लाइटहरू बिग्रिएका, टायर अत्यधिक खिइएका तथा समग्र यान्त्रिक अवस्था कमजोर रहेका १९ वटा सवारी साधन फेला परेपछि सम्बन्धित चालकलाई कारबाही गरिएको प्रहरीले जनाएको छ। सवारी साधनको यान्त्रिक अवस्था कमजोर हुँदा दुर्घटनाको जोखिम बढ्ने तथा यात्रु र अन्य सडक प्रयोगकर्ताको ज्यानसमेत जोखिममा पर्न सक्ने भएकाले सम्भावित दुर्घटना न्यूनीकरणका लागि विशेष चेकिङ अभियान सञ्चालन…
सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्रोत नखुलेको करिब ३ करोड रुपैयाँ बराबरका सुन तथा चाँदीका गरगहना, लाखौं रुपैयाँ नगद र नगद गन्ने मेसिनसहित एक जनालाई पक्राउ गरेको छ। पछिल्लो समय आर्थिक अपराध तथा अवैध कारोवार नियन्त्रणमा प्रहरी सक्रियता बढिरहेका बेला यो कारबाहीलाई सुर्खेत प्रहरीको महत्वपूर्ण सफलताका रूपमा हेरिएको छ। प्रहरीका अनुसार वीरेन्द्रनगर नगरपालिका–६ तल्लो बजारस्थित शिव इम्पोरियम नामक कपडा पसलमा भारतीय रुपैयाँ तथा सुन–चाँदीका गरगहना धितो राखी ब्याजमा नगद ऋण प्रवाह भइरहेको भन्ने विशेष सूचनाका आधारमा आइतबार प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले छापा मारेको थियो। खानतलासीका क्रममा पसलबाट विभिन्न दरका नेपाली तथा भारतीय…
कर्णालीका दुर्गम बस्तीमा प्रहरी अस्पतालको निःशुल्क स्वास्थ्य शिविर, ५ सयभन्दा बढी लाभान्वित
सुर्खेत । कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत हुम्ला र जुम्लाका दुर्गम क्षेत्रमा सञ्चालन गरेको निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ५ सयभन्दा बढी नागरिक लाभान्वित भएका छन्। अस्पताल प्रमुख हाडजोर्नी तथा नसारोग विशेषज्ञ प्राविधिक प्रहरी नायव उपरीक्षक डा. श्यामकृष्ण लौडारीको नेतृत्वमा खटिएको सात सदस्यीय स्वास्थ्यकर्मी टोलीले हुम्ला र जुम्लाका विभिन्न स्थानमा पुगेर स्वास्थ्य परीक्षण, औषधि वितरण तथा सामान्य शल्यक्रिया सेवा प्रदान गरेको हो। कार्यक्रम अन्तर्गत हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित लिमी उपत्यकाको हल्जी र जाङ गाउँमा ६७ जना स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरिएको थियो। यस्तै, चंखेली गाउँपालिका–४ स्थित पिप्लाङ स्वास्थ्य चौकीमा आयोजित शिविरमा २४७ जनाको स्वास्थ्य…
आईजीपी कार्कीको निर्देशन : सेवाग्राहीसँग नम्र व्यवहार गर्दै व्यावसायिकता प्रदर्शन गर्नु
विराटनगर । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की ले प्रहरी संगठनप्रति नागरिकको विश्वास कायम राख्न उच्च व्यावसायिकता, अनुशासन र सेवामुखी व्यवहार आवश्यक रहेको बताएका छन्। कोशी प्रदेश प्रहरी तालिम केन्द्रको प्राङ्गणमा आयोजित निर्देशन सम्बोधन कार्यक्रममा बोल्दै आईजीपी कार्कीले नेपाल प्रहरीले मानिसको जन्मदेखि मृत्युसम्मका विभिन्न सामाजिक गतिविधिमा भरोसाको संस्थाका रूपमा काम गर्नुपर्ने बताए। उनले सेवा लिन आउने सेवाग्राहीप्रति समान व्यवहार, निष्पक्ष सेवा र नम्र बोलीवचनका साथ प्रस्तुत हुन प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए। उनले प्रहरी कर्मचारी सधैं चुस्त, दुरुस्त र तयारी अवस्थामा रहनुपर्ने उल्लेख गर्दै दैनिक शारीरिक व्यायाम, योग तथा ध्यानलाई नियमित अभ्यास बनाउन आग्रह गरे। द्वन्द्व, बन्द, बाढी, पहिरो, आँधीहुरी लगायतका…
काठमाडौं । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालमा वर्षौंदेखि स्थापित राजनीतिक नेतृत्वले जनताको अपेक्षा पूरा गर्न नसकेको भन्दै अब ‘अर्गानिक’ नेतृत्वको आवश्यकता रहेको बताएका छन्। गाईघाटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै किरातीले परम्परागत राजनीतिक दल र नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै देशलाई सही दिशा दिन नेपालकै माटोबाट उदाएका, जनतासँग प्रत्यक्ष जोडिएका नेताहरूलाई नेतृत्वमा ल्याउनुपर्ने बताए। उनले विगतदेखि नै राजनीतिक क्षेत्रमा सीमित समूहको वर्चस्व कायम रहेको उल्लेख गर्दै नयाँ पुस्ताको नेतृत्व स्थापित गर्नुपर्नेमा जोड दिए। प्रधानमन्त्री बालेन्द्र शाहप्रति जनताले ठूलो आशा राखेको भए पनि अपेक्षाअनुसार परिणाम आउन नसकेको उनको भनाइ थियो। शाहले गरिब तथा विपन्न वर्गका विषयमा उठाएका मुद्दा र…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा चलिरहेको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएका ईश्वरी प्रसाद गौतमविरुद्ध आज आरोपपत्र दायर गरेको छ। अदालतमा बकपत्र गर्दा आयोगको अनुसन्धानका क्रममा गरेको बयान र आरोप मागदाबीको प्रतिकूल हुने गरी बयान फेरेपछि आयोगले निजविरुद्ध मुद्दा दायर गरेको हो। विशेष अदालतमा दर्ता भएको मुद्दा नम्बर ०८१-CR-०११८ मा वादी नेपाल सरकार र प्रतिवादी चन्द्र बहादुर अधिकारीसमेत भएको घुस लिई भ्रष्टाचार गरेको मुद्दामा ईश्वरी प्रसाद गौतम सरकारी साक्षीका रूपमा रहेका थिए। उनले यसअघि आयोगका अनुसन्धान अधिकृत समक्ष बयान कागज गरेका थिए। प्रतिवादी चन्द्र बहादुर अधिकारीले ऋण उपलब्ध गराई दिए बापत ५० लाख रूपैयाँ घुस माग…
काठमाडौं । ५ दिनअघि झापाको रतुवा खोलाको पुल मुनि शव भेटिएकी दमक–८ की रोमा भनिने २१ वर्षीया रमा तिवारीको मृत्यु प्रकरण सत्य तथ्य अझै सार्वजनिक हुन सकेको छैन । प्रहरीले घटनाबारे गम्भीर चासो नलिँदा तिवारीको मृत्यु प्रकरणबारे सत्यतथ्य सार्वजनिक हुन नसकेको हो । १३ जेठको राती करीब साढे ९ बजे घरबाहिर निस्किएकी रमाको शव १५ जेठमा फेला परे पनि सोमबार अर्थात १८ जेठमा मात्रै बुझेर परिवारले अन्त्येष्टी गरेका छन् । तिवारी परिवार इसाई धर्मावलम्बी भएका कारण इसाई परम्परा अनुसारनै सोमबार साँझ दमकको उत्तरी क्षेत्र बेलडाँगीमा उनको अन्त्येष्टी गरियो । आइतबार प्रहरीले रमाको शव परिक्षणका लागि धरान पठाएको थियो । धरानबाट…
काठमाडौं । प्रतिनिधिसभा बैठक सुचारु गर्ने विषयमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकबीच मंगलबार छलफल भएको छ। सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा भएको छलफलमा विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको विवादास्पद अभिव्यक्ति सच्याउनुपर्ने र उक्त भनाइ संसदको रेकर्डबाट हटाउनुपर्ने अडान दोहोर्याएका छन्। नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीले गल्ती स्वीकार गरी अभिव्यक्ति सच्याए समस्या समाधान हुने, अन्यथा संसद बैठक चल्न नदिने बताए। छलफलपछि रास्वपाका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटी सभामुख डीपी अर्याललाई भेट्न पुगेका छन्। संसदको गतिरोध अन्त्यका लागि थप राजनीतिक संवाद जारी रहेको छ।
काठमाडौं । तत्कालीन गृहमन्त्री तथा रास्वपा सांसद सुधन गुरुङमाथि गठित छानबिन समितिले अनुसन्धान पूरा गर्न नसकेपछि थप पाँच दिनको म्याद पाएको छ। समितिका अध्यक्ष अच्युतप्रसाद भण्डारीका अनुसार मंगलबारदेखि लागू हुने गरी समय थपिएको हो र यस अवधिभित्र प्रतिवेदन बुझाइनेछ। समितिले गुरुङसँग बयान लिइसकेको छ भने सम्पत्ति विवरण र उनीमाथि लागेका आरोपबारे अध्ययनसमेत गरिसकेको जनाएको छ। व्यवसायी दीपक भट्टसँग साझेदारी गरेको तथा सम्पत्ति विवरणमा सेयर लुकाएको आरोप सार्वजनिक भएपछि गुरुङले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए। उनीमाथि निष्पक्ष छानबिनका लागि सरकारले पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा समिति गठन गरेको थियो। समितिले गुरुङलाई निर्दोष ठहराए प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई पुनः गृहमन्त्री बनाउने सम्भावना…
