Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
गणेश विक, काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआइजी) को बढुवा सिफारिसमा फेरि राजनीतिक प्रभाव र सत्ताको भागबण्डा हावी भएको देखिन्छ। याे पनि… https://scoopkhabar.com/?p=20364 सहिदको रगत र जेएनजी आन्दोलनको बलिदानबाट स्थापित शासन प्रणाली नै अहिले भ्रष्ट, अपारदर्शी र पक्षपाती निर्णयमा फसिरहेको भन्दै प्रहरी संगठनभित्र चर्को असन्तोष छ। राजनीतिक परिवर्तनपछि पारदर्शिता, सुशासन र सहिदको मर्मलाई संस्थागत गर्ने उद्देश्यले बनेका सरकारहरू अहिले पनि भागबण्डा र सत्ता समीकरणमै सीमित रहँदा, प्रहरी जस्तो संवेदनशील संस्थामा नैतिकता भन्दा सम्बन्ध हाबी भएको आलोचना बढ्दै गएको हो। नेपालको प्रशासनिक संरचनामा दोषीमाथि कारबाही हुन नसक्नु र निष्पक्ष प्रणाली स्थापित नहुनु सरकारको कमजोरीको परिचायक…
काठमाडौं । नेपाल प्रहरीको नेतृत्व फेरि एकपटक राजनीतिक पहुँच र सेटिङको ठूलो घेराबन्दीमा परिरहेको संकेत खुलेआम देखिएको छ। आइतबार पाँच जना एसएसपीलाई डिआईजीमा सिफारिस गरेपछि रिक्त बनेका पाँच पद अब शक्ति खेलको केन्द्र बनेको छ । याे पनि… https://scoopkhabar.com/?p=20342 डिआईजी बढुवा प्रक्रियाले एउटा ठूलो रहस्य सार्वजनिक गरिदिएको छ- वरिष्ठता, क्षमताभन्दा सेटिङ बलियो। प्रहरी संगठनभित्र खुलेआम सुनिन थालिएको छ, ‘योग्यताले होइन, कोसँग डिल छ?’ यस प्रश्नको उत्तर खोज्दै जाँदा सुई सिधै गृहमन्त्री ओमप्रकाश अर्याल र आइजीपी चन्द्रकुबेर खापुङतिर तेर्सिन्छ। गृहको चाकरी गर्नेहरू, सत्ता–गणितमा माहिरहरू र विवादित कर्मकाण्ड बोकेका केही एसपीहरू समेतले यसपटक अघि सर्न सम्भावना बलियो बनाएका छन्। स्रोत भन्छ- ‘जो…
काठमाडौँ । अभियानकर्मीका रुपमा चिनिएका अमन प्रताप अधिकारीले ‘जेनजी’ आन्दोलनका क्रममा संसद् भवनभित्र पसेर अपशब्द बोलेको स्वीकार गरेका छन् । उनले आफू भदौ २३ गते भ्रष्टाचार विरोधी ‘जेनजी’ आन्दोलनलाई समर्थन गर्न संसद् भवन अगाडि पुगेको स्मरण गरेका छन् । सो दिन संसद् भवन अगाडि गोली चल्दा स्कुलको पोसाक लगाएका चार विद्यार्थी ढलेको र उनीहरूलाई गोली लागी सहिद भएको कुराले आफू आक्रोशित भएको उनले बताएका छन् । भदौ २४ गते ती विद्यार्थीहरूको झल्को मुटुमा बोकेर र आक्रोश लिएर फेरि संसद् भवन पुगेको अधिकारीको भनाइ छ । उनले आक्रोशको कारणबारे स्पष्ट पार्दै भनेका छन्, ‘त्यो आक्रोश किन थियो त ? जो सरकार…
गणेश विक, काठमाडौं । आइतबार बसेको बढुवा समितिको बैठकले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई डिआइजीमा बढुवा सिफारिसबाट छुटाएको छ। गृह मन्त्रालयले सिफारिस गरेको नामसूचीमा १ नम्बरमा रहँदै आएका अधिकारीलाई अन्तिम घडीमा निकालिएको भन्दै प्रहरी संगठनभित्र असन्तोष देखिएको छ। अधिकारी संगठनभित्र अब्बल क्षमताका, इमानदार र नतिजामुखी अधिकृतका रूपमा चिनिन्छन्। काठमाडौं प्रहरी प्रमुखका रूपमा कार्यरत हुँदा जनजीवन सुधारदेखि आपराधिक नियन्त्रणमा उल्लेखनीय काम गरेका उनीमाथि जेनजी आन्दोलनको घटनालाई कारण देखाएर बढुवाबाट रोकिएको बताइन्छ। तर, सो घटनासम्बन्धी छानबिन आयोगले अहिलेसम्म कुनै ठोस कमजोरी देखाएको छैन। आयोगको प्रतिवेदन बुझाउन पनि बाँकी रहँदा अधिकारीलाई बढुवाबाट रोक्नु हचुवाको भरमा गरिएको निर्णय भएको भन्दै संगठनभित्र प्रश्न उठ्न…
काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । मन्त्रालयमा आइतबार बसेको बढुवा समितिको बैठकले एसएसपीहरु भुपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अवि काफ्लेलाई बढुवा गर्न सिफारिस गरेको हो ।
काठमाडौं । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङको क्रममा मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारी साधन चलाउने ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बा ५ ख ६८१५ नम्बरको रिङरोड चल्ने भाडा बस चालक कलिकोटको पचालझरना गाउँपालिका ७ घर भई हाल काठमाण्डौँको नामखेल बस्ने ३४ वर्षीय खम्ब दमाई, बा ५ ख ७९१ नम्बरको भाडा बस चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ७ घर भई हाल मुलपानी बस्ने ३४ वर्षीय सिताराम गिरी र बागमती प्रदेश ०१-००२ ज ८५१८ नम्बरको हायस चालक काठमाडौँको टेकु बस्ने ६७ वर्षीय मोचाकाजि महर्जनलाई काठमाडौँको बाफलबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै बागमती प्रदेश-०१-००६ ख…
काठमाडौं । हनुमन्ते खोला किनारमा ३ राउण्ड गोली लोड भएको पेस्तोल फेला परेको छ । ललितपुरको महालक्ष्मी नगरपालिका-५ स्थित टिकाथली राधाकृष्ण खानेपानी ट्यांकी नजिकै हनुमन्ते खोला किनारमा टाइप-५४ चाइनिज पेस्तोल फेला परेको हो । गोप्य सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटो र प्रहरी चौकी टिकाथलीबाट खटिएको टोलीले उक्त पेस्तोल बरामद गरेको हो । उक्त पेस्तोल जेनजी प्रदर्शनमा प्रहरी कार्यालयबाट लुटिएको अनुसन्धानबाट थाहा भएको छ । पेस्तोल कुन युनिटको हो भन्नेबारे यकिन गर्ने काम भइरहेको ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए ।
काठमाडौंं । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत २ जना प्रहरीको हत्यामा संलग्न आरोपमा थप ५ जना पक्राउ परेका छन् । जेनजी आन्दोलनमा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको प्रदर्शनकारी बनेर पुगेका केही व्यक्तिको कुटपिटबाट मृत्यु भएको थियो । उनीहरुले कार्यालयबाट तानेर नजिकै रहेको भाटभटेनी सुपरस्टोरको पर्खालमा लगेर प्रहरीलाई कुटपिट गरेका थिए । त्यहाँबाट पनि घिसारेर मुख्य सडकको बीचमा पुर्याएर कुटपिट गर्दा उनीहरुको ज्यान गएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रहरी हत्याका क्रममा विभिन्न भूमिका खेल्ने व्यक्तिलाई खोजतलासका क्रममा फेला पारिएको हो । पक्राउ पर्नेमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका…
नेपाल प्रहरीमा एसएसपीबाट डिआईजी बढुवामा गृहमन्त्रीको चासो, पारदर्शिता सुनिश्चित गर्ने तयारी
काठमाडौं । राज्यको आन्तरिक सुरक्षा नागरिकको ज्यान, धन, शान्ति र सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो। यो जिम्मेवारी वहन गर्ने प्रमुख संस्था नेपाल प्रहरी हो। तर पछिल्ला वर्षहरूमा प्रहरी संस्थाप्रतिको जनविश्वास कमजोर बन्दै गएको मूल्याङ्कन भईरहेको छ। शान्ति सम्झौता (२०६२-२०६३) पछि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा माओवादीले बहुमत प्राप्त गरी सरकार गठन गरेपछि राजनीतिक हस्तक्षेप प्रशासनिक निकायहरूमात्र होइन, सुरक्षासंस्थासम्म फैलिएको देखिएको थियो। २०४६ सालपछिको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस र नेकपा एमालेले पनि आफ्ना भातृ संगठनमार्फत निजामती र सुरक्षासंस्थामा प्रभाव जमाएका थिए। परिणामस्वरूप ‘राजनीतिक निष्ठा’ र ‘गुटबन्दी’ प्रहरी संगठनभित्र समेत पैठजोरी जमाउन थालेको इतिहासले देखाउँछ। यसले गर्दा पेशागत योग्यता र कार्यसम्पादनभन्दा राजनीतिक…
पर्सा ।सशस्त्र प्रहरी बल पर्साले प्रतिबन्धित लागूऔषध गाँजा सहित एकजनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका–१७ अलौ पोस्ट नजिक प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको प्रहरी टोलीले करिब १ किलो ९८५ ग्राम गाँजा सहित एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ।सशस्त्र प्रहरीले कार्तिक बिहिवार बिहान करिब ८ः५० बजे सप्रनाउ सुरज कुमार कार्कीको कमाण्डमा खटिएको पाँच जनाको गस्ती टोलीले नेपालबाट भारततर्फ साइक्लमा जाँदै गरेका वीरगंज–२६ अठराहा बस्ने अन्दाजी ७४ वर्षीय इस्लाम अन्सारीलाई चेकजाँच गर्ने क्रममा उनको झोलामा लुकाइएको करिब १ किलो ९८५ ग्राम गाँजा फेला पारेको हो। गाँजा सहित साइक्लमा यात्रा गरिरहेका अन्सारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारबाहीका लागि सोही दिन दिउँसो करिब…