Author: Scoop Khabar

वीरगन्ज ।नेकपा एमाले पर्सा क्षेत्र नम्बर–१ का उम्मेदवार प्रदीप यादवले वीरगञ्ज–१६नागवामा सम्पर्क कार्यालय उद्घाटन गरेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले “सम्पर्क कार्यालयले मतदाता भेटघाट, घरदैलो र अन्य चुनावी गतिविधिहरूलाई व्यवस्थित र प्रभावकारी ढंगले अगाडि बढाउन सहयोग पुर्‍याउनेछ। यस मार्फत हामी जनता र उम्मेदवार बीचको संवादलाई थप सुदृढ बनाउने प्रयासमा छौं।” उनले मतदातासँगको प्रत्यक्ष संवाद र समस्या बुझ्ने कार्यलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे। आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार तथा समृद्ध वीरगंज निर्माणको लक्ष्यका साथ कार्यालय सञ्चालनमा ल्याइएको बताए । नागवाबासीको सक्रिय सहभागिता, सुझाव र साथ–सहयोगले हाम्रो अभियानलाई अझ सशक्त बनाउने विश्वास लिएको बताए।

थप

काठमाडौं । सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार साँझ एक सरकारी इन्जिनियरको अज्ञात समूहले गोली हानी हत्या गरेको छ। मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय इन्जिनियर प्रमोदकुमार यादवको गोली प्रहारबाट मृत्यु भएको हो। सिरहाको सुखीपुर नगरपालिका-६ घर भई मलंगवा-१० देबिटोलमा श्रीमतीसँगै डेरा गरी बस्दै आएका यादवमाथि अज्ञात समूहले छातीमा गोली प्रहार गरेको थियो। जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार प्रारम्भिक अनुसन्धानमा यादवलाई अपरिचित व्यक्तिले फोन गरेर डेरा बाहिर बोलाएको र लगत्तै गोली प्रहार गरेको देखिएको छ। गोली लागेर अचेत भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। हत्याको कारण…

थप

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय मातहतमा कार्यरत दुई जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)को जिम्मेवारी हेरफेर गरिएको छ । ट्राफिक प्रहरी प्रभाग नयाँ बसपार्कमा कार्यरत इनस्पेक्टर शेखर शाहलाई जनसेवा प्रभागमा सरुवा गरिएको छ । ट्राफिक प्रहरी प्रभाग जनसेवामा कार्यरत अनुप अधिकारीलाई बसपार्कमा कामकाज गर्नेगरी काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो । दुवै इन्स्पेक्टर प्रभाग इन्चार्ज हुन् ।

थप

काठमाडौं । सेना दिवस तथा महाशिवरात्रिको अवसरमा टुँडिखेलमा अमेरिकी सैनिक ब्यान्डले गरेको परेड प्रस्तुतिको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि राजनीतिक वृत्तमा नयाँ विवाद सुरु भएको छ । फागुन २१ गते प्रतिनिधिसभा सदस्य उपनिर्वाचन नजिकिँदै गर्दा यो घटनालाई लिएर विभिन्न पक्षबाट गम्भीर आरोप र प्रश्न उठेका छन् । नेपाली सेनाले यसलाई ‘नियमित मैत्रीपूर्ण अभ्यास’ भन्दै भ्रममा नपर्न आग्रह गरेको छ । शनिबार टुँडिखेलमा सेना दिवसको मुख्य समारोहमा अमेरिकी सेनाको ब्यान्ड टोलीले परेड प्रस्तुति दिएको थियो । अमेरिकी सैनिकहरूले आफ्नो राष्ट्रिय झन्डा बोकेर परेड खेलेको र नेपाली सेनासँग संयुक्त रूपमा मार्चपास गरेको भिडियो र तस्बिर सामाजिक सञ्जालमा फैलिएपछि ‘अमेरिकी सेनाले…

थप

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार बनेका अशोक कुमार टेमानीविरुद्ध सिमाक्षेत्रका उद्योगी तथा साना व्यापारीहरूले गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्।पूर्व उद्योग वाणिज्य क्षेत्रका नेतृत्वदायी भूमिकामा रहेर पनि ठोस उपलब्धि हासिल गर्न नसकेको आरोप लगाउँदै केही व्यापारीहरूले अहिलेको चुनावी प्रतिबद्धतालाई “खोक्रो आश्वासन”को संज्ञा दिएका छन्। उनीहरूका अनुसार व्यापारिक समस्या समाधानका लागि लामो समयसम्म अवसर हुँदा पनि प्रभावकारी पहल नदेखिएको व्यक्तिले अहिले भने सिमावर्ती व्यापार सहज बनाउने दाबी गर्नु विश्वसनीय देखिँदैन। सिमाक्षेत्रका व्यवसायीहरू भन्सार प्रक्रियाको जटिलता, अनौपचारिक व्यापारको बढ्दो प्रभाव, सुरक्षासम्बन्धी चुनौती तथा साना उद्यमीका लागि सहुलियत अभावजस्ता समस्याबाट वर्षौंदेखि प्रभावित हुँदै आएका छन्।…

थप

पर्सा । मा बच्चादानी र एपेन्डिक्सको अप्रेसनका क्रममा चिकित्सकको लापरबाही भएको आरोप लगाउँदै एक महिलाको मृत्यु भएपछि परिवारजनले निष्पक्ष छानबिनको माग गरेका छन्।मृतक लाई अप्रेसनका लागि अस्पताल लगिएको र अप्रेसनपछि होस नआएको उनका श्रीमान् ले बताएका छन्। उनका अनुसार अप्रेसन गर्ने चिकित्सक ले सुरुमा १२ घण्टाभित्र होस आउन सक्ने र कहिलेकाहीँ २४ घण्टा लाग्न सक्ने भन्दै परिवारलाई आश्वासन दिँदै आएको आरोप लगाइएको छ। तर, अप्रेसनपछि बिरामी बेहोस अवस्थाबाट होसमा नआएको परिवारको भनाइ छ।परिवारका अनुसार पछि ले पुनः जाँच गरे पनि बिरामीको अवस्थामा सुधार नआएपछि अन्ततः मृत्यु भएको हो।घटनापछि मृतकका आफन्त तथा स्थानीयले घटनाको सत्यतथ्य सार्वजनिक गर्न, अप्रेसन प्रक्रिया र उपचारमा…

थप

पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी माहोल तातेका बेला नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आइतबार वीरगञ्ज महानगरपालिका वडा नं. २० हरपतगंज क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन गरेका छन्। पूर्वमन्त्रीसमेत रहेका यादवले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको धारणा र अपेक्षा बुझ्ने प्रयास गरेका हुन्। घरघरमा पुगेर मतदातासँग संवाद गर्दै उनले क्षेत्रको विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाए। नागरिकले उठाएका सडक, सरसफाइ, रोजगारी तथा आधारभूत सेवासम्बन्धी विषयलाई गम्भीरतापूर्वक लिएको उनले बताए। निर्वाचित भए विकास निर्माणका कामलाई गति दिने र सुशासनका पक्षमा दृढ रूपमा उभिने उनको भनाइ थियो। उम्मेदवार यादवले पारदर्शिता, समावेशिता र जनउत्तरदायित्वलाई आफ्नो कार्यशैलीको मूल आधार बनाउने उल्लेख गर्दै सबै समुदायको…

थप

पर्सा — पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–६ स्थित चैनपुर टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन्। प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त घरदैलो कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो।घरदैलोका क्रममा उम्मेदवार कानुले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै क्षेत्रका विद्यमान समस्या, आवश्यकता र अपेक्षाहरूबारे जानकारी लिएका थिए। स्थानीयसँगको संवादमा उनले रास्वपा नेतृत्वमा आएपछि स्वास्थ्य सेवाको सुधार, शिक्षामा सबैको पहुँच सुनिश्चित गर्ने तथा युवाहरूका लागि स्थायी र दिगो रोजगारीको व्यवस्थापन गर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाइने विश्वास व्यक्त गरे।उम्मेदवार कानुले विकास, रोजगारी, शिक्षा र…

थप

कृष्ण यादव,वीरगञ्ज । पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत को पर्सागढी नगरपालिका वडा नम्बर–५ बहुअरावामा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न दल परित्याग गरी सयौँ कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्। भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार रिमा कुमारी यादवले क्षेत्रको समग्र विकासका लागि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता बताईन्। उनले गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा र आधुनिक कृषि प्रणालीमार्फत स्थानीय जनताको जीवनस्तर उकास्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रममा विजय सरावगी, समानुपातिक उम्मेदवार बिचारी यादव, पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, बहुदरमाई नगरपालिकाका प्रमुख सिंघासन साह तथा पूर्व वडा…

थप

काठमाडौं । बाराको सीमावर्ती पथलवाघाट र खजानी क्षेत्र यतिबेला संगठित तस्करीको प्रमुख ‘ट्रान्जिट’ बन्दै गएको आरोप छ। प्रत्यक्षदर्शी तथा स्थानीय स्रोतका अनुसार यी दुई नाकाबाट लत्ताकपडा, हार्डवेयर सामग्री, कवाड, भैंसी, गाई–गोरु, सुर्तीलगायतका सामानको ठूलो मात्रामा अवैध ओसारपसार निरन्तर भइरहेको छ। स्थानीयका भनाइमा, पछिल्ला केही महिनायता तस्करी झनै व्यापक बनेको छ। ‘कुन नाका सहज र सुरक्षित हुन्छ, त्यही रोजेर तस्करी गर्ने पुरानै शैली अहिले पनि चलिरहेको छ,’ एक स्थानीयले भने। प्रहरी सेटिङको आरोप सबैभन्दा गम्भीर आरोप भने स्थानीय प्रहरी चौकीकै संरक्षणमा तस्करी भइरहेको भन्ने हो। स्रोतका अनुसार तस्करहरूले ‘लाइन’ मिलाएर नियमित मासिक बुझाउने व्यवस्था गरेका छन्। पथलवाघाट चौकी र खजानी चौकीलाई…

थप