Author: Scoop Khabar

काठमाडौं । २४ भदौको घटनापछि गठन गरिएको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको केही अशं सार्वजनिक भएसँगै नेपाल प्रहरी संगठनभित्र र बाहिर विभिन्न प्रश्न उठ्न थालेका छन्। आयोगले नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङसहित केही उच्च अधिकारीमाथि फौजदारी अभियोग लगाउन सिफारिस गरेपछि प्रहरी संगठनको भूमिका, कर्तव्य र अधिकारबारे गम्भीर बहस सुरु भएको छ। सबैभन्दा ठूलो प्रश्न यही हो- २४ गते प्रहरीले झनै बल प्रयोग गरेको भए के हुन्थ्यो? त्यो दिनको अवस्था सामान्य थिएन। देशभर सार्वजनिक भवनहरूमा आक्रमण भइरहेको थियो। सरकारी संरचनामात्र होइन, नेपाल प्रहरीका भवनहरू पनि आगजनी र तोडफोडको निशानामा परिरहेका थिए। कतिपय स्थानमा प्रहरी चौकीहरू जलाइएका थिए भने सुरक्षाकर्मीमाथि…

थप

काठमाडौं । दरबारमार्गस्थित एक रेस्टुरेन्टमा बिल विवादपछि अमेरिका बस्ने एक व्यक्तिको दबाबमा तीन जना मजदुरलाई प्रहरीले पक्राउ गरेको घटना सार्वजनिक भएपछि प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको छ। घटना दरबारमार्गस्थित सारंगी रेस्टुरेन्टको हो। पीडित पक्षकाअनुसार नुवाकोट घर भइ अमेरिका बस्ने राजेश पाण्डे नाम गरेका कांग्रेसनिकट नेता केही दिनअघि साथीसहित उक्त रेस्टुरेन्टमा पुगेका थिए। त्यहाँ उनले अत्यधिक मदिरा सेवन गर्दै रातभर होहल्ला गरेको र कर्मचारीसँग विवाद भएको बताइएको छ। रेस्टुरेन्ट स्रोतकाअनुसार पाण्डे समूहले लामो समयसम्म मदिरा तथा विभिन्न परिकार अर्डर गरेका थिए। करिब डेढ लाख रुपैयाँ बराबरको बिल पुगेपछि कर्मचारीहरूले बिलबारे जानकारी गराउँदा विवाद सुरु भएको थियो। प्रत्यक्षदर्शीका अनुसार अत्यधिक मदिरा सेवन गरेका…

थप

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीको सक्रिय पहलमा उपत्यका ट्राफिक प्रहरी कार्यालय र प्रहरी वृत्त सिंहदरबारले आफ्नै नाममा जग्गाको लालपुर्जा प्राप्त गरेका छन्। लामो समयदेखि भोगाधिकारमा मात्रै प्रयोग हुँदै आएका प्रहरी कार्यालयका जग्गाहरूलाई कानुनी रूपमा नेपाल प्रहरीको नाममा नामसारी गर्ने प्रक्रिया पूरा भएपछि अब ती स्थानमा आधुनिक र सुविधायुक्त भवन निर्माणको बाटो खुलेको हो। आईजीपी कार्कीले प्रहरी संगठनको नेतृत्व सम्हालेपछि देशका विभिन्न स्थानमा प्रहरीका भौतिक पूर्वाधार सुदृढ गर्ने अभियानलाई प्राथमिकता दिएका छन्। सोही अभियानअन्तर्गत विभिन्न स्थानमा जग्गा प्राप्ति, कार्यालय भवन निर्माण तथा पूर्वाधार विकासका कार्यहरू तीव्र रूपमा अघि बढाइएका छन्। प्राप्त जग्गाहरूमा अत्याधुनिक सुविधायुक्त प्रहरी भवन निर्माणका…

थप

वीरगञ्ज । नेपाल–भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्र प्रहरी बल नेपाल नै तस्करीको संरक्षणमा लागेको आरोप सार्वजनिक भएपछि पर्सा जिल्लाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ। सीमा सुरक्षाको जिम्मेवारी सम्हालेको सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण अन्तर्गत कार्यरत घुमुवा टोली र तस्कर समूहबीच मिलेमतो भएको पाइएको हो। स्थानीय स्रोतका अनुसार पर्साको सीमा क्षेत्रमा सक्रिय सशस्त्र प्रहरीका घुमुवा टोलीहरूले तस्करहरूसँग सेटिङ मिलाएर विभिन्न नाकाबाट तस्करी गराउने गरेको चर्चा व्यापक रूपमा फैलिएको छ। उक्त गतिविधिमा गणका प्रमुख तथा प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीको समेत संलग्नता रहेको बताइएको छ। एसपी क्षेत्रीले आफ्नै मातहतका केही प्रहरी कर्मचारीलाई ‘घुमुवा’का रूपमा परिचालन गर्दै तस्करीको…

थप

टोकियो । जापानमा रहेका नेपाली युवाहरूबीच खेलकुदमार्फत आपसी सद्भाव, एकता तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले Non-Resident Nepali Association (NRNA) अन्तर्गत NRNA Japan ले “तेस्रो NRNA Futsal Running Cup 2026” आयोजना गर्ने भएको छ। आयोजकका अनुसार उक्त प्रतियोगिता आगामी ५ अप्रिल २०२६ (आइतबार) जापानको Fuji सहरमा सञ्चालन गरिनेछ। जापानभर रहेका नेपाली युवाहरू तथा खेलप्रेमीहरूलाई एउटै मञ्चमा ल्याई खेलकुदमार्फत मित्रता, सहकार्य र सामुदायिक एकतालाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरूका लागि प्रवेश शुल्क ४१ हजार येन तोकिएको छ। आयोजकका अनुसार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा खेलाडीहरूलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी…

थप

काठमाडौं । गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पछि बनेको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै आयोगका सदस्य रहेका पूर्व एआईजी विज्ञानराज शर्मा विवादको केन्द्रमा तानिएका छन्। आन्दोलनका क्रममा भएका घटनाबारे अध्ययन गर्न तत्कालीन प्रधानमन्त्री सुशील कार्कीको निर्णयमा पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको थियो। सोही समितिका सदस्यका रूपमा रहेका शर्मा अहिले प्रतिवेदनमा प्रहरीमाथि कारबाही सिफारिस गरिएको विषयलाई लिएर व्यापक आलोचनाको घेरामा परेका छन्। करिब पाँच महिना लामो अनुसन्धानपछि उक्त समितिले प्रधानमन्त्रीसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा आन्दोलनका क्रममा सुरक्षाकर्मीको भूमिकाबारे विभिन्न टिप्पणी गर्दै केही प्रहरी अधिकारीमाथि कारबाही सिफारिस गरिएको उल्लेख छ। तर…

थप

काठमाडौं । गोरखाबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले आफूले सांसदका रूपमा पाउने तलब नलिने घोषणा गरेका छन् । मंगलबार ग्वार्कोस्थित होटल रोयल टुलिपमा रास्वपाले आयोजना गरेको सांसद प्रशिक्षण कार्यक्रमका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले तलब नलिने र सरकारी गाडी पनि प्रयोग नगर्ने घोषणा गरेका हुन् । उनले भने, ‘म तलब खाँदिनँ, सरकारी गाडी पनि चढ्दिनँ । मेरो आफ्नै गाडी छ । म आफैँ सक्षम छु । मैलै पाउने तलब सुविधा बरु जेनजी घाइतेहरुलाई दिन्छु ।’ सुदनले संसदबाट पाउने तलब सुविधा आफुले नलिने बरु जेनजी घाइतेलाई दिने बताएका छन्।उनले आफू आर्थिक रूपमा सक्षम भएकाले राज्यबाट सुविधा लिन आवश्यक नरहेको उनको भनाई…

थप

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी निरिक्षक मनोज कुमार यादवलाई यस महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको छ । मधेश प्रदेश प्रहरी कार्यालयमा दरबन्दी रहेको प्रहरी निरिक्षक मनोज कुमार यादव अहिले जिल्ला प्रहरी कार्यालय धनुषा अपराध अनुसन्धानमा कार्यरत छन् । उनलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकोले २०८१ बैशाख महिनाको (Police Of The Month) उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । प्रहरी निरिक्षक मनोज यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले कदर पत्र समेत प्रदान गरेका छन् । प्रहरी निरीक्षक यादवलाई फागुन महिनाको उत्कृष्ट प्रहरीको रुपमा कदर पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । इन्सपेक्टर…

थप

काठमाडौँ : इलाका प्रहरी कार्यालय दमक, झापाका प्रहरी नायव उपरीक्षक (डीएसपी) किशोर लम्साल फागुन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।  कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई विभागीय मूल्य मान्यता, आदेश निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ कर्तव्य निर्वाह गरेको भन्दै सम्मानित गरेको हो । उनी फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं. ५ जस्तो संवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न र कुनै घटना नघट्न सघाउन सफल भएका थिए । साथै, जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार र फरार भएका थुनुवाहरूलाई समात्ने कार्यमा पनि उनी सक्रिय रहेका थिए । यस बाहेक,…

थप

काठमाडौं । पर्यटक उद्धारका नाममा वर्षौंदेखि चलिरहेको ‘फेक रेस्क्यु’ अर्थात् नक्कली हवाइ उद्धार प्रकरण अहिले नेपालमा ठूलो घोटालाका रूपमा बाहिर आइरहेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले विभिन्न ट्राभल, रेस्क्यु र हेलिकप्टर कम्पनीमाथि अनुसन्धान अघि बढाएपछि एकपछि अर्को पक्राउ परिरहेका छन्। यही प्रकरणमा माउन्टेन हेलिकप्टर प्रा.लि. का म्यानेजिङ डाइरेक्टर राजेन्द्र बहादुर सिंह पनि पक्राउ परेका छन्। उनी विमान सेवा सञ्चालक संघका पूर्व उपाध्यक्षसमेत हुन्। सोही दिन रोयल होलिडेज एडभेन्चर एण्ड ट्राभल कम्पनीका सञ्चालक सन्दीप तिवारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यतिमात्र नभएर सिआइबीले बिजनेस अप्रेसन म्यानेजर सन्दीप भण्डारीलाई समेत पक्राउ गरेको छ। तर, यस घटनाले अहिले एउटा गम्भीर…

थप