Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
गणेश विक, काठमाडौं । नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्कीले सेवाग्राहीप्रति प्रहरीको व्यवहार, जिम्मेवारी र संवेदनशीलता झल्किने गरी कडा निर्देशन दिएका छन्। कार्कीले स्पष्ट रूपमा भनेका छन्:- “लेख्ने-लेखाउने कुरा जनतालाई उ-त्यहाँ गएर लेख्नुस् भनेर लगाउने होइन, प्रहरीले नै लेखिदिनु पर्छ। लेख्ने सबै जानेको भए घरमै लेखेर आउनु हुन्थ्यो।” कार्कीकाे यो भनाइले प्रहरी संगठनभित्र सेवा प्रवाहको शैलीमा सुधार ल्याउने संकेत गरेको छ। आम नागरिक प्रहरी कार्यालय पुग्दा प्रायः विभिन्न समस्यामा परेको, अशिक्षित वा प्रक्रियाबारे अनभिज्ञ हुने भएकाले प्रहरी आफैंले सहयोगी भूमिका निर्वाह गर्नु पर्नेमा कार्कीले जोड दिएका छन्। आईजीपी कार्कीले प्रहरी केवल कानुन कार्यान्वयन गर्ने निकाय मात्र नभई समाजको भरोसा र…
काठमाडौं । सातदोबाटोस्थित ‘हाम्रो अटोमोबाइल्स’ का सञ्चालक कुमार चिमोरियाविरुद्ध टिकटक प्रयोगकर्ता तुलसा अधिकारी सम्बन्ध झन् गम्भीर र भयावह बन्दै गएकाे छ। तुलसा अधिकारीका अनुसार, २०७५ सालदेखि सुरु भएको सम्बन्ध विश्वास, माया र सहयोगको आवरणमा अघि बढाइए पनि त्यसको आडमा आफूलाई बारम्बार शारीरिक शोषणको सिकार बनाएकाे बताएकी छिन्। कुमार चिमोरियाले भावनात्मक रूपमा नियन्त्रणमा लिएर, धम्की र दबाब प्रयोग गर्दै आफूलाई इच्छाविरुद्ध शारीरिक सम्बन्ध राख्न बाध्य बनाएका थिए। “मैले विश्वास गरे उनको कुरा माने, तर पछि त्यो विश्वास नै मेरो कमजोर बिन्दु बनाइयो,” तुलसाले भनिन्, “धम्की, ब्ल्याकमेल र मानसिक दबाबका कारण म चुप बस्न बाध्य भए।” तुलसाका अनुसार, सम्बन्ध तोड्ने प्रयास गर्दा…
पोखरा । कास्की प्रहरीले लागुऔषध कारोबारमा संलग्न एक युवतीलाई ठूलो परिमाणको नगदसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत कुश्मा घर भई हाल पोखरा–२९ बस्दै आएकी २६ वर्षीया सिमा दर्जी रहेकी छन्। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको संयुक्त टोलीले उनलाई पोखराको सैनिक बस्ती क्षेत्रबाट नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार दर्जीको साथबाट डाइजापाम, फेनेरागन र ब्रुफिनुर्फिन गरी ८ एम्पुल लागुऔषध, दुई थान मोबाइल र नगद ४ लाख १ हजार रुपैयाँ बरामद गरिएको छ। पक्राउ परेकी दर्जीमाथि कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी लागुऔषध मुद्दामा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना…
काठमाडौं । ललितपुरस्थित सरकारी सेवा कार्यालयहरूमा सेवाग्राहीलाई अनावश्यक हैरानी तथा अवरोध पुर्याउँदै आएका ३२ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर ललितपुर, प्रहरी वृत्त सातदोबाटो र वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको संयुक्त प्रहरी टोलीले ललितपुर महानगरपालिका–५ लगनखेलस्थित नापी कार्यालय र एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सञ्चालन गरेको अभियानका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार नापी कार्यालयतर्फ २१ जना र यातायात व्यवस्था कार्यालयतर्फ ११ जना गरी कुल ३२ जना बिचौलियालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ। सेवाग्राहीलाई अनावश्यक रूपमा दुःख दिने, काममा अवरोध सिर्जना गर्ने तथा अनधिकृत रूपमा काम गराउने गतिविधिमा उनीहरू संलग्न रहेको आरोप छ। प्रहरीले यस्तो…
काठमाडौं । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यतामा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४२औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीको सेवा एवम् सुविधाको हेतुले अस्पताल परिसरमा नवनिर्मित Intrauterine Insemination (IUI) & In vitro Fertilization (IVF) ल्याबको उद्घाटन गर्नुका साथै उक्त ल्याबको अवलोकन समेत गरे । सो अवसरमा प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरी अस्पताल मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई Electroconvulsive Therapy (ECT) मेसिन हस्तान्तरण गरे । साथै उनले अस्पतालको वर्ष भरिका विविध गतिविधि, उपलब्धी, सेवा प्रवाह र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक…
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुखका रूपमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसी ५ असोज २०८२ मा सरुवा भएयता ब्यूरोको काम गर्ने शैलीलाई लिएर प्रश्न उठ्न थालेका छन्। सिआइबीको मुख्य जिम्मेवारी जटिल तथा जघन्य प्रकृतिका अपराधहरूको अनुसन्धान गर्नु हो। देशभर हत्या, बलात्कार जस्ता गम्भीर मुद्दा लामो समयदेखि पेन्डिङ अवस्थामा रहे पनि पछिल्लो समय ती विषयमा सिआइबीको सक्रियता कमजोर देखिएको आरोप लाग्न थालेको छ। बरु, केसीको नेतृत्वमा ब्यूरो आर्थिक अपराधमा बढी केन्द्रित भएको देखिन्छ। बैंकिङ, सहकारी तथा तथाकथित ‘फेक रेस्क्यू’ जस्ता आर्थिक प्रकृतिका मुद्दामा मात्रै प्राथमिकता दिइएको भन्दै प्रश्न उठाइएको छ। फेक रेस्क्यु घटनाको अनुसन्धानमा कम्पनीका कर्मचारीलाई समातेर…
काठमाडौं । नेपाल प्रहरीले ठूलो संख्यामा प्राविधिक जनशक्तिका लागि दरखास्त आह्वान गरेको छ। प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, भर्ना छनोट शाखाले आज सूचना जारी गर्दै प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरुमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न लागिएको जनाएको छ। सूचना प्रविधि निर्देशनालय, सञ्चार निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, केन्द्रीय विधि विज्ञान प्रयोगशाला, प्रहरी अस्पताल लगायतका निकायका लागि ६०७ पदमा नयाँ कर्मचारी भर्ना गर्न लागिएको सूचनामा उल्लेख छ। सूचना अनुसार प्राविधिक प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकका लागि यही चैत २५ गतेदेखि आगामी वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ। त्यसैगरि…
काठमाडौं । फेसबुकमा नक्कली खाता खोली च्याटमा कुराकानी गरी ९० लाख ठगी गर्ने एकजनालाई पक्राउ गरी सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा लमजुङ दुधपोखरी गाउँपालिका(६ घर भई हाल कास्की पोखरा महानगरपालिका–१६ बस्ने ५० वर्षीया वनकुमारी गुरुङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले जानकारी दिए । उनले भने, ‘फेसबुकमा नक्कली खाता खोली पीडितहरूसँग च्याटमा कुराकानी गरी आकर्षक तलब, सुविधामा जापान पठाइदिने भनी चारजना पीडितहरूलाई व्यक्तिगत कागजातसमेत पठाउन लगाई, विभिन्न बैंक खातामा पटकपटक गरी ९० लाख जम्मा गर्न लगाई ठगी गरेको पाइयो ।’ गुरुङलाई कास्की प्रहरीको समन्वयमा बुधबार पक्राउ गरी बिहीबार ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान र कारबाहीका…
ठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी हुँदा आङदोर्जी लामा ४१३ मा रोकिए । वरिष्ठ उपाध्यक्षमा रामजी पन्त ४७४ मत ल्याएर विजयी बनेका छन् । महासचिवमा भने पाण्डे इतर प्यानलका शिवहरी घिमिरे ५२७ मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी बलिभद्र राना ३८० मतमा रोकिए ।
काठमाडौं । ट्राफिक नियम बारम्बार उल्लंघन गर्ने तथा जरिवाना तिर्नसमेत बेवास्ता गर्ने चालकहरूविरुद्ध कडा कदम चाल्दै लाइसेन्स खारेज गर्ने प्रक्रिया सुरु गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीले यातायात व्यवसायी तथा मजदूर संगठनका प्रतिनिधिहरूसँगको अन्तरक्रियामा यस्तो जानकारी दिएका हुन्। उनले लापरवाहीपूर्वक सवारी चलाउने र नियम उल्लंघनलाई सामान्य रूपमा लिने प्रवृत्तिमा अब कडाइ गरिने स्पष्ट पारे। उनले ट्राफिक व्यवस्थापनको मुख्य उद्देश्य नै सडकमा अनुशासन कायम गर्नु र चालकहरूको व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु रहेको बताए। प्रहरी पनि समाजकै हिस्सा भएकाले आफ्ना कमी–कमजोरी सुधार्दै अघि बढ्ने उनले उल्लेख गरे। एसएसपी अधिकारीले…