काठमाडौं । काठमाडौं,ललितपुर र भक्तपुरका विभिन्न स्थानमा दर्ता नगरी सञ्चालनमा रहेका १५ वटा कन्सल्टेन्सीका १८ जना सञ्चालक तथा प्रतिनिधिलाई पक्राउ गरिएको छ ।
अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेका कन्सल्टेन्सीहरूबाट १८ जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित प्रहरी परिसरमा पठाइएको हो ।
पक्राउ परेकामध्ये १४ जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं, २ जनालाई जिल्ला प्रहरी परिसर भक्तपुर र २ जनालाई जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

कारबाहीमा परेका कन्सल्टेन्सीहरूमा Guruba/Study Glider, LEXICO Education, Pascal Education, Apitome Education, Meghatech Education, Skill Point Education, Vibrant Education, Dream Education, Universal Gateway, Victory Education, 24 Hours Education, Greener Education, Global Impact, Ureshi Education र Bloom Abroad रहेका छन्।