Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । एसिसी यू-१६ इस्ट जोन कपको उपाधि जित्न नेपालले घरेलु टिम मलेसियालाई २५३ रनको लक्ष्य दिएको छ । मलेसियाको बायुमास ओभलमा भइरहेको फाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन जोडेको हो । नेपालका लागि नरेश भट्टले शतक प्रहार गर्न सफल भए । उनले नटआउट ११२ रन जोड्ने क्रममा ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे । त्यसअघि ओपनरद्वय सूर्यान्सु कोइराला १८ रन र निरजकुमार यादव ४७ रन जोडेर आउट भए । दीपु कुमार ५ रन र प्रतिक भट्टराई १ रनमा रनआउटको सिकार भए । यस्तै सन्तोष यादवले २६ रनको…
काठमाडौं । सभामुख देवराज घिमिरेले मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित कार्यकक्षमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन् । सभामुख घिमिरेले प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफल गर्न लागेका हुन् । सभामुख घिमिरेले संसदीय समितिका सभापति चयन र संसद्लाई प्रभावकारी बनाउने विषयमा शीर्ष नेताहरूसँग छलफल गर्न लागेका बताइएको छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ पनि सहभागी हुनेछन् ।
काठमाडौं । लगानी बोर्डले मकाउस्थित नेपाली उद्योगी तथा व्यवसायीसँग नेपालमा लगानीको सम्भावनाबारे अन्तरक्रिया गरेको छ । महावाणिज्य दूतावास, हङकङको समन्वयमा बोर्डले उद्योगी तथा व्यवसायीसँग लगानीबारे अन्तरक्रिया गरेको हो । कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपालमा व्यावसायिक वातावरण सुरक्षित बन्दै गएकाले लगानी गर्न आग्रह गरे । विशेषगरी नवीकरणीय ऊर्जा र निर्माण क्षेत्रमा सहज लगानीको अवसर रहेको उनले बताए । नेपालमा लगानी गर्दा भविष्यको सुनिश्चितताको जिम्मा लगानी बोर्डले लिने भन्दै कार्यकारी अधिकृत भट्टले नेपालमा लगानी गर्दाको फाइदाबारे जानकारी दिए । नयाँ लगानीकर्तालाई कम्पनी दर्तालगायतका कानुनी प्रक्रिया सहज बनेको भन्दै उनले कुनै पनि कानुनी अड्चन नहुने प्रतिबद्धता जाहेर गरे ।
काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो चार बजे बैठक बस्ने भएको छ । बैठकमा नियमित एजेन्डा र समसामयिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा केही महत्त्वपूर्ण छलफल र निर्णय हुन सक्नेछन् । त्यस्तै मन्त्रालयहरूका नियमित प्रस्तावहरू पनि आजको बैठकमा परेका छन् ।
काठमाडौं । एक महिलालाई ‘म तिम्रो फिगरको फ्यान’ भन्दै पठाएको म्यासेज सार्वजनिक भएपछि नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) सुवास तिमिल्सिना विवादमा तानिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएपछि सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक भएको हो । ‘अब बोल्ने’ नामक ट्विटर एकाउण्टबाट प्रहरी मुख्यालयसहित केही सञ्चारमाध्यमलाई मेन्सन गर्दै सार्वजनिक गरिएको ‘म्यासेज’का कारण विवादमा तानिएका तिमिल्सिनाले म्यासेजमा ती महिलालाई आपत्तिजनक म्यासेज पठाएको देख्न सकिन्छ । ‘नेपाल प्रहरीकै इन्स्पेक्टरले असुरक्षाको वातावरण सिर्जना गरिरहेका छन्’ ती महिलाले सामाजिक सञ्जालमा लेखेकी छन् । म्यासेजमा इन्स्पेक्टर तिमिल्सिनाले महिलालाई प्रिय भनेर सम्बोधन गर्दै फोटो पठाउन भनेका छन् । महिलाले कस्तो…
काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको छ । सरकारले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा देशभरको मूल्यमा लिटरको ५ रूपैयाँदेखि साढे सात रूपैयाँसम्म घटाएको छ । निगमका अनुसार यी तीन पेट्रोलियम पदार्थको भाउ पहिलो वर्गअन्तर्गत साढे सात रूपैयाँ, दोस्रो वर्गअन्तर्गत ६ रूपैयाँ र तेस्रो वर्गअन्तर्गत ५ रूपैयाँ प्रतिलिटर कम गरिएको हो । अब काठमाडौं‚ पोखरा र दिपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ । त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ…
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा नभए पनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी गरे । सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिरहेको बताए । राम्रो काम गरेबापत आफ्नो पार्टीलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले ‘देश समृद्धि होस्, जनता सुखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहेको दाबी गरे । ओलीले भने, ‘मलाई श्रेय पाउनु/नपाउनुसँग खासै अर्थ राख्दैन । कसैले रामो भनोस्, राम्रो नभनोस् । तर राम्रो काम…
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल जस्तो भूराजनीतिक अवस्था एवम् सामाजिक सांस्कृतिक परिवेशमा हिन्दुराष्ट्र अनिवार्य आवश्यकता भएको बताएका छन् । आज पार्टीको अनुसन्धान तथा योजना विभागद्वारा काठमाडौंमा आयोजित ‘हिन्दुराष्ट्र’ :- ‘अवधारणा र औचित्य’ बिषयक अन्तक्रियामा कार्यपत्र प्रस्तुत गर्दै थापाले हिन्दुराष्ट्रको अवधारणालाई सहि अर्थमा बुझ्नु र बुझाउन जरुरी भएको चर्चा गरे । अज्ञानतामा आधारित ‘प्रोपोगन्डा’ तथा बाह्य शक्ति र उग्रवामपन्थीको षड्यन्त्रबाट मुक्त हुन जरुरी भएको भएको भन्दै थापाले हिन्दुराष्ट्र नेपालको गौरव भएको समेत बताए । हिन्दु धर्म प्राचीन र विविधतामा आधारित आध्यात्मिक मान्यता भएको भन्दै थापाले हिन्दुत्व सांस्कृतिक राष्ट्रवादको अभिव्यक्ति भएको उनले दाबी गरे । उनले धार्मिक राज्य नभई…
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले नयाँ फेसबुक पेज सञ्चालनमा ल्याएको छ । यसअघिको आफ्नो फेसबुक पेज ह्याकरको कब्जाबाट निकाल्न नसकेपछि नयाँ पेज सञ्चालनमा ल्याएको हो । विगतमा सञ्चालित फेसबुक पेजमा विभिन्न समस्या आएकाले हाल नयाँ फेसबुक पेज सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको आधिकारिक फेसबुक पेज झण्डै साढे तीन महिनादेखि ह्याकरको कब्जामा छ । उक्त पेजलाई पुनः नियन्त्रणमा ल्याउने प्रयास असफल भएपछि बाध्य भएर सशस्त्रले नयाँ पेज बनाएको हो । सशस्त्रले आधिकारिक फेसबुक पेजसँग मिल्दोजुल्दो नाममा बनाइएका अन्य एकाउण्टबाट नझुक्किनसमेत सचेत गराएको छ । दैनिक रुपमा संगठनका गतिविधि अपलोड भएका पेज एकिन गरेर मात्र फलो तथा…
काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडास्थित नेपाल बैंक लिमिटेडको सानोपोखरा शाखाको एटिएम तोडफोड भएको छ । गएराति हेटौंडा,५ स्थित सानोपोखरा नजिकै रहेको बैंकको शाखाको एटिएम तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी वामदेव गौतमले बैंकको एटिएम र सँगै रहेको पुडासैनी हार्डवेयर पनि तोडफोड भएको पाइएको बताए । उनले एटिएम र हार्डवेयर पसल तोडफोड भएको जानकारी आएसँगै प्रहरीले अनुसन्धान सुरु गरेको बताए ।