काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडास्थित नेपाल बैंक लिमिटेडको सानोपोखरा शाखाको एटिएम तोडफोड भएको छ ।
गएराति हेटौंडा,५ स्थित सानोपोखरा नजिकै रहेको बैंकको शाखाको एटिएम तोडफोड भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी वामदेव गौतमले बैंकको एटिएम र सँगै रहेको पुडासैनी हार्डवेयर पनि तोडफोड भएको पाइएको बताए ।
उनले एटिएम र हार्डवेयर पसल तोडफोड भएको जानकारी आएसँगै प्रहरीले अनुसन्धान सुरु गरेको बताए ।
Facebook Comments Box
