Author: Scoop Khabar

भरतपुर । सोमबार जिल्ला प्रशासन कार्यालय चितवनले चौबिसकोठीका औषधी पसलमा अनुगमन गरेको छ । गृह मन्त्रालयको निर्देशनमा प्रशासन कार्यालयका नासु विश्वास श्रेष्ठको नेतृत्वमा औषधी पसलहरुको अनुगमन गरिएको हो । अनुगमनमा स्वास्थ्य कार्यालय चितवनका निमित्त प्रमुख जयराम दुवाडी, प्रहरीलगायत सहभागी थिए । चौबिसकोठिका औषधी पसलहरुले औषधी खरिद गर्नेको नाम नै उल्लेख नगरी बिल जारी गर्ने गरेको पाइएको छ । त्यस्तै, बिल जारी गर्दा औषधीको ब्याच नम्बर र म्याद सकिने अवधि उल्लेख गर्नुपर्नेमा कसैले पनि त्यसको पालना गरेका छैनन् । सोमबार १० वटा पसलमा अनुगमन गरिएको हो । पसलको दर्ता प्रमाणपत्र नवीकरण नगर्ने रिजन फार्मेसीका सञ्चालकलाई प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको…

थप

काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले नेपालीलाई अमेरिका पुर्‍याइदिने भन्दै २ करोड २६ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । ब्युरोको टोलीले पोखरा महानगरपालिका-२७ स्थायी घर भई काठमाडौंको गुहेश्वरी बस्दै आएका ३४ वर्षीय कमल तामाङलाई पक्राउ गरेको हो । ब्युरोका अनुसार उनीविरुद्ध हालसम्म ४ जनाको जाहेरी परेको छ । तामाङले पीडितबाट ११ लाखदेखि ६० लाख रुपैयाँसम्म उठाएको पाइएको ब्युरोका प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठले जानकारी दिए । एसएसपी श्रेष्ठका अनुसार तामाङमाथि भारतको नयाँ दिल्ली हुँदै श्रीलंका, दुबई, सिंगापुर, फिलिपिन्स, थाइल्यान्ड, लाओस, जाम्बियालगायत देशसम्म पुर्‍याएर पिडितलाई अलपत्र पारेको आरोप छ । अमेरिका…

थप

काठमाडौ । प्रहरी प्रधान कार्यालय नक्सालले प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनबारे अनुसन्धान गर्न खटाएको छ ।  राजश्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेपछि प्रधान कार्यालयले एसपी पंगेनीलाई खटाएको प्रधान कार्यालयका प्रवक्ता एवम् नायब महानिरीक्षक (डिआइजी) कुवेर कडायतले जानकारी दिए । हाल एसपी पंगेनी मानव बेचविखन अनुसन्धान ब्युरोमा कार्यरत छन् । गत मंगलबारदेखि राजश्व अनुसन्धान विभागका अधिकृतहरूले अनुसन्धान गरिरहेको थिए । त्यस्तै भन्सार विभागले समेत छानबिन समिति गठन गरेको  छ । अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा रहेको उक्त समितिले अहिले काम गरिरहेको छ ।  विभागबाट खटिएको टोलीले गत मंगलबार विमानस्थलको भन्सार जाँचपास…

थप

काठमाडौं । सुनचाँदी व्यवसायीसँग घुस लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय, बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरितको कार्य गरेको देखिएको भन्दै जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो । बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो । लगत्तै छानबिनका लागि तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिले केसीलाई फौजदारी कसूर अन्तरगत…

थप

दार्चुला । आइतबार रातिको वर्षाका कारण बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–२ भैरु टोलमा पहिरोले घर पुर्दा आमाछोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोमा परी तीन जना घाइते भएका छन् । घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा अन्दाजी २५ वर्षीय अञ्जु जागरी र उनकी ५ वर्षीय छोरा रिजन जागरीको मृत्यु भएको बैतडी प्रहरीले जनाएको छ । मृतक अञ्जुका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन् । सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएका इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक कमलप्रसाद…

थप

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको आर्थिक र शैक्षिक नीति कार्यान्वयनमा पुनर्विचार गर्नुपर्ने बताएका छन् । आइतबार बिपी स्मृति दिवसको अवसरमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल केन्द्रीय क्याम्पस कीर्तिपुर एकाइद्वारा ओजित कार्यक्रमा सिटौलाको यस्तो बताएका हुन् । जनताको निराशालाई सम्बोधन गर्न कांग्रेसले आर्थिक र शैक्षिक नीति कार्यान्वयनमा प्राध्यापक एवं विज्ञको छलफलबाट आएको निष्कर्षको आधारमा पुनरावलोकन गर्नुपर्ने उनको भनाइ थियो । संविधानमा मौलिक हकको रूपमा राखेका प्रावधानहरु बिपीको समाजवादसँग नजिक रहेपनि कार्यान्वयन नभएकोले अब नयाँ ढङ्गले अघि बढ्नुपर्ने सिटौलाले बताए ।

थप

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापान आगामी कार्यकाल २०२३(०२५ को केन्द्रीय कोषाध्यक्षमा कर्साङ तामाङले उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए जापानको वर्तमान केन्द्रीय सदस्य तथा नेपाल तामाङ समाज जापानका केन्द्रीय अध्यक्ष युवा व्यवसायी तामाङले कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । जापानमा व्यवसायसँगै विभिन्न संघ(संस्थाहरूमा आबद्ध भएर नेपाली समुदाका विभिन्न सुखरदुखमा सहभागी हुँदै आएका उनले रए।नआरएनए जापानको आर्थिक पाटोलाई थप पारदर्शी र कोष मजबुतीलाई जोड दिँदै दाबेदारी प्रस्तुत गरेका हुन् । आफ्नो योग्यता क्षमताको आधारमा एनआरएनए जापानको कोषध्यक्ष पदमा रही संस्थाको लेखअभिलेखलाई व्यवस्थित गरी स्मार्ट प्रणालीका आधारमा पब्लिकमा सार्वजनिक गर्ने आफ्नो प्रतिबद्धतामा उनले उल्लेख गरेका…

थप

काठमाडौं । अछाममा मलामी बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।  आइतबार दिउँसो पञ्चदेवल विनायक नगरपालिका-४ को कालिकास्थान नजिकै मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा २३ वर्षीय बिर्ख बिकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ३३ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले बताएको छ । ट्र्याक्टर ७० वर्षीय जहरी कामीको शवसहित मलामी बोकेर गइरहेको बेला घुम्तिमोडमा मोड्ने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

थप

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका ५ नेता एक साता लामो भ्रमणका लागि भारत प्रस्थान गरेका छन् ।  उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा चक्रपाणि खनाल, रामेश्वर राय यादव, सत्या पहाडी र सुरेश राई भारत गएका हुन् ।उनीहरु भाजपाको निमन्त्रणमा त्यता लागेका हुन् । उनीहरु भारतमा रहँदा ‘know BJP (भाजपालाई चिन्नुस्)’ भन्ने कार्यक्रमका साथै अन्य राजनीति भेटघाट पनि हुने भुसालले यसअघि नै बताएकी थिइन् । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाले पार्टीको ४२औं स्थापना दिवसको अवसर पारेर अन्य दलका दलहरुसँग भाजपालाई चिन्नुस् नामक अन्तर्क्रिया कार्यक्रम गर्दै आएका छन् ।

थप

काठमाडौ । महोत्तरीमा एकजना प्रहरी नायव उपरीक्षक (डिएसपी) कुटिएका छन् । जिल्ला प्रहरी कार्यकालका अनुसार अज्ञात व्यक्तिबाट प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादव कुटिएका हुन् । शुक्रवार राति १० बजेतीर जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनी घाइते अवस्थामा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए । डिएसपी गिरीका अनुसार यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ । अहिले काठमाडौंस्थित प्रहरी अस्पतालमा उनको उपचार भइरहेको छ ।

थप