काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको आर्थिक र शैक्षिक नीति कार्यान्वयनमा पुनर्विचार गर्नुपर्ने बताएका छन् ।
आइतबार बिपी स्मृति दिवसको अवसरमा प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल केन्द्रीय क्याम्पस कीर्तिपुर एकाइद्वारा ओजित कार्यक्रमा सिटौलाको यस्तो बताएका हुन् ।
जनताको निराशालाई सम्बोधन गर्न कांग्रेसले आर्थिक र शैक्षिक नीति कार्यान्वयनमा प्राध्यापक एवं विज्ञको छलफलबाट आएको निष्कर्षको आधारमा पुनरावलोकन गर्नुपर्ने उनको भनाइ थियो ।
संविधानमा मौलिक हकको रूपमा राखेका प्रावधानहरु बिपीको समाजवादसँग नजिक रहेपनि कार्यान्वयन नभएकोले अब नयाँ ढङ्गले अघि बढ्नुपर्ने सिटौलाले बताए ।
Facebook Comments Box
