काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापान आगामी कार्यकाल २०२३(०२५ को केन्द्रीय कोषाध्यक्षमा कर्साङ तामाङले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
एनआरएनए जापानको वर्तमान केन्द्रीय सदस्य तथा नेपाल तामाङ समाज जापानका केन्द्रीय अध्यक्ष युवा व्यवसायी तामाङले कोषाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
जापानमा व्यवसायसँगै विभिन्न संघ(संस्थाहरूमा आबद्ध भएर नेपाली समुदाका विभिन्न सुखरदुखमा सहभागी हुँदै आएका उनले रए।नआरएनए जापानको आर्थिक पाटोलाई थप पारदर्शी र कोष मजबुतीलाई जोड दिँदै दाबेदारी प्रस्तुत गरेका हुन् ।
आफ्नो योग्यता क्षमताको आधारमा एनआरएनए जापानको कोषध्यक्ष पदमा रही संस्थाको लेखअभिलेखलाई व्यवस्थित गरी स्मार्ट प्रणालीका आधारमा पब्लिकमा सार्वजनिक गर्ने आफ्नो प्रतिबद्धतामा उनले उल्लेख गरेका छन् ।
