काठमाडौ । महोत्तरीमा एकजना प्रहरी नायव उपरीक्षक (डिएसपी) कुटिएका छन् । जिल्ला प्रहरी कार्यकालका अनुसार अज्ञात व्यक्तिबाट प्रदेश प्रहरी गण जनकपुरमा कार्यरत डिएसपी चन्देश्वर यादव कुटिएका हुन् ।
शुक्रवार राति १० बजेतीर जलेश्वर नगरपालिका-२ बसपार्क नजिक विद्यापति नगरमा उनी घाइते अवस्थामा फेला परेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
डिएसपी गिरीका अनुसार यादवको दायाँ खुट्टा फ्याक्चर भएको छ । अहिले काठमाडौंस्थित प्रहरी अस्पतालमा उनको उपचार भइरहेको छ ।
Facebook Comments Box
