Author: Scoop Khabar

काठमाडौं । कपिलवस्तु–३ बाट निर्वाचित नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि भएको कुटपिट घटनामा संलग्न रहेको जाहेरी परेपछि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार घटनासम्बन्धी उजुरीका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको छ। कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष शर्मामाथि भएको सामूहिक आक्रमणमा सांसद शाहको संलग्नता रहेको आरोप लागेपछि उनीविरुद्ध कारबाहीको माग गर्दै चौतर्फी दबाब बढेको थियो । त्यसपछि प्रहरीले अनुसन्धानलाई तीव्र बनाउँदै पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी रहेको छ।

थप

सप्तरी । सप्तरीमा मोटरसाइकलमा शव बोकेर भागिरहेका एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक व्यक्ति भने फरार रहेका छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बुधबार शम्भुनाथ नगरपालिका–६ कठौना बजारमा ठक्कर दिई एक किशोरको मृत्यु भएपछि शव मोटरसाइकलमा राखेर भागेको देखिएको छ। दुर्घटना वा हत्या हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए। मृत्यु हुनेमा शम्भुनाथ नगरपालिका–५ मोहनपुर निवासी मोहम्मद सदामाका १४ वर्षीय छोरा मोहम्मद सादिक रहेका छन्। उनी सदामका एकलो छोरा थिए । प्रहरीले भारतको मधुवनी खतौनी पिपराहीका वर्ष २८ वर्षीय…

थप

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाउँदै घटनाविरुद्ध कानुनी प्रक्रियामा जाने घोषणा गरेका छन्। अस्पतालबाट डिस्चार्ज भएपछि अन्सारीले आज समाजिक सञ्जाल फेसबुकमार्फत प्रहरीको कुटपिटबाट आफू गम्भीर घाइते भएको र उपचारका क्रममा समेत दबाब दिइएको दाबी गर्दै उक्त घटनाविरुद्ध कानुनी लडाइँ लड्ने बताएका हुन्। घटनाका क्रममा आफू गम्भीर घाइते भएको र उपचारका लागि अस्पताल भर्ना हुनुपरेको उल्लेख गर्दै उपचारका क्रममा पनि आफू प्रहरीको निगरानीमा रहेको, मानसिक दबाब सिर्जना गरिएको तथा उपचार प्रक्रियामै हस्तक्षेप भएको आरोप लगाएका छन्। स्वास्थ्य अवस्थासम्बन्धी विवरणसमेत स्वतन्त्र रूपमा अभिलेखीकरण हुन नदिने प्रयास भएको उनको दाबी छ।हाल चिकित्सकको सल्लाहअनुसार आराम गरिरहेका…

थप

लमजुङ । घाँटीमा लगाएको सुनको सिक्री र हातको औँठी लुट्ने लोभले एक युवकलाई आफ्नै साथीको ज्यान लिनेसम्मको अपराध गर्न बाध्य बनाएको छ। लमजुङको बेसीशहरमा ५७ वर्षीय बुद्धि बहादुर बोहराको हत्या गरी सुनका गहना लुटेको आरोपमा उनका साथी ३० वर्षीय विजय लामिछाने पक्राउ परेका छन्। लुटिएको सुन खरिद गर्ने चितवनका एक सुन व्यवसायी पनि प्रहरीको फन्दामा परेका छन्। जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेसीशहर नगरपालिका–८ तामाडोटोल शेराका बुद्धि बहादुर बोहरा असार २१ गते बिहान घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। दुई दिनसम्म पनि घर नफर्किएपछि उनकी श्रीमती बालकुमारी बोहराले असार २३ गते प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन्। प्रहरीले खोजी तीव्र बनाएपछि…

थप

वीरगञ्ज । भारतसँग खुला सीमा जोडिएको पर्सा जिल्ला तस्करी, लागूऔषध कारोबार, हुण्डी, भन्सार छली तथा अन्य संगठित अपराधका कारण देशकै सबैभन्दा संवेदनशील जिल्लामध्ये एक मानिन्छ। वर्षौंदेखि अवैध कारोबारको प्रमुख ट्रान्जिट बन्दै आएको यो जिल्लामा पछिल्लो समय भने प्रहरीको सक्रियता उल्लेखनीय रूपमा बढेको देखिएको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो १० महिनाको तथ्यांकले जिल्ला प्रहरी कार्यालय पर्साले अपराध नियन्त्रण र कानुनी शासन कार्यान्वयनमा प्रभावकारी उपलब्धि हासिल गरेको देखाएको छ। खुला सीमाको चुनौतीका बीच प्रहरीले गरेको आक्रामक अपरेसनले तस्करी नियन्त्रणदेखि फरार अपराधी पक्राउसम्म उल्लेखनीय सफलता दिलाएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार समीक्षा अवधिमा ६२ करोड ९६ लाख ३२ हजार ६९…

थप

काठमाडौं । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्कमा सम्पन्न पाँचौँ United Nations Chiefs of Police Summit (UNCOPS) 2026 मा सहभागिता जनाएर नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेल स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईजीपी कार्कीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू तथा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूले औपचारिक रूपमा स्वागत गरेका थिए। त्यसैगरी, सशस्त्र आईजीपी पौडेललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू तथा वरिष्ठ सशस्त्र प्रहरी अधिकृतहरूले विमानस्थलमा स्वागत गरेका थिए। संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय, न्यूयोर्कमा आयोजित पाँचौँ United Nations Chiefs of Police Summit (UNCOPS) 2026 मा विश्वका विभिन्न…

थप

रौतहट । रौतहटका एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाई आत्मदाहको प्रयास गरेका छन्। गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतम कुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएपछि आगो लगाएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकरप्रसाद आचार्यका अनुसार सहनी केही समयदेखि मानसिक तनाव तथा डिप्रेसनबाट गुज्रिरहेका थिए। सोही अवस्थाका कारण उनले आत्मदाहको प्रयास गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका सहनीलाई परिवारले तत्काल बेटर नेपाल अस्पताल, गरुडामा पुर्‍याएका थिए। त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता…

थप

काठमाडौं । आत्मदाह गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा निधन भएपछि नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गहिरो दुःख व्यक्त गरेका छन्। आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै गएराति क्रममा मृत्यु भएको हो । सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै थापाले मण्डलको निधनले आफूलाई अत्यन्त मर्माहत बनाएको उल्लेख गरेका छन्। शोकको यस घडीमा आफू पीडित परिवारसँगै जनाउँदै उनले मण्डलका सन्तानको शिक्षा–दीक्षामा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।थापाले मण्डलका सन्तानको शिक्षा–दीक्षाका लागि आवश्यक साथ र सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता परिवारलाई जानकारी गराइसकेको बताएका छन्। उनले दुःखद क्षतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारलाई यो…

थप

काठमाडौं । तस्करीसँग सम्बन्धित गम्भीर आरोपको छानबिनका क्रममा सशस्त्र प्रहरी बल (एपीएफ) ले दुई जना डीएसपीसहित आठ जना सुरक्षाकर्मीलाई मुख्यालय हल्चोक तानेर अनुसन्धान सुरु गरेको छ। छानबिनका लागि मुख्यालय तानिनेमा यसअघि झापाको काँकडभिट्टामा कार्यरत रही हाल इलाममा कार्यरत डीएसपी लोकनाथ उप्रेती, सीमा सुरक्षा गुल्म हरिपुर (सुनसरी) का डीएसपी शमशेर कार्की तथा बोर्डर आउट पोस्ट (बीओपी) लौकही, सुनसरीका इन्स्पेक्टर नरेन्द्र चन्द रहेका छन्। यसअघि नै नं. ३८ रिजर्भ गणमा कार्यरत हवल्दार हरि मगर र केशव गुरुङ, नं. २ गण झापाका हवल्दार विश्वास राजवंशी, सशस्त्र प्रहरीको पूर्व क्षेत्रीय अस्पताल सुनसरीमा कार्यरत सई गणेश खड्का तथा नं. ४ गण सुनसरीका जवान पारस यादव…

थप

काठमाडौं । २०८३ जेठ २२ गते जिल्ला प्रहरी परिसर काठमाडौंको नेतृत्व सम्हालेको ४० दिन नपुग्दै एसएसपी दिलिप घिमिरे विभिन्न विवादका कारण आलोचनाको केन्द्रमा परेका छन्। राजधानीको सुरक्षा, कानुन कार्यान्वयन र प्रहरीको निष्पक्ष भूमिकामाथि प्रश्न उठ्ने गरी पछिल्ला केही घटनाक्रम सार्वजनिक भएपछि काठमाडौं प्रहरीको नेतृत्व शैलीमाथि प्रश्नचिन्ह खडा भएको छ। सबैभन्दा बढी चर्चा किर्तिपुरस्थित होल्डिङ सेन्टरमा आएको डुबानपछि भएको घटनाले पायो। डुबानमा परेका व्यक्तिहरूको उद्धारका लागि प्रहरी टोली घटनास्थल पुगेको थियो। त्यही समयमा विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि तथा नागरिक अभियन्ताहरू पनि त्यहाँ पुगेका थिए। त्यसक्रममा प्रहरी र नागरिक अभियन्ताबीच तनाव सिर्जना भएको देखियो। सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडियोमा प्रहरीबाट जेनजी अभियन्ता…

थप