Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । काठमाडौं महानगरपालिकाले धुम्बाराहीस्थित राप्रपाको पार्टी कार्यालय हटाउन अल्टिमेटम दिएको छ । महानगरपालिकाले शुक्रबार माइकिङ गर्दै कार्यालय हटाउन अल्टिमेटम दिएको हो । मेयर बालेन्द्र शाह बालेनको निर्देशन बमोजिम शुक्रबार महानगर प्रहरीको टोली राप्रपाको कार्यालयमा माइकिङ गर्न पुगेको थियो । सो क्रममा सोमबारभित्र पार्टी कार्यालय हटाउन भन्दै महानगर प्रहरीको टोलीले माइकिङ गरेको थियो । ‘यस राष्ट्रिय प्रजातन्त्र पार्टीमा रहनु भएका पदाधिकारीज्यूहरु, यो कार्यालयलाई आगामी सोमबारभित्र हटाइ खाली गराइदिनुहुन काठमाडौँ महानगरपालिका हार्दिक अनुरोध गर्दछ’, महानगरको टोलीले माइकिङमा भनेको थियो । हाइटेन्सन लाइनमुनि भवन बनाएको भन्दै महानगरपालिकाले हटाउन लागेको हो । तर राप्रपाले नगरप्रहरीको टोलीलाई लिखितरुपमा यसबारे आफूहरुलाई दिन आग्रह गरेको छ…
मोरङ । प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले नेपालमा भइरहेको सुन तस्करीको विषयमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा कोइरालाले सुन तस्करीले नेपालको अर्थतन्त्रमा असर गरिरहेको छ, छैन भन्ने गम्भीर विषय भएको बताएका हुन् । ‘कसको सेटिङमा सुन आइरहेको भन्न गाह्रो विषय हो,’ उनले भने, ‘अहिले सय किलो सुन बरामद भएकोले हामीले थाहा पायौं तर त्यो भन्दा अगाडि कति आयो त्यो गम्भीर विषय हो र यसले नेपालको अर्थतन्त्रमा असर गर्छ कि गर्दैन ?’ भारतमा १३ सय मेट्रिकटन सुन वार्षिक खपत हुन्छ तर आयात ८ सयदेखि ९ सय मेट्रिकटनमात्रै भारत सरकारले गरिरहेको हुँदा ४…
देउजा राधाकृष्ण आरोप/प्रत्यारोप र आशंका गर्नेहरुले जे भनिरहेको भएपनि आजसम्म स्थापित तथ्यहरुले भन्छ कि आजको मितिसम्मको काम हेर्दा गृहमन्त्रीको रुपमा नारायणकाजी श्रेष्ठ इतिहासकै सफल र निष्कलंक र राम्रो काम गर्ने हुटहुटि भएको गृहमन्त्रीहरुकै सूचीमा हुनुहुन्छ । गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्ने बित्तिकै सुराकी खर्च खारेजी गर्नेदेखि सकारात्मकता सुरुवात गरेर अनेकन काण्डहरुको निष्पक्ष छानविनको सुनिश्चिताको निम्ति सक्रियता मात्रै नभएर सुरक्षा निकायहरुको वृत्ति विकासलाई हस्तक्षेपरहित बनाउन पनि उहाँले भूमिका खेलेको देखिएको छ । त्यसैले गर्दा नै हो प्रहरीलगायत सुरक्षा निकायका बढुवाहरुमा रिक्त संख्यात्मक बाध्यताको कारण कतिपय राम्राहरु छुट्नुको कारण अभिव्यक्त स्वाभाविक र सामान्य असन्तुष्टिहरुको अलावा कोहि कसैले तर्कपूर्ण र तथ्यपूर्ण रुपमा लेनदेन दवाव…
काठमाडौ । सशस्त्र प्रहरी बल, नेपालका ६ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवा भएको छ। साधारण समूह, लेखा उपसमूहतर्फ पाँच र कानून उपसमूहतर्फ एक गरी ६ जना इन्स्पेक्टरको डीएसपीमा बढुवा भएको हो। गृह मन्त्रालयका सचिवस्तरको बिहीबारको निर्णयअनुसार उनीहरूको बढुवा भएको हो। को को बढुवा भए ? प्रमोदबाबु थापा तुलसिंह केसी सन्तोषकुमार चन्द दिवाकर राउत राजेशकुमार सिंह सत्यदेवी बस्नेत बढुवा समितिको गत ३१ असारको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको थियो।
काठमाडौ । प्रहरीले जनकपुरधामको जानकी मन्दिरको विवाह मण्डपमा अश्लिल टिकटक भिडियो बनाउने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको औरही गाउँपालिका वडा नं. ६ का १८ वर्षीय अनिरूद्र यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यादवले जानकी मन्दिरको विवाह मण्डपभित्र अश्लील टिकटक बनाएर राखेपछि भिडियो भाइरल भएपछि विरोध भएको थियो । त्यसपछि प्रहरीले युवकलाई नियन्त्रणमा लिएको हो । भिडिओमा देखिएकी युवती र भिडिओ खिच्ने व्यक्तिको खोजी जारी रहेको प्रहरी प्रवक्ता प्रही नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार नै छाड्न तयार हुने तर भ्राष्टाचार काण्डहरु बिना निश्कर्ष अधकल्चो नपार्ने बताएका छन् । गृहमन्त्री भएपछि नै पहिलो पटक एक टिभी कार्यक्रममा अन्तवार्ता दिएका गृहमन्त्री श्रेष्ठले प्रधानमन्त्री र आफू निष्कर्षमा पुग्ने बरु सरकार छाड्न तयार रहेको टिप्पणी गरे । ‘भ्रष्टाचार प्रकरणमा हामी निष्कर्षमा पुग्छौँ,’ उनले भने, ‘बरु सरकार छाड्न तयार छौँ ।’ गठबन्धन संकटमा पर्ने हो की भन्ने शंकाका कारण आमनागरिकमा भ्रष्टाचार काण्ड निष्कर्षमा नपुग्ने हो की भन्ने लागि रहेको तर त्यो नहुने गृहमन्त्रीको भनाइ छ । भ्रष्टाचार र कुशासनले नागरिकमा नैरास्यताले सिमा नाघेको भन्दै उनले अब पनि त्यसको अन्त्यको विकल्प नरहेको…
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीको प्रशासन तथा प्राविधिक समूहका विभिन्न उपसमूहतर्फका विभिन्न दर्जाहरूमा गरी जम्मा २ सय ८६ जनाको बढुवा सिफारिस सूची प्रकाशन गरेको छ । यही साउन ४ देखि ७ गतेसम्म चार दिनको छोटो अवधिमा जनपद समूहतर्फका २ वटा पद र प्राविधिक तर्फका विभिन्न २२ वटा पद गरी जम्मा २४ वटा पदमा २ सय ८६ जनाको बढुवाका लागि सिफारिस सूची प्रकाशन गरिएको हो । नेपाल प्रहरीले प्रहरी कर्मचारीहरूको जेष्ठता, उत्कृष्टता, कार्यक्षमता मूल्याङ्कन, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव लगायत प्रहरी संगठनको नीतिअनुरूप तोकिएको मापदण्डको आधारमा निष्पक्ष एवं पारदर्शी रूपमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरूमध्ये…
चितवन । जिल्लाका विभिन्न अस्पतालमा उपचारमा आएका बिरामीमध्ये आठ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । चालु आर्थिक वर्षको साउन १ गतेदेखि आजसम्म सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । स्वास्थ्य कार्यालय चितवनका अनुसार पछिल्लो चौबीस घन्टामा मात्रै चार जनामा डेङ्गुको सङ्क्रमण भेटिएको छ । कार्यालयका सूचना अधिकारीराम केसीका अनुसार चालु आवको हालसम्म ८३ जनाको परीक्षण गरिएकामा सो सङ्ख्यामा डेङ्गुको सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये पाँच जना जिल्ला बाहिरका र तीन जनाको ठेगाना नखुलेको उनले बताए । गत आवमा जिल्लामा डेङ्गुका कारण चार जनाको मृत्यु भएको थियो । जिल्लामा भेटिएका दुई हजार तीन सय छ जना सङ्क्रमितमध्ये उनीहरूको मृत्यु भएको हो…
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्थक व्यक्तित्व निर्माणका लागि शिक्षा अपरिहार्य भएको बताएका छन् । बिहीबार महोत्तरीको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयले आयोजना गरेको तीनदिने शिक्षा सम्मेलनको उद्घाटन गर्दै उनले शिक्षाले जीविकोपार्जन मात्र नभएर मुख्यतः मानिस हुनुमा जीवनको महत्त्वबारे सुशिक्षित गराउन पर्ने आवश्यकता औँल्याएका हुन् । पछिल्लो कालमा प्राविधिक धारको व्यावसायिक शिक्षामा जोड दिइँदै आएको ठीक भए पनि हाम्रो शिक्षाले विवेक, मानवीय मूल्य मान्यता र मान्छे हुनुको दायित्व बोध गराउनैपर्ने गृहमन्त्री श्रेष्ठको भनाइ छ । जीविकोपार्जनमा मात्र जोड दिइयो र प्राविधिक शिक्षा पाएकाहरूले पैसाका लागि मात्र काम गर्न थाले भने मुलुकले चाहेको सुशासन फलित हुन नसक्ने उनको भनाइ…
काठमाडौं । विश्वको सर्वोच्च हिमाल सगरमाथा आरोहण गर्ने उद्देश्यले डेढ वर्षअघि नर्वेजियन नागरिक क्रिस्टिन हरिला नेपाल आइन् । नेपाल भ्रमणको क्रममा उनको नेपाली पर्वतारोही तेन्जिङ शेर्पा (लामा)सँग भेट भयो । त्यसपछि उनै शेर्पाले नर्वेजियन नागरिक अर्थात आरोही क्रिस्टिन हरिलाले गाइडको रुपमा काम गर्ने अवसर पाए । गाइड गर्दै जाँदा क्रिस्टिन हरिलाले शेर्पालाई पनि आफुसँगै हिमाल आरोहण गराउने सोच बनाइन् । सँगै हिमाल आरोहण गर्ने थाले । सकारात्मक सोचकी धनी नर्वेजियन नागरिक क्रिस्टिन हरिलाले शेर्पालाई जहाँको हिमाल आरोहण गर्दा पनि छुटाइनन्, सँगै लिएर गइन् । आज उनै आरोही जोडीको जताततै चर्चा छ । उनीहरुले आज विश्व कीर्तिमान कायम गरेका छन् ।…