Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । एक महिलालाई ‘म तिम्रो फिगरको फ्यान’ भन्दै पठाएको म्यासेज सार्वजनिक भएपछि नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर) सुवास तिमिल्सिना विवादमा तानिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत इन्स्पेक्टर तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएपछि सामाजिक सञ्जालमार्फत घटना सार्वजनिक भएको हो । ‘अब बोल्ने’ नामक ट्विटर एकाउण्टबाट प्रहरी मुख्यालयसहित केही सञ्चारमाध्यमलाई मेन्सन गर्दै सार्वजनिक गरिएको ‘म्यासेज’का कारण विवादमा तानिएका तिमिल्सिनाले म्यासेजमा ती महिलालाई आपत्तिजनक म्यासेज पठाएको देख्न सकिन्छ । ‘नेपाल प्रहरीकै इन्स्पेक्टरले असुरक्षाको वातावरण सिर्जना गरिरहेका छन्’ ती महिलाले सामाजिक सञ्जालमा लेखेकी छन् । म्यासेजमा इन्स्पेक्टर तिमिल्सिनाले महिलालाई प्रिय भनेर सम्बोधन गर्दै फोटो पठाउन भनेका छन् । महिलाले कस्तो…
काठमाडौं । पेट्रोलियम पदार्थको भाउ घटेको छ । सरकारले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा देशभरको मूल्यमा लिटरको ५ रूपैयाँदेखि साढे सात रूपैयाँसम्म घटाएको छ । निगमका अनुसार यी तीन पेट्रोलियम पदार्थको भाउ पहिलो वर्गअन्तर्गत साढे सात रूपैयाँ, दोस्रो वर्गअन्तर्गत ६ रूपैयाँ र तेस्रो वर्गअन्तर्गत ५ रूपैयाँ प्रतिलिटर कम गरिएको हो । अब काठमाडौं‚ पोखरा र दिपालयमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्ने छ । त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ…
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू सरकारमा नभए पनि देश र जनताका लागि केही न केही काम गरिरहेको दाबी गरे । सोमबार भक्तपुरमा निर्माण गरिएको ‘छोरीको घर ज्येष्ठ नागरिक आश्रम’को उद्घाटन गर्दै उनले आफू भने कुनै प्रतिफलको आशा नगरी देश र जनताको समृद्धिको काममा लागिरहेको बताए । राम्रो काम गरेबापत आफ्नो पार्टीलाई सरकारमा जान नदिन निरन्तर प्रयास भइरहेको पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले ‘देश समृद्धि होस्, जनता सुखी रहून्’ भन्ने ध्येयका साथ काम गरिरहेको दाबी गरे । ओलीले भने, ‘मलाई श्रेय पाउनु/नपाउनुसँग खासै अर्थ राख्दैन । कसैले रामो भनोस्, राम्रो नभनोस् । तर राम्रो काम…
काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल जस्तो भूराजनीतिक अवस्था एवम् सामाजिक सांस्कृतिक परिवेशमा हिन्दुराष्ट्र अनिवार्य आवश्यकता भएको बताएका छन् । आज पार्टीको अनुसन्धान तथा योजना विभागद्वारा काठमाडौंमा आयोजित ‘हिन्दुराष्ट्र’ :- ‘अवधारणा र औचित्य’ बिषयक अन्तक्रियामा कार्यपत्र प्रस्तुत गर्दै थापाले हिन्दुराष्ट्रको अवधारणालाई सहि अर्थमा बुझ्नु र बुझाउन जरुरी भएको चर्चा गरे । अज्ञानतामा आधारित ‘प्रोपोगन्डा’ तथा बाह्य शक्ति र उग्रवामपन्थीको षड्यन्त्रबाट मुक्त हुन जरुरी भएको भएको भन्दै थापाले हिन्दुराष्ट्र नेपालको गौरव भएको समेत बताए । हिन्दु धर्म प्राचीन र विविधतामा आधारित आध्यात्मिक मान्यता भएको भन्दै थापाले हिन्दुत्व सांस्कृतिक राष्ट्रवादको अभिव्यक्ति भएको उनले दाबी गरे । उनले धार्मिक राज्य नभई…
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले नयाँ फेसबुक पेज सञ्चालनमा ल्याएको छ । यसअघिको आफ्नो फेसबुक पेज ह्याकरको कब्जाबाट निकाल्न नसकेपछि नयाँ पेज सञ्चालनमा ल्याएको हो । विगतमा सञ्चालित फेसबुक पेजमा विभिन्न समस्या आएकाले हाल नयाँ फेसबुक पेज सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरीको आधिकारिक फेसबुक पेज झण्डै साढे तीन महिनादेखि ह्याकरको कब्जामा छ । उक्त पेजलाई पुनः नियन्त्रणमा ल्याउने प्रयास असफल भएपछि बाध्य भएर सशस्त्रले नयाँ पेज बनाएको हो । सशस्त्रले आधिकारिक फेसबुक पेजसँग मिल्दोजुल्दो नाममा बनाइएका अन्य एकाउण्टबाट नझुक्किनसमेत सचेत गराएको छ । दैनिक रुपमा संगठनका गतिविधि अपलोड भएका पेज एकिन गरेर मात्र फलो तथा…
काठमाडौं । बागमती प्रदेशको राजधानी हेटौंडास्थित नेपाल बैंक लिमिटेडको सानोपोखरा शाखाको एटिएम तोडफोड भएको छ । गएराति हेटौंडा,५ स्थित सानोपोखरा नजिकै रहेको बैंकको शाखाको एटिएम तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी वामदेव गौतमले बैंकको एटिएम र सँगै रहेको पुडासैनी हार्डवेयर पनि तोडफोड भएको पाइएको बताए । उनले एटिएम र हार्डवेयर पसल तोडफोड भएको जानकारी आएसँगै प्रहरीले अनुसन्धान सुरु गरेको बताए ।
जनतालाई दुख दिने कोही जोगिदैँनन्, भ्रष्टाचारका ठूलठूला फाइल खोलिन्छन् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ठूलठूला भ्रष्टाचारका फाइल खोल्न लागेको बताएका छन् । सोमबार माओवादी केन्द्र निकट योङ कम्युनिष्ट लीग (वाईसीएल)को कार्यालय टीमसँग प्रधानमन्त्री प्रचण्डले आफ्नो दृष्टि निकै टाढासम्म भएको बताए । ‘देश र जनतालाई वर्षौदेखि दुख दिने कोही पनि अब जोगिदैँनन्, भ्रष्टाचारका ठूलठूला फाइल खोलिन्छन् । सरकार जनताको काम गरिरहेको छ । प्रचण्डबाट जनताले खोजेको अपेक्षा यतिमै सीमित छैन, मेरो कदम पनि रोकिँदैन’, प्रधानमन्त्री प्रचण्डको भनाई उधृत गर्दै वाइसियल अध्यक्ष सुबोध श्रीपालीले भने । उनका अनुसार प्रचण्डले सरकारले गरेको सबै कामहरू सुशासनको लागि गरेको प्रष्ट पारेका थिए । ‘सरकार रहलारनरहला भन्ने कुराको चिन्ता छैन, किनभने एउटा विशिष्ट…
काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक २०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले सो दाबी गरेका हुन् । सांसद देवकोटाले शिक्षा मन्त्रालय, नेपाल सरकारको थिंकटयांकको रुपमा रहेको नेपाल नीति अनुसन्धान प्रतिष्ठानको हालै सार्वजनिक भएको प्रतिवेदनमा पनि नेपालमा थप विश्वविद्यालय आवश्यक नभएको उल्लेख गरिएकोतर्फ पनि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराए । उनले नयाँ शिक्षा नीति ल्याउन र सोको आधारमा मात्रै थप विश्वविद्यालय नेपालमा आवश्यक छ, छैन भन्ने कुराको निष्कर्षमा पुग्न पनि सरकारलाई सचेत गराए । सांसद देवकोटाले प्लस टू पास गरेपछि विद्यार्थीहरु धमाधम विदेश जाने,…
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हडपेको प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको हो । सीआईबीले आइतबार ललितानिवास जग्गा प्रकरणकै अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको थियो । त्यसअघि ७ जनालाई पक्राउ गरेकामा सर्वोच्च अदालतबाट पहिल्यै निषेधाज्ञाको आदेश लिएका तीन जना छुटेका थिए । यो प्रकरणमा हालसम्म ९ जना ब्यूरोको हिरासतमा छन् ।
काठमाडौं । लामो समयदेखि बन्न नसकेको त्रिशुली-बुटार पुलको लागि ठेक्का आह्वान भएको छ । यसअघि ठेक्का आह्वान भएर पनि उक्त पुल निर्माण गर्न ठेकेदार बेपत्ता भएपछि पुनः आह्वान गरिएको हो । गोरखा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईंको अग्रसरमा त्रिशुली-बुटार पुल निर्माणको लागि ठेक्का आह्वान भएको हो । यसअघि पनि उक्त पुन निर्माणको लागि ठेक्का आह्वान हुँदै स्थगित भएको थियो । तर, बजगाईंले आफ्नो निर्वाचन क्षेत्रसमेत रहेकाले त्रिशुली-बुटार पुल निर्माणको लागि ठेक्का आह्वान हुँदा आफू खुसी भएको बताए । बुटार सांसद बजगाईंको क्षेत्र हो । जुन ठाउँबाट बजगाईंले गत चुनावमा राम्रो मत पाएका थिए । सामाजिक सञ्जाल फेसबुकमा…