Author: Scoop Khabar

काठमाडौं । सरकारले नियुक्ती पत्रमा कार्यकाल समेत नतोकिएका बीमा प्राधिकरण (तत्कालिन बीमा समिति)का अध्यक्ष सुर्य सिलवाललाई हटाउने तयारी थालेको छ । नियामक निकायमा बसेर नियमन बाहेकका काम मात्रै गरेको, नागरिकता र जन्म मितिबारे विवादमा फसेको, निश्चित घरानाहरुलाई पोस्ने गरि पोलिसी बनाएको, सरकारी लगानीका कम्पनीहरुको व्यवसाय खोसेको लगायतका आरोपसहित सरकारले सिलवाललाई हटाउने तयारी थालेको स्रोतले बताएको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले सिलवालको विकल्पमा नयाँ पात्रहरुको खोजी समेत सुरु गरिसकेको स्रोत बताउँछ । अर्थमन्त्रालय निकट उच्च स्रोतका अनुसार सिलवालको नियुक्ती नै अबैधानिक रहेको भन्ने कोणबाट मन्त्रालयले अध्ययन गरिरहेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार अर्थ मन्त्रालयले २०७७ माघ २० गते सिलवाललाई…

थप

काठमाडौं । मोतिखोलामा पक्की पुल नहुँदा गोरखाको भिमसेन थापा गाउँपालिका, ३ र आरुघाट गाउँपालिका, ८ का बासिन्दाहरुलाई आवातजावत गर्न समस्या गएको छ । दुई गाउँपालिकाको सिमा समाप्त र सिमा सुरु हुने ठाउँ नै यहि मोतिखोला हो । जहाँ एउटा पक्की पुल समेत नहुँदा आवातजावतलाई नै समस्या भएको छ । यस खोलामा पुल नहुँदा बिशेषगरी आरुपोखरी, ८ आलेगाँउ र कौसिनी गाउँको बासिन्दालाई दैनिक उपभोग्य समान खरिदका लागि साथै विद्यार्थीहरुको पढाइमा समेत ठूलो असर परेको छ । वर्षायामको समयमा जोखिम मोलेर खोला गर्नुपर्ने बाध्यता रहेको स्थानीयहरुको गुनासो छ । आले गाउँ र कौसिनी गाउँ जहाँबाट पढ्नको लागि भिमसेनथापा गाउँपालिका, ३ मा रहेको…

थप

काठमाडौं । नेपाल भलिबल संघले नेपाल पुरुष राष्ट्रिय भलिबल टिमको नयाँ कप्तानमा मानबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो । संघले आर्मीका सेटर हरि हजुर थापालाई राष्ट्रिय टिमको नेतृत्व गर्न नसकेको भन्दै कप्तानबाट बर्खास्त गरेपछि कप्तान पद खाली थियो । गत महिना मात्र कीर्गिस्तानमा भएको काभा नेसन्स लिगका लागि खुल्ला छनोटमा नियमित कप्तान इम राना मगरले भाग नलिएपछि संघले हरि हजुरलाई कप्तान बनाएको थियो । सातौं पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल दौरान गण्डकीविरुद्धको खेलमा थापाले कप्तानको भूमिका राम्रोसँग निर्वाह…

थप

संखुवासभा । २ असारको अविरल बर्षापछि आएको बाढीमा वेपत्ता भएका १९ जनालाई मृतकसरह राहत उपलब्ध गराउने तयारी गरिएको छ । केही दिनअघि बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाढीपहिरोमा परेर बेपत्ता भएका १९ जनालाई मृतक सरह राहत उपलब्ध गराउन गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो । बेपत्ता खोजी कार्यका लागि प्रहरीले विभिन्न संयन्त्र अपनाएको थियो । बाढीमा पुरिएको वा बगाएको स्थानमा मेसिन तथा औजारको सहयोगमा खन्ने, खोज्ने र प्रहरीको तालिमप्राप्त कुकुर लगाएर खोजी गर्दा फेला पार्ने नसकेपछि समितिको बैठकले मृतक सरह राहत उपलब्ध गराउन सिफारिस गर्ने निर्णय गरेको हो । गत असार २ गतेदेखि हालसम्म निरन्तर रूपमा खोज तलास…

थप

एजेन्सी । पछिल्ला केही दिनदेखि बलिउड अभिनेता अभिषेक बच्चन राजनीतिमा प्रवेश गरेको खबर छ्यापछ्याप्ती छ । तर, बच्चनले राजनीतिमा प्रवेश गर्ने खबरबारे प्रतिक्रिया दिएका छन् । राजनीति गर्न लागेको खबरलाई गलत बताउँदै अभिनेता अभिषेकले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए । अभिषेकले आफूलाई राजनीतिमा कुनै पनि रुचि नभएको र जीवनभर एक अभिनेताको रूपमा आफ्नो पहिचान कायम राख्न चाहेको जानकारी दिए । अभिषेक बच्चनकी आमा जया बच्चन सन् २००४ देखि राज्य सभाको सांसद रहँदै आएकी छिन् । सन् २०१८ मा लगातार चौथो पटक उनलाई समाजवादी पार्टीको तर्फबाट राज्य सभा सांसदको रूपमा छानिएको छ । यस्तै, अभिषेक बच्चनका पिता अमिताभ बच्चन अहिलेसम्म…

थप

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेप, आर्थिक चलखेल र शक्तिकेन्द्रको दबाबबाट मुक्त राखिने बताएका छन्      ।   गृह मन्त्रालयमा ‘शान्तिसुरक्षा सुदृढीकरण’का लागि सुरक्षा निकायका पूर्वउच्च अधिकारीसँग आज भएको छलफलमा उनले संविधान, कानुन र जिम्मेवारीलाई आधार बनाएर मन्त्रालय र माहतहका सङ्गठनलाई अगाडि बढाइने बताए । त्यसका लागि गृह मन्त्रालय र माहतहतका सङ्गठनको समग्र सुधारको योजना बनिरहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । नेपाल प्रहरी र अनुसन्धान एकाइलाई निष्पक्ष, स्वतन्त्र र प्रभावकारी ढङ्गबाट घटनाहरूको अनुसन्धान गर्न निर्देशन दिईएको र कुनै पनि दबाब वा प्रभावबाट मुक्त रहेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने समेत उनले बताए । ‘अनियमिततामा संलग्न राजनीतिक,…

थप

काठमाडौ । ठमेलको नाइट क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक र बाउन्सरलाई कुटपिट गर्ने गुण्डाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले नुवाकोटका गुण्डा सानु भाइ भन्ने युवराज गुरुङ सहित पाँच जनाको समूहलाई नै पक्राउ गरेको हो । शुक्रवार सानोभाइ भनिने युवराज गुरुङसहित पाँच जनालाई पोखराबाट पिछा गर्दै पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्ने अन्यमा टोखाका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, तनहुँ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या- ५ का कमल तामाङ छन् । गत असार १५ गते गुरुङको समूहले सञ्चालकलाई लखेटी लखेटी कुटेको भिडिओ सार्वजनिक भएको थियो ।

थप

काठमाडौं । काठमाडौंको नाइट क्लब लर्ड अफ ड्रिंक्स अर्थात एलओडीबाट १५ वर्षीया किशोरीलाई ललितपुर लगेर बलात्कार गरेको अभियोग लागेका सुदनबहादुर कोइरालालाई जिल्ला अदालत ललितपुरले पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतको आदेशसँग कोइरालालाई नख्खु कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाहले जानकारी दिए । ५० वर्षीय कोइरालाले ३० जेठमा एलओडी क्लबाट १५ वर्षीया किशोरीलाई ललिपुर लगेर बलातकार गरेको भन्दै पक्राउ गरेको थियो । तीनै बालिकालाई प्रवेश गराएको आरोपमा एलओडीका दुई सञ्चालक पनि पक्राउ परेका थिए । तर उनीहरुलाई जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा चलाउन नपर्ने राय दिएपछि यसअघि नै रिहा गरि

थप

काठमाडौं । नाबालिग बलात्कारको घटनामा पक्राउ परेका ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) का सञ्चालकहरु छुटेका छन् । उनीहरु बुधबार मध्यराती छुटेका हुन् । एलओडीमा १५ वर्षीया किशोरीलाई प्रवेश गराएरको आरोपमा सञ्चालकहरु राजुसिंह सुवाल २१ असारमा र २२ असारमा रुदिल बल्लभ श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको थियो । क्लबमा नाबालिगलाई ऐन विपरीत प्रवेश दिएको घटनामा उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको थियो । तर, बुधबार सरकारी वकिलको कार्यालयले नाबालिग एलओडी प्रवेश गरेको भनिएको दिन सञ्चालक (उनीहरु) त्यहाँ नरहेको पाइएपछि छाड्न आदेश दिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए । एसएसपी कार्कीले भने, ‘सरकारी वकिलको कार्यालयले नै…

थप

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक बालकको मुत्यु भएपछि तनाव उत्पन्न भएको छ । मंगलबार साँझ प्रतिष्ठानमा उपचारका लागि लगिएका घोराही उपमहानगरपालिका-३ का ११ वर्षका आक्रोश नेपालीको मृत्यु भएको थियो । बालकको बिहीबार बिहान भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजनकुमार गौतमले बताए । डीएसपी गौतमका अनुसार मंगलबार साँझ छारे रोग लागेका बालकलाई राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा ल्याइएको थियो । थप चेकजाँचका लागि उनलाई बुधबार एमआरआई कक्षमा लगिएको थियो । सो क्रममा एमएआरआई कक्षको ढोका खुल्दा अक्सिजन मेसिनमा ठोक्किन पुगेको प्रहरीको भनाइ छ । त्यसपछि सिकिस्त भएका बालकलाई आईसीयू र भेन्टिलेटरमा राखिएको थियो ।…

थप