काठमाडौ । ठमेलको नाइट क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक र बाउन्सरलाई कुटपिट गर्ने गुण्डाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नुवाकोटका गुण्डा सानु भाइ भन्ने युवराज गुरुङ सहित पाँच जनाको समूहलाई नै पक्राउ गरेको हो ।
शुक्रवार सानोभाइ भनिने युवराज गुरुङसहित पाँच जनालाई पोखराबाट पिछा गर्दै पक्राउ गरेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ पर्ने अन्यमा टोखाका ३३ वर्षीय विक्रम अधिकारी, तनहुँ दमौलीका ३२ वर्षीय सुवास कायस्थ, तनहुँ, दमौलीकै ३० वर्षीय सुरज कायस्थ र नुवाकोट पञ्चकन्या- ५ का कमल तामाङ छन् ।
गत असार १५ गते गुरुङको समूहले सञ्चालकलाई लखेटी लखेटी कुटेको भिडिओ सार्वजनिक भएको थियो ।
Facebook Comments Box
