एजेन्सी । पछिल्ला केही दिनदेखि बलिउड अभिनेता अभिषेक बच्चन राजनीतिमा प्रवेश गरेको खबर छ्यापछ्याप्ती छ । तर, बच्चनले राजनीतिमा प्रवेश गर्ने खबरबारे प्रतिक्रिया दिएका छन् ।
राजनीति गर्न लागेको खबरलाई गलत बताउँदै अभिनेता अभिषेकले आफूलाई यसबारे कुनै जानकारी नभएको बताए ।
अभिषेकले आफूलाई राजनीतिमा कुनै पनि रुचि नभएको र जीवनभर एक अभिनेताको रूपमा आफ्नो पहिचान कायम राख्न चाहेको जानकारी दिए ।
अभिषेक बच्चनकी आमा जया बच्चन सन् २००४ देखि राज्य सभाको सांसद रहँदै आएकी छिन् । सन् २०१८ मा लगातार चौथो पटक उनलाई समाजवादी पार्टीको तर्फबाट राज्य सभा सांसदको रूपमा छानिएको छ ।
यस्तै, अभिषेक बच्चनका पिता अमिताभ बच्चन अहिलेसम्म पनि राजनीतिबाट टाढा छन् । वर्षौँ अघि उनले राजनीतिलाई फोहोरको खाल्डो भनेका थिए ।
